मण्डलीमाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढोलामण्डलीमाई नेपालकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिढोला मण्डलीमाईको उत्पत्तिको किंवदन्ती विचित्र किसिमको छ। ढोला मण्डलीमाईका पूजारी मगरको भनाइ अनुसार ढोलाकी मण्डलीमाईको उत्पत्ति भएको समय लगभग १८५० सालतिर हो। त्यतिबेला एकजना मगर जातीका मानिस घर बनाउनका लागि सालको थाम काट्ने उद्देश्यले बन्चरो लिएर वनमा गए। त्यहाँ सालको रूख काट्न लाग्दा बन्चरोको धार नै झर्‍यो। सालको रूखमा डोब पनि लागेन। यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए। भोलिपल्ट धार झरेको बन्चरो लिएर कामीको आरनमा गई अर्जापेर ल्याए र फेरि सालको थाम काट्न त्यही हिजो काट्न लागेको सालको रूख ढाल्न भनी गएर पहिलोचोटि त्यही सालको रूख काट्नेबित्तकै रूखबाट रातो रगत बग्न थालेछ। त्यो देखेर ती मगर आश्चर्यचकित हुँदै रूख काट्नै छोडेर घर गए।

बेलुका खाना खाएर सुतेपछि राति सपनामा 'म मण्डली माई हु्ँ। म यही सालको रूखमा बसेकी छु। यो सालको रूखलाई काट्न प्रयत्न नगर्नु। गाउँ, सहर, राष्ट्र र त्यहाँका निवासी सबैलाई सङ्कट आइपरेको बेलामा संरक्षण गर्नेछु। मेरा पूजाविधि निम्न प्रकारको छ। जस्तैः पूजा गर्नका लागि १२ वर्षभित्रको कुमार केटो हुनुपर्छ। बाख्राका पाठीहरू मेरा निम्ति भोग लगाउनुपर्छ। लावा, चन्दन, अक्षता, फूल, नैवेद्य, फलफूल आदिद्वारा मेरो पूजाआजा गर्नुपर्छ। महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु। पूजा गरेपछि प्रसाद घरमा लैजान हुँदैन। भोग दिएको पाठी टाउको विनाको त्यतै कुनै ठाउँमा भोज गर्नुपर्छ। मेरो पूजा हरेक वर्षको चण्डीपूणिर्माको दिन निम पूजा गर्नु' भनेर सपनामा दिएको भनाइ प्रचलित छ।

वर्ष दिनमा एक दिन मात्र निम पूजा गर्दा ज्यादै घुइँचो हुने भएकाले पूजारी मगरको परिवार भेला भएर महिना दिनभरिमा आउने एउटा औँसी र दुइटा एकादशीमा मण्डलीमाईको पूजा नलाग्ने भएकाले ती तीन दिन बाहेक एक महिनामा आउने चार वा पाँच मंगलबार बाख्राका पाठीहरूको बलि दिने र चैत महिनाको २२ गतेभन्दा पहिले समक्ष पूजा गर्ने निष्कर्ष छलफलबाट निकालियो। निर्णयानुसार हालसम्म चलिआएको पूजाको चलन पनि यही हो। काले पूजारी मगरको परिवार भेला भएर महिना दिनभरिमा आउने एउटा औँसी र दुइटा एकादशीमा मण्डलीमाईको पूजा नलाग्ने भएकाले ती तीन दिन बाहेक एक महिनामा आउने चार वा पाँच मंगलबार बाख्राका पाठीहरूको बलि दिने र चैत महिनाको २२ गतेभन्दा पहिले समक्ष पूजा गर्ने निष्कर्ष छलफलबाट निकालियो। निर्णयानुसार हालसम्म चलिआएको पूजाको चलन पनि यही हो।

[१]

संधर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. साभारः डिल्लीरमण शर्मा अर्ज्याल (मधुपर्क २०६७ वैशाख )