सामग्रीमा जानुहोस्

चन्दननाथ दत्तात्रय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चन्दननाथ दत्रात्रयबाट अनुप्रेषित)
चन्दननाथ मन्दिर
चन्दननाथ भैरवनाथ मन्दिर
प्राथमिक विवरण
स्थान:चन्दननाथ नगरपालिका
सम्बन्धनहिन्दुत्व
जिल्लाजुम्ला
देशनेपाल
वास्तुकला प्रकारहिन्दू

जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ । दशैंमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तिज, शिवरात्री तथा एकादशीमा मेला लाग्छ । करिब दशौँ शताब्दी तिर भारतको कस्मिरबाट चन्दननाथ नाम गरेका महात्मा जुम्ला घुम्न आएका थिए । जुम्लाका तत्कालिन खस राजा कल्याल वंशी ठकुरीले उनलाई गुरु मानेर यतै बसालेका थिए । चन्दननाथ दत्तात्रय भगवानका भक्त थिए । उनी जुम्लामा दत्तात्रय मन्दिर स्थापना गरेर बस्न थाले । चन्दननाथले स्थापना गरेको मन्दिर भएकोले यस मन्दिरको नाम पनि चन्दननाथ मन्दिर रहन गयो । चन्दननाथले त्यहाँ एक भैरवनाथ मन्दिर पनि स्थापना गरेका थिए । चन्दननाथले कश्मिरबाट जुम्लाको प्रशिद्ध मार्सी धानको बिउ ल्याएका थिए ।

गाईले दूध चढाउने गरेको कथा

[सम्पादन गर्नुहोस्]

भनिन्छ परापूर्व कालमा अहिलेको खलङ्गा बजार गाई वस्तु चराउने जंगल थियो एक गाईले आफ्नो मालिकलाई दूध नदिएर आफ्नो सबै दूध एक ठाउँमा खनाउने गर्थिन् । गाईको मालिक दूध निकाल्न जाँदा गाईले दूध नदिएर निकै दुःखी भएको थियो । एक दिन त्यो गाईले दूध के गर्छ, कसले चोरेर दूध निकाल्छ भनेर गाईको चियो गर्न थाल्यो । यसरी गाईको चियो गर्ने क्रममा उसले अहिले चन्दननाथको मन्दिर रहेको ठाउँमा गाईले दूध चढाएको देख्यो । यो देखेर उसले आफ्ना सबै छिमेकीहरूलाई यस कुराको जानकारी दियो । उसको कुरा सुनेर सबैजना भेला भएर हेर्दा साँच्चै नै गाईले दूध चढाउने गरेको कुरा पुष्टी भयो । यो देखेर त्यो ठाउँमा सबैले चन्दननाथको मन्दिर स्थापना गरेर पूजाको सुरुवात गरेको किंवदन्ती पनि रहेको छ ।[]

लिङ्गो फेर्ने

[सम्पादन गर्नुहोस्]

प्रत्यक वर्ष घटस्थापनाको दिनमा यस मन्दिरमा पूजा आजा गरेर लिङ्गो फेर्ने चलन परापूर्व काल देखि नै चलि आएको छ । करिब 52 फुट भन्दा लामो हरियो रुखको लिङ्गो बनाइन्छ । रातो, सेतो, रङ्गी विरङ्गी कपडाले लिङ्गो पुरै ढाकिन्छ र लिङ्गोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । लिङ्गो ठड्याउने बेलामा भाँचियो अथवा खण्डित भयो भने पुरै देशमा अनिष्ट हुन्छ भन्ने भनाई रहेको छ । देवताको जयघोष र पूजा आरती, भजन किर्तनका साथ लिङ्गो फेर्ने चलन छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]