आकाश देवी मन्दिर, अर्घाखाँची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आकाश देवि मन्दिर सन्धिखर्क - तम्घास सडक खण्डमा पर्ने अर्घाखाँची जिल्लाको भगवती गा वि स मा अवस्थित छ । भगवती गा वि स को मुटु बाईगाउँको ताराखसेमा अवस्थित यो मन्दिर हिन्दु धर्मालम्बिहरूको आश्थाको केन्द्र हो । मन्दिर स्थापनाको समयमा लेबासको गाँजमा पुजाआजा गरिन्थ्यो । समय क्रम अनुसार परिबर्तनको क्रममा शुरुमा दुर्गा माताको मन्दिरको स्थापना गरिएको भएता पनि विभिन्न समयमा भगवान शिव र भगवान गणेशको पनि मन्दिर स्थापना गरिएको छ । विशेषगरि हिन्दु धरमालम्विहरूको आश्थाको केन्द्र रहेको यस क्षेत्रमा जनै पुर्णिमा , कृष्ण जन्माष्टमी , हरितालिका तिज , दसैँ , फागु पुर्णिमा , शिवरात्रीरामनवमीको समयमा पुजा आजा हुन्छ । क्रिष्ण जन्माष्टमिमा रथ र रोपाइ जात्रा दशैँको द्वादशिको दिन सराय नाच तथा फागु पुर्णिमामा फागु नाचको आयोजना हुने यो ठाउँ एक पर्यटकिय स्थलको रूपमा रहेको छ र यदि प्रयाप्त प्रचार प्रसार गर्नेहो भने यस क्षेत्रलाई अर्घाखाँची जिल्लाकै एक महत्त्वपुर्ण पर्यटकिय स्थलको रूपमा चिनाउन सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]