देउवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चन्द्रवंशी देउवा ठकुरी[१] राजा सोम चन्द्रबाट वंश चलेका कारण चन्द्रवंशी क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी(ठकुरी) भए । यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, अशिग्राम केदार, गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु चाकाकेदार(शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( कत्युरी नरेश)को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरुमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा(कत्युरी नरेश ), प्रतिहार÷पड्यार खान्दानका ( चन्द्रवंशी प्रतिहार चन्द ठकुरी )राजपूतहरुसँग यिनको वैवाहिक सम्बन्ध थियो । उत्तरी भारतमा पनि यिनको राज्य थियो । यो खान्दान युद्धकालागि उत्तरी भारत क्षेत्रमा चर्चित थियो । डोटीमा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स १४०९ देखि १४१९ का ताम्रपत्रमा चार जना देउवा(जैतपाल देउवा , जैसिंग देउवा, सकधौ देउवा,थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउवाहरुको बसोबास छ |पसेगर्खा डोटी राज्यकालमा देउवाहरुको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित वीरगाथा, चैत ,भारत गाउने गरिन्छ | यस वंशजका हरु कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् | किब्दान्ति अनुसार यस वंशका :

  • १) सोम चन्द्र भए यिनकै नाम बाट सोम्वंश तथ् चंद्रवंश चलेको हो |
  • २) यायती,
  • ३) पुरु,
  • ४) कुरू,
  • ५) सन्तु,
  • ६) वयस,
  • ७) पाण्डु,
  • ८) अर्जुन,
  • ९) परिकरस्त,
  • १०) जनाम्जय,
  • ११) तुन्गपाल,
  • १२) अनंग पाल,
  • १३) भुपाल ,
  • १४) महेंद्रपाल, (ई. ८९२)
  • १५) हिरापाल, महिपाल(ई.९२०) यी राजा मथुरा सिन्गाही क्षत्रमा राजा थिए |
  • १६) ई.स. १०००-१०२५ ( बि.स.१०५८-१०८३ मा राजा जयपाल माथि मथुरा सोमनाथ क्षत्रमा मुसलमान ले ठुलो आक्रमण गरेका थिए |
  • १७) बाघ पाल यिनले तराइमा राज्य गरे ,
  • १८) पुतम पाल,
  • १९) बिरपाल,
  • २०) लखन पाल यी राजा कत्युरी पाल राज्यमा आएका हुन् , यस पछिका ४ जना पाल पछि देवान(सैन्य विभागको प्रमुख) मा निउक्त भएर , यो देवान को अपभ्रंसबाट देउवा बोलिएका हुन् , यो हो ठकुरी देउवा खान्दान को सत्य तथ्य वंशावली को अवस्था ........ |

ठकुरी देउवाको वंशावली[२] प्रमाणित प्रमाण अनुसार यस वंशका

  • निरयापाल राजाको ताम्र शाके १२७४ ( बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमा शंक्षीबसेका , थेचलदेउवा , असराऊदेउवा |
  • निरयापाल राजाको शाके १२८४ (बि.स.१४१९)को ताम्रपत्रमा शंक्षीबसेका थेच्लदेउवा , धौदेउवा , जैसिङ्घ देउवा , सक्धौँ देउवा, जैतपाल देउवा,

जैतपाल देउवा,

  • —सुना देउवा,
  • सइब्रह्न देउवा,
  • —पाल चन्द देउवा (पालचंद देउवा),
  • —बलचंद देउवा,
  • —मलैबम देउवा,
  • —षलचंद देउवा,
  • —रतुदेउवा,
  • —मालिक देउवा,
  • नाथ देउवा(उदै) यिनले लडाईमा वीरगती पाएका हुन् ,
  • —दिपा देउवा,
  • —चतु देउवा (वि.स.१६७५),
  • —विक्रम देउवा,
  • —रुद्र देउवा,
  • —निन्दु देउवा,
  • —वागदेउवा यिनको नाम जस्तै बीर थिए त्यसैकारण यिनलाई पहलवान देउवा र बाघदेउवा पनि भन्दथे ,
  • —राम देउवा रजवार (वि.स.१७४०),
  • —सुर देउवा,
  • —सगराम देउवा,
  • — नरीबम देउवा,
  • — वीर देउवा,
  • — रुद्र देउवा ,
  • — साखुल देउवा,
  • —पर्वा देउवा,
  • —दाजुः रामसिह देउवा रजवार, भाइः साईमल देउवा (वि.स.१८५५),
  • —तिर्मल देउवा रजवार,

डोटी राजाबाट देवानी पाएर डोटीको देवान÷देउवान भनिने क्षेत्रमा गई बसे | देउवाहरुको केही नामहरु यहाँ निम्न अनुसार उल्लेख गरिएको छ । क) डोटी गडसेरा देउवानको आलीवाटा बसोबास |

  • तिर्मल देउवाका दुईपुत्रहरु

जेष्ठ धनसिह देउवा भए भने कनिष्ठपुत्र चनी देउवा भए ।

  • धनी देउवाका चारपुत्रहरु क्रमसः जेष्ठ पुत्रः उदैसिह देउवा, माईला पुत्रःजगन्नाथ देउवा, साईला गांगीदेउवा, कनिष्ठ पुत्र ठकीदेउवा भए ।
  • जेठा उदैसिह देउवा वाहेक अन्य ३ भाईहरु (माईला जगन्नाथ देउवा, साईला गाँगी देउवा र कान्छा ठगी देउवा)को अपुताली भयो भने जेठा उदैसिह देउवाका ३ पुत्रहरु क्रमसः जेठा सर्वजित देउवा, माईला काँसीराम देउवा, कान्छा रन्जीत देउवा भए ।
  • जेठा सर्वजितका छोराहरु क्रमसः गजै देउवा र करण देउवा भए ।
  • गजै देउवाका पदम सिह देउवा भए ।
  • पदम सिह देउवाका ३ छोराहरु जेठा दल बहादुर देउवा , माईला गोरख बहादुर देउवा भए भने कान्छा........... भए ।
  • त्यस्तै करण देउवाका चक्र बहादुर देउवा भए ।
  • चक्र बहादुरका छोहा ........... भए ।
  • उदैसिह देउवाका माईला पुत्र काँसीराम देउवाका एक पुत्र देवसिह देउवा हुन् ।
  • देवसिह देउवाका ४ पुत्रहरु क्रमसः जेठाः दल बहादुर देउवा, माईला - पदम बहादुर देउवा, साईला - टेक बहादुर देउवा , कान्छा - जित बहादुर देउवा हुन् ।
  • जेठा - दल बहादुर देउवाका २ पुत्रहरु क्रमस - जेठा - अम्मर बहादुर देउवा(अर्जुन देउवा) यी अर्जुन देउवा समाजसेवी र उद्योगपतिको रुपमा चिनिन्छन । कान्छा - कृष्ण बहादुर देउवा हुन् । माईला पदम सिह देउवाका ३ पुत्रहरु क्रमसः जेठा शेर बहादुर देउवा, माईला - राम बहादुर देउवा, कान्छा - चित्र बहादुर देउवा हुन् । साईला - टेक बहादुर देउवाका २ छोराहरु क्रमसः जेठाः जनक देउवा र कान्छाः नरेन्द्र देउवा हुन् । कान्छा जित बहादुर देउवाका २ पुत्रहरु क्रमसः जेठा दिपेश देउवा कान्छा योगेन्द्र देउवा हुन ।
  • रन्जीत देउवाका १ पुत्र धर्मसिह देउवा हुन् ।
  • धर्मसिह देउवाका २ छोराहरु जेठा डम्मर बहादुर देउवा भए भने कान्छा गम्भीर सिह देउवा हुन् ।
  • डम्मर बहादुर देउवाका पुत्र निर्मल देउवा भए भने गम्भीर सिह देउवाका पुत्र केशव देउवा हुन् ।

बसोबास[सम्पादन गर्ने]

क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी(ठकुरी) देउवाको बसोबास उत्तराखण्ड राज्यको कुमाऊ क्षेत्र, डोटी गड्सेराक्षेत्र डडेल्धुराको रुवाखोला र बोगटान क्षेत्रमा छ । ठकुरी कुलका देउवा यी स्थान भन्दा अन्यत्र गएको र भएको इतिहास ठकुरी कुलका देउवासंग छैन ।

ठकुरी कुलका देउवा सम्बन्धी भ्रम र सत्यता[सम्पादन गर्ने]

बर्तमानमा अछामका दानी बाजुराका कुमाल डडेल्धुरा सदरमुकाम पश्चिमका पुजारा पुजारी देउकाहरुपनि देउपा र देउवा लेख्ने गर्दछन । यी मध्ये केही टाठा बाठा भनिनेहरुले विभिन्न कहानी र कथा बनाउने र ठकुरी देउवा कुलको दाबीगर्ने गरेको देखिन्छ । यी संग थुप्रै बिषयमा ठकुरी देउवा कुलको भिन्नता छ । यी संग ठकुरी देउवाको इतिहास ,बैबाहिक सम्बन्ध ,मान्यता संस्कार, देबी- देवता, रहन-सहन चालचलन, बोलिभाषा मिल्दैन । आछाम मष्टो देवता बण्डाल्नीको पूजागर्ने भरते दानीका सन्तान मानिने आछामका दानीहरु अछाम कैलाली तिर फैलिएका छन् यी पनि आजभोली देउवा लेख्ने गर्दछन । पुर्बका देउजा, सहकारी, अछामका दानी बाजुराका कुमाल डडेल्धुरा सदरमुकाम पश्चिमका पुजारा पुजारी देउकाहरु लगायत कतिपयले देउवा लेख्ने गरेका कारण यस्ता लाई देख्ने र यी संग संगत गर्नेंहरु ठकुरी देउवाका सम्बन्धमा अलमल हुन् सक्छन तर यिनका बिचमा धेरै भिन्नता छ । यो बुझ्नु पर्दछ त्यसबाट को ठकुरी को बैश्से भनेर सहजै छुट्टि हाल्छन ।

देउवा खान्दानका पूर्वजका कोटहरु[सम्पादन गर्ने]

ठकुरी देउवा रजवारहरुका कोटभएका स्थानहरु

  • रुवाखोलाको मदकट्टेकोट,
  • सूनाकोट,
  • वनलेककोट,
  • कुचाकोट,
  • रुलाकोट
  • गनेडाकोट,
  • मकारीकोट,
  • कुमाऊँको वडालुकोट हुन् । यी स्थानहरुका कोटमा बसेर देउवाहरुका पूर्खाले राज्य/रजवारी चलाएको थियो भन्ने भनाई पाईन्छ ।

ठकुरी देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु[सम्पादन गर्ने]

    1. नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि शेरबहादुर देउवा
    2. डोटी कांग्रेश जिल्ला सभापति प्रदिप देउवा ,
    3. समाजसेबी उद्योगपति अर्जुन देउवा
    4. नेपाल आर्मीमा मेजर शिवबहादुर देउवा ,
    5. नेपाल आर्मीमा क्यप्टन दलबहादुर देउवा ,
    6. नेपाल प्रहरीमा एस.पी.दिलिपसिंह देउवा
    7. डोटी पत्रकार टेकेन्द्र देउवा ,
    8. डोटी पत्रकार श्रवन देउवा
    9. कैलाली नापी अधिकृत इन्द्र बहादुर देउवा

देउवाहरुका कुलगुरु/पुरोहित[सम्पादन गर्ने]

  • डोटीमा अत्रि गोत्रीय ओझा ,
  • डडेल्धुराको रुवाखोलामा भारद्वाज गोत्रीय निरोला भण्डारीको वंशज भेउलेनि ब्राहमण र
  • कुमाऊमा उपमन्यु गोत्रीय जोशी

कुलका देवताहरु[सम्पादन गर्ने]

केदार, अशिग्राम केदार,लाटो गन्याप (गणेश) गद्तोला ,कालिका

बैबाहिक सम्बन्ध[सम्पादन गर्ने]

चन्द, मल्ल, बम, शाही, बोगटी, हमाल, पाल , सिंह

  • नोट : बिग्रेका स्तर झरेकाहरु गैर ठकुरीसंग पनि , भगाएर प्रेम बिबाह गर्ने गर्छन |

पुर्खासंगै आएका पुर्खेउली रैती[सम्पादन गर्ने]

बोहरा, माली,सेटी .........

शासन क्षेत्र[सम्पादन गर्ने]

डोटी राज्यकालमा डडेल्धुरामा पश्यगर्खाका चार गाऊ विकास क्षेत्र (अशिग्राम, कैलापल, बनलेख, गणेशपुर) डोटीमा देउवान क्षेत्र, कुमाऊमा सोर पिथौदागाद

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध पृष्ठ ४२ वास्तविक १२ ठकुरी पहिचान तालिका ( २०७२ साल प्रकासित)
  2. सामाजिक मान्यता, भानाई, ताम्रपत्र,देउवा ठकुरीको इतिहास ,वंशावली अनुसार |

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]