रुद्रायणी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रुद्रायणी मन्दिर
300px
रुद्रायणीमा लागेको बाख्री खोस्ने मेला
रुद्रायणी मन्दिर is located in नेपाल
रुद्रायणी मन्दिर
रुद्रायणी मन्दिर
नेपालमा रुद्रायणी मन्दिर
निर्देशांक:२७°३८′०९″उत्तर ८५°१७′५२″पूर्व / २७.६३५७४१° उत्तर ८५.२९७९०१° पूर्व / 27.635741; 85.297901निर्देशाङ्क: २७°३८′०९″उत्तर ८५°१७′५२″पूर्व / २७.६३५७४१° उत्तर ८५.२९७९०१° पूर्व / 27.635741; 85.297901
नाम
अन्य नामहरू:सिद्धकाली रुद्रायणी मन्दिर
वास्तविक नाम:श्री रुद्रायणी मन्दिर
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:बागमती
जिल्ला:ललितपुर
स्थान:खोकना
कला र संस्कृति
मुख्य देवता:देवी
प्रमुख चाडपर्व:नवरात्री
वास्तुशैली:प्यागोडा शैली

रुद्रायणी मन्दिर ललितपुरको खोकना गाविसमा पर्ने एक प्रख्यात मन्दिर हो । यस मन्दिरलाई सिद्धिकाली रुद्रायणी मन्दिर पनि भनिन्छ । देवी सिद्दकाली खोकना वासीको आराध्य एंव ईष्ट मानिन्छन् । सिद्धकाली रुद्रायणीको सिद्धिकाली जात्रा आश्विन महिनाको शुक्ल पक्ष तृतीयाको दिन सुरु भई नवमीसम्म (दसैं)को समयमा नौ दिनसम्म चल्छ। रुद्रायणी मन्दिरअगाडिको पोखरीमा वर्षेनी बलि दिइन्छ। परम्पराअनुसार सुरुमा एउटा बाख्रीलाई पोखरीमा फ्याँकिन्छ। त्यसपछि युवाहरू पानीमा हाम्फालेर त्यसलाई दाँतले टोक्न थाल्छन्। बाख्रा नमरुञ्जेल यो क्रम जारी रहन्छ। ‘बलि दिइएको बाख्रीलाई पोखरीभित्रै टोकीटोकी मार्ने चलन छ ।

सिद्धिकाली रुद्रायणीको जात्रा[सम्पादन गर्ने]

खोकनामा धार्मिक जात्रापर्व सञ्चालन गर्ने असङ्ख्य गुठीहरू छन्। रुद्रायणी जात्राका बेला तीमध्ये रुद्रायणी, तः, सना र जम्बु गुठीको भूमिका रहन्छ। प्रतिपदा अर्थात् घटस्थापनाका दिन तः र सना गुठीका चार-चार जना कुमार केटालाई सफासुग्घर गरी गाउँ परिक्रमा गराइन्छ। त्यसपछि उनीहरूले गाउँ बाहिर रहेको सिकाली चौरमा गई पूजाआजा गर्छन्। यो क्रम दोस्रो दिन पनि कायम रहन्छ। तेस्रो दिन अर्थात् तृतीयाका दिन गुठीयारहरू दिनभरि व्रत बस्ने गर्छन्। तः, सना र जम्बु गुठी घरबाट तीनवटा राँगालाई बाहिर निकालेर बाखा चौरमा लगेर बलि दिइन्छ। बेलुका सात बजेतिर बलि दिइएका ती राँगाको रगतलाई बोकेर सिकाली चौरमा चढाउन लगिन्छ। त्यसपछि बलि दिइएका राँगालाई गुठी घरमा प्रवेश गराइन्छ। गुठीयारहरूलाई राँगाको प्रसाद बाँडिन्छ र मासुसहितको भोज गरिन्छ । चौथो दिन तिनै चार-चार जना कुमार केटाहरू सिकाली चौरमा गएर पूजाआजा गर्छन्। प्रत्येक गुठीघर अगाडि एउटा-एउटा राँगा काटिन्छ। गुठीघरमा राँगाको मासु पकाइन्छ र त्यसलाई सिकाली चौरमा लगेर खाइन्छ। राति गुठीघरमा वीरभद्र -घ्याम्पो) देउता प्रतिस्थापन गरिन्छ र प्रत्येक घरमा छ्योल्बु भोज खाइन्छ। पाँचौँ दिन मुख्य जात्रा हुने दिन हो। त्यस दिन रुद्रायणी देउतालाई मन्दिर बाहिर निकालेर खटमा राखिन्छ। प्रत्येक घरबाट रुद्रायणीको पूजा गरिन्छ र भोज खाइन्छ। बेलुकातिर गाँउ विकास समितिबाट उपलब्ध गराइएको एउटा राँगाको बलि दिइन्छ। राती खटमा राखिएका ती देउतालाई बोकेर जात्रा गरिन्छ। देबतालाई सिकाली मन्दिरमा प्रतिस्थापन गरिन्छ। वीरभद्रलाई पनि सिकाली मन्दिरमा लगिन्छ। यस दिन २४ घण्टासम्म जात्रा निरन्तर जारी रहन्छ। छैटौँ दिन सिकाली चौरमा सबै गुठीयारहरू भेला हुन्छन्। रुद्रायणी गुठीका ४६ जवान देउता खलकले देवी नाच नाच्छन्। वीरभद्र, महाकालीका रूपमा देउता खलकलाई तान्त्रिक विधिबाट निकालिन्छ। उनीहरू सिकाली चौरबाट नाच्दै गाउँ परिक्रमा गर्छन्। अन्तिममा तः गुठीघरमा रुद्रायणीको मूर्ति राखिन्छ। सातौँ दिनमा रुद्रायणी गुठीका ४६ जना देउता खलकका जवानहरूले देउताको बस्त्र धारण गरी क्वेलाछेँमा दिनभरि देवी नाच नाच्छन्। त्यसदिन त्यत्तिमै जात्रा सकिन्छ। आठौँ दिनमा तः गुठीघरबाट मूर्ति बाहिर निकाली जात्रा गरिन्छ। रुद्रायणीको मूर्तिलाई रुद्रायणी मन्दिरभित्र पुनः प्रतिस्थापन गरिन्छ। अन्तिम दिन अर्थात् नवौँ दिन प्रत्येक घरबाट रुद्रायणी मन्दिरमा पूजाआजा गरिन्छ। कलाकारहरूबाट नाचगान हुन्छ, पूजाआजा गरिन्छ र भोज खाने गरिन्छ। गाइजात्राको भोलिपल्ट रुद्रायणी मन्दिरको अघिल्तिर रहेको पोखरीमा पाठी डुबाउने परम्परा छ। मृत पाठीलाई जुन समूहले खोसेर लिन सक्दछ त्यसले रुद्रायणी जात्राका बेला नाटक देखाउनुपर्ने प्रचलन रहेको छ। मनोरञ्जनका लागि नाटक देखाउने गरिए पनि यो अनिवार्य भने हुँदैन।

मन्दिरको स्थापना[सम्पादन गर्ने]

श्रीकाली वा सिद्धिकाली वा शिवकालीलाई अपभ्रंस भएर सिकाली भएको बताइन्छ। खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोलले सो गाउँ १३औँ शताब्दीमा बसोबास भएको इतिहास रहेको बताउँदै दसैँका बेला गरिने जात्राको परम्परा कहिलेदेखि सुरु भएको भन्ने पत्तो नलागेको बताउनुभयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]