स्फटिकेश्वर महादेव मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्फटिकेश्वर महादेव मन्दिर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १३ (साबिकको फटकशिला गाविस वडा नं २ ) मा इन्द्रावती नदीको किनारमा अवस्थित प्रसिद्ध मन्दिर हो । यस मन्दिरको बारेमा हिन्दुहरूको धर्मग्रन्थ स्कन्द पुराणको ९३ औँ अध्यायमा पनि उल्लेख गरिएकोछ । पौराणिक कालमा यस मन्दिरको पूर्व तर्फ रहेको इन्द्रावती नदीलाई "हिमस्रवा", उत्तर तर्फ रहेको जर्गे खोलालाई "चन्द्रकान्ती",पूर्वमा रहेको डाँडालाई "कान्तितिर्थ" र फटकशिला डाँडालाई "काकन्द पर्वत"को नामले चिनिएको पाइन्छ ।[१]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. स्कन्द पूराण, ९३ औँ अध्याय, खण्ड ६ र ७