धुलेश्वर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धुलेश्वर
धुलेश्वर ज्वाला मन्दिर
धुलेश्वर नेपाल-এ অবস্থিত
धुलेश्वर
धुलेश्वर
नेपालको नक्सामा धुलेश्वर मन्दिर
निर्देशांक:२८°५३′२२″उत्तर ८१°३६′५९″पूर्व / २८.८८९५५९° उत्तर ८१.६१६२५४° पूर्व / 28.889559; 81.616254निर्देशाङ्क: २८°५३′२२″उत्तर ८१°३६′५९″पूर्व / २८.८८९५५९° उत्तर ८१.६१६२५४° पूर्व / 28.889559; 81.616254
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:भेरी
जिल्ला:दैलेख
स्थान:दुल्लु
उचाई:७८ मी (२५६ फिट)
कला र संस्कृति
मुख्य देवता:शिव
वास्तुशैली:प्यागोडा शैली

धुलेश्वर पाँच थान पंचकोशी अन्तर्गत पर्ने एक स्थान हो । यो स्थल दैलेख जिल्लाको बडलम्जी गा. वि. स.को वडा नंवर- ८ पर्दछ । यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ । वैज्ञानीकहरू यसलाई मृत ज्वालामुखी बताउछन् भने धार्मीक मान्यता अनुशार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ । धुलेश्वर नेपालको एकमात्र ज्वालामुखी सङ्केत भएको स्थान हो ।[१] धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अन्तरगत पर्ने पाँच स्थान पादुकास्थान, शिरस्थान, नाभिस्थान, कोटिलास्थान र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अन्तरगत कोटिलास्थानलाई राखिएको छ । उक्त पुराणहरूका अनुशार पञ्चकोशी भित्र डुङ्गेश्वर पञ्चकोशी भित्र पर्छ कोटिलास्थान एक सिद्ध पिठ मात्र हो भन्ने रहेको नभएपनि केही व्याक्तिहरूले पञ्चकोशीमा मुख्य पाँच स्थानमा कोटिलास्थान नभएर डुङ्गेश्व हो भन्ने दावी गरेको पनि पाइएको छ । परापुर्व काल देखी पञ्चकोशीका पाँच स्थानमा कोटिलास्थानको नाम सुनिदै आएको छ । पञ्चकोशी तिर्थयात्राको नियम अनुशार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ । वैश्वानर पुराणको हिम वंत खण्डमा दुल्लु वरीपरी सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत बद्रीनाथकेदारनाथ भन्दा पनि बढी पुण्य दायक छ भनेर वर्णन गरिएको छ ।

धुलेश्वर मन्दिर परिसर[सम्पादन गर्ने]

धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन् । ज्वालाघरमा २ वटा नेपाली भाषाको शिलालेख रहेका छन्। शिलालेखमा लेखिएका अधिकांश अक्षरहरू पढ्न नसकिने अवस्थामा छन्। एक शिलालेखमा महाराजा राजेन्द्रले शाके संवत १७४८ मा स्थापना गरेको धुलेश्वर देवताको मन्दिर भन्ने लेखेको पढ्न सकिन्छ भने अर्को शिलालेखमा शाके संवत १७७८ मा करनेल कुलमान सिंह बस्नेतले छानो हाली बनाएको देवस्थल हो भन्ने पढ्न सकिन्छ। मन्दिरमा भएका अधिकांश पुरातात्वीक सामानहरू द्वन्दकालमा माओवादीले कब्जा गरेर लगिसकेका छन्। २०६७ चैत्र २६ गतेको रात्री ज्वालाघरको ताल्चा भाँचेर यहाँ राखेका नरपतेश्वर महादेवको मूर्ती र शिव परिवारको मूर्तीहरू चोरी भएका छन्। यसको सरोकारवालाबाट आज सम्म कुनै पनि पहल भएको छैन। हुनत पहिले पनि २०३७ सालमा उक्त मूर्तीहरू चोरी भएका थिए साढे तिन बर्ष पछी यी मूर्तीहरू छामघाट खोलामा भेटिएका थिए। ज्वालाघर नै यहाँको मुख्य मन्दिर हो। ज्वालाघरको भित्र कुंडमा होम गर्दा जमिनबाट हावाको साथमा धुलो निस्किने भएकोले यो स्थानको नाम धुलेश्वर पर्न गएको हो। धुलेश्वर मन्दिर परिसरमा रहेको शिव मन्दिरको वीचमा शिवलिंग अवस्थित छ। शिवलिंगको एक पट्टी बसाह (नंदीश्वर) र अर्को पट्टी सिंह छन्। मन्दिर परिसरमा रहेको काल भैरव मन्दिरमा काल भैरव, बाल भैरव र बटुक भैरवका शिला (मुर्ती)हरू राखिएका छन्। काल भैरवलाई जिव बली दिएर पूजा गर्ने परम्परा छ भने बाल भैरव र बटुक भैरवलाई गाईको दुधको धार दिएर पूजा गरिन्छ। मन्दिर परिसरमा रहेको मष्टा मन्दिरमा मष्टा देवताको शिला रहेको छ। बाल भैरव र बटुक भैरव जस्तै मष्टा देवतालाई पनि गाईको दुधको भोग लगाएर पूजा गर्ने प्रचलन रहेको छ। यी देवताहरूलाई मुख्य पूजा गरिने दिन चैते दशैंबडा दशैंमा मात्र भोग लगाईन्छ भने अन्य दिन नित्य पूजा गर्दा धुप, दिप र नैवद्य चढाउने परम्परा छ। मन्दिर परिसरमा रहेको गाधीघरमा तिर्थयात्रीहरूको लागी खाने र बस्ने सुविधा रहेको छ। गाधीघरको जिर्णोद्धार २०५५ सालमा भएको थियो। चैते दशैं र बडा दशैंमा विशेष पूजाको दिनमा यहाँ श्रद्वालुहरूको घुइंचो लाग्ने गर्दछ। कुमार पूजारीले मात्र पूजा गर्ने परम्परा रहेको धुलेश्वर मन्दिरमा बिहान र बेलुका नित्य पूजा गरिन्छ।

अन्य स्थलहरू[सम्पादन गर्ने]

धुलेश्वर मन्दिर शिवलिङ्ग नजिक रहेको नंदी

धुलेश्वर मन्दिरको फेदीमा रहेका बाणगंगा र ब्रह्मकुंडमा स्नान गरेर धुलेश्वर महादेवको दर्शन गर्ने परम्परा रहेको छ। यसका साथै बालेश्वर मन्दिरमा पिंडदान गर्ने प्रचलन रहेको छ। धुलेश्वर मन्दिरका साथै दुलंगे पर्वत अथवा नागको दर्शन गर्नाले सर्पभए हुदैन भन्ने जन विश्वास रहेको छ। यसका साथै बडलम्जीमा रहेका पंचदेवललाई पनि यहाँको धार्मीक तथा पुरातात्वीक सम्पदाको रुपमा लिईन्छ।

पौराणिक कथा[सम्पादन गर्ने]

धुलेश्वर महादेव मन्दिर भित्र अवस्थित शिवलिंग

पौराणीक कालमा महादेवकी पत्नी सतीले आफ्ना पिता दक्षले शिवको अपमान गरेको कारण दक्षको यज्ञा कुंडमा हाम फालेर प्राण त्यागेकी थिईन्। पत्नी वियोगमा परेका भगवान शिवले सतिदेवीको मृत देहलाई पिठमा बोकेर घुम्न थाले। यसरी भगवान शिव पत्नी वियोगमा पागल भएकाले भगवान शिवको वास स्थान कैलाश सुन्य भयो। भगवान शिवको अनुपस्थितीका कारण देवताहरूलाई सृष्टी चलाउन कठिन भएकाले भगवान विष्णुले सतिको देहमा अंशु (किरा) उत्पन्न गरेर सतिको देहलाई कुहाउन थाले। यसरी सतिदेह कुहिएर संसार भर सतिदेवीका अंगहरू पतन हुन थाले। यसरी जहाँ जहाँ सतिका अंगहरू पतन भए त्यहाँ त्यहाँ सिद्धपिठहरू बने। धुलेश्वरमा सतिदेवीको शरिरको धुलो पतन भएकोले धुलेश्वर महादेव उत्पन्न भए। यहाँ सिद्धपिठ छ भन्ने कसैलाई पनि थाह थिएन। एक जना नदीवन नामका सन्यासीले एक अमलाको रुखमुनी धुलेश्वरमा शिवलिंग देखे। उनले अरू कसैलाई केही पनि नभनेर आफु मात्र यो शिवलिंगको पूजा गर्न थाले। यो कुरा यहाँका वासिन्दाहरूले थाह पाएपछी तत्कालीन सासकमा नदीवनको नाममा उजुरी दिए। नदीवन सन्यासीलाई पक्राउ गर्नको लागी काठमाडौंबाट सिपाईहरू आए। नदीवनले सिपाइहरूलाई तिमीहरू जाओ म पछी आउनेछु भनेर फर्काए। यो सुनेर सिपाइहरू काठमाडौं फिर्ता भए। नदीवन सन्यासी सिपाइहरू भन्दा अघाडी नै काठमाडौं पुगि सकेका थिए। काठमाडौंका तत्कालिन राजाले नदीवनले कपट गरेको ठानेर उनको कठोर परिक्षा लिन थाले। नदीवन सन्यासीको कठोर तपस्याको प्रभाव देखेर धुलेश्वर महादेव मन्दिरको पूजा गर्नु भनेर लाल मोहोर दिएर पठाएका थिए।[२] त्यहाँ देखी अहिले सम्म उनै नदीवनका पिंढीहरू यहाँका पूजारी र महंत रहँदै आएका छन्। महंतले मन्दिरको रेख देख गर्छन् भने पूजारीले पूजा गर्दछन्। महंतहरू मरे पछी मन्दिर परिसरमा नै समाधी बनाएर गाढ्ने परम्परा रहेको छ।

कसरी पुग्ने?[सम्पादन गर्ने]

धुलेश्वर मन्दिर जानको लागी कर्णाली राजमार्ग अथवा मध्य पहाडी मार्ग भएर दैलेखको दुल्लु सम्म बस अथवा मोटर सम्म पुग्न सकिन्छ। दुल्लुबाट डाडीमाडी जाने सहायक मोटर मार्ग धुलेश्वर मन्दिर भएर जाने भएकोले मन्दिरको प्रवेस द्वार सम्म गाडीको सुविधा रहेको छ। यदी दुल्लुबाट पैदल गएमा करिब एक घंटामा धुलेश्वर मन्दिर पुग्न सकिन्छ। पैदल गएमा खस राजा नागराजको सितकालिन राजधानी अथवा बाइसे, चौबिसे राज्यकालको पश्चिम नेपालको बलियो राज्य दुल्लु स्थित नेपाली भाषाको पहिलो शिलालेख कृतिखम्ब, धर्मगद्धी दुल्लु दरबारको भगनावसेस, पौवा, बाल नरसिंह कुँवरको समाधी स्थल बालेश्वर मन्दिर, आदी धार्मिक तथा ऐतिहासीक स्थलहरूको रमाइलो दृष्यालोकन पनि हुने भएकाले पैदल हिंड्न असक्त व्याक्तीहरू बाहेक अरूले दुल्लुबाट धुलेश्वर सम्म पैदल गएमा नै आनन्द हुन सक्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "पर्यटन गन्तव्य: पंञ्चकोशी क्षेत्र" (नेपालीमा), कारोवार, २६ पौष २०७०। 
  2. कविराज वन सन्यासी (महंत धुलेश्वर महादेव मन्दिर)

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरीय लिङ्कहरू[सम्पादन गर्ने]