चन्दननाथ दत्तात्रय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चन्दननाथ मन्दिर
चन्दननाथ भैरवनाथ मन्दिर
चन्दननाथ मन्दिर is located in नेपाल
चन्दननाथ मन्दिर
चन्दननाथ मन्दिर
नेपालको नक्शामा चन्दननाथ मन्दिर
निर्देशांक:२९°१६′२७″उत्तर ८२°११′०१″पूर्व / २९.२७४२०९° उत्तर ८२.१८३५१५° पूर्व / 29.274209; 82.183515
नाम
अन्य नामहरू:दत्तात्रय मन्दिर
वास्तविक नाम:चन्दननाथ मन्दिर
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:कर्णाली
जिल्ला:जुम्ला
स्थान:चन्दननाथ नगरपालिका
कला र संस्कृति
मुख्य देवता:दत्तात्रय
प्रमुख चाडपर्व:दशैं
वास्तुशैली:हिन्दू

जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ । दशैंमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तिज, शिवरात्री तथा एकादशीमा मेला लाग्छ । करिब दशौं शताब्दी तिर भारतको कस्मिरबाट चन्दननाथ नाम गरेका महात्मा जुम्ला घुम्न आएका थिए । जुम्लाका तत्कालिन खस राजा कल्याल वंशी ठकुरीले उनलाई गुरु मानेर यतै बसालेका थिए । चन्दननाथ दत्तात्रय भगवानका भक्त थिए । उनि जुम्लामा दत्तात्रय मन्दिर स्थापना गरेर बस्न थाले । चन्दननाथले स्थापना गरेको मन्दिर भएकोले यस मन्दिरको नाम पनि चन्दननाथ मन्दिर रहन गयो । चन्दननाथले त्यहाँ एक भैरवनाथ मन्दिर पनि स्थापना गरेका थिए । चन्दननाथले कश्मिरबाट जुम्लाको प्रशिद्ध मार्सी धानको बिउ ल्याएका थिए ।

गाईले दूध चढाउने गरेको कथा[सम्पादन गर्ने]

भनिन्छ परापूर्व कालमा अहिलेको खलङ्गा बजार गाई वस्तु चराउने जंगल थियो एक गाईले आफ्नो मालिकलाई दूध नदिएर आफ्नो सबै दूध एक ठाउँमा खनाउने गर्थिन् । गाईको मालिक दूध निकाल्न जाँदा गाईले दूध नदिएर निकै दुःखी भएको थियो । एक दिन त्यो गाईले दूध के गर्छ, कसले चोरेर दूध निकाल्छ भनेर गाईको चियो गर्न थाल्यो । यसरी गाईको चियो गर्ने क्रममा उसले अहिले चन्दननाथको मन्दिर रहेको ठाउँमा गाईले दूध चढाएको देख्यो । यो देखेर उसले आफ्ना सबै छिमेकीहरूलाई यस कुराको जानकारी दियो । उसको कुरा सुनेर सबैजना भेला भएर हेर्दा साँच्चै नै गाईले दूध चढाउने गरेको कुरा पुष्टी भयो । यो देखेर त्यो ठाउँमा सबैले चन्दननाथको मन्दिर स्थापना गरेर पूजाको सुरुवात गरेको किंवदन्ती पनि रहेको छ ।[१]

लिङ्गो फेर्ने[सम्पादन गर्ने]

प्रत्यक वर्ष घटस्थापनाको दिनमा यस मन्दिरमा पूजा आजा गरेर लिङ्गो फेर्ने चलन परापूर्व काल देखि नै चलि आएको छ । करिब 52 फुट भन्दा लामो हरियो रुखको लिङ्गो बनाइन्छ । रातो, सेतो, रङ्गी विरङ्गी कपडाले लिङ्गो पुरै ढाकिन्छ र लिङ्गोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । लिङ्गो ठड्याउने बेलामा भाँचियो अथवा खण्डित भयो भने पुरै देशमा अनिष्ट हुन्छ भन्ने भनाई रहेको छ । देवताको जयघोष र पूजा आरती, भजन किर्तनका साथ लिङ्गो फेर्ने चलन छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]