दुल्लु दरबार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दुल्लु दरबार
भगनावशेष.jpg
दुल्लु दरबारको भग्नावशेष
सामान्य विबरण
प्रकारदरबार
स्थानदुल्लु, नेपाल
निर्देशांक२८°५२′उत्तर ८१°३७′पूर्व / २८.८६° उत्तर ८१.६२° पूर्व / 28.86; 81.62निर्देशाङ्क: २८°५२′उत्तर ८१°३७′पूर्व / २८.८६° उत्तर ८१.६२° पूर्व / 28.86; 81.62
ग्राहकदुल्लुका राजा जङ्गबगादुर शाह

दुल्लु दरबार दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित पटाङ्गिनी भन्ने ठाउँको पश्चिम दक्षिण भागमा अवस्थित छ । हाल भग्नावशेषमा परिणत भएको यो दरबारलाई नेपाल एकिकरणपछिको दरबार मानिएको छ । पकाएको इँटद्वारा निर्माण गरिएको यो दरबार विक्रम सम्वत १९८१ मा तत्कालिन दुल्लुका राजा जङ्गबगादुर शाहले निर्माण गरेका थिए ।[१] त्यो भन्दा पहिले दुल्लु दरबार धर्मगद्दी भन्दा दक्षिण तर्फ रहेको थियो । राज्य रजौटा उन्मुलन ऐनबमोजिम राज्य खारेज भएपछि हाल यस दरबारले चर्चेको सम्पूर्ण लिगलकापातहरू उदयरत्न शाह र जङ्गबगादुर शाह दुई पक्षका ११ जना अंशियारका बीच बाँडफाँड भएको थियो ।

दुल्लु दरबारको इतिहास[सम्पादन गर्ने]

दुल्लु दरबार प्राङगणमा रहेको बाघढुङ्गा

संसारी वर्माद्वारा विक्रम सम्वत १४५३ मा स्थापना गरिएको दुल्लु राज्य उत्तिम शाहीको पालामा विक्रम सम्वत १८४६ कार्तिक २१ गतेका दिन अमरसिंह थापाको नेतृत्वमा दुल्लु विजय गर्न गएको गोर्खाली सेना देखेपछि दुल्लुका सम्पूर्ण जनताहरू घर छोडेर भागेका थिए ।[१] यसरी जनताहरू डराएर भागेपछि दुई पक्षबीच लडाईँ हुन सकेन। त्यसैले उत्तिम शाहीले गोर्खाली सेनासँग आत्मसमर्पण गरी सहयोग गर्ने कबुल गरे । त्यसपछि गोर्खा राज्यको अधिनस्थ भएर पनि दुल्लु राज्यले रजौटाको सम्मान पाएकै थियो । आफ्नो कबुल अनुसार उत्तिम शाहीले गोर्खाली सेनाहरूसँग लागेर नेपाल एकिकरणको पश्चिम विजय अभियानमा कोठागढीको युद्वमा वीरगति प्राप्त गरे । युवा राजा उत्तिम शाहीकी रानी गर्भवती रहेकी र उत्तिम शाही निसन्तान नै परलोक भएकाले गीर्वाणयुद्ध विक्रम शाहबाट रानीको मासिक खान्गीको व्यवस्था गरियो । केही समय पछि उत्तिम शाहीको रानीबाट छोरा रुद्र शाह जन्म भएर उमेर पुगेपछि उनका बाबु उत्तिम शाहीले नेपाल सरकारलाई लगाएको गुन सम्झेर रुद्र शाहीलाई दुल्लुको राजा बनाइयो। यिनले दुल्लुका जनताको मुद्दामामिला हेर्ने र राजस्व सङ्कलन गर्नेसमेत अधिकार पाए ।

दुल्लु दरबार अघाडीको मन्दिर

नेपाल एकिकरणपछि दुल्लुमा रुद्र शाह, श्रीभक्त शाह, भक्त बहादुर शाह, पृथ्वीनारायण शाह र जङ्गबगादुर शाह क्रमैसँग दुल्लुका राजा भए । विक्रम सम्वत २०१८ सम्म यो व्यवस्था कायम रह्यो । [१] त्यसपछि भने नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेर आधुनिक नेपालको ढाँचा बने पछि दैलेख जिल्लाको आकार पनि खुम्चियो। दैलेख बजारलाई दैलेख जिल्लाको सदरमुकाम कायम गरिएपछि दुल्लु दुल्लुमा रहेका अड्डा अदालतहरू दैलेख बजारमा सारिए । दुल्लु दरबार दिन प्रतिदिन उजाड हुँदै गयो। दुल्लु दरबारमा बस्ने परिवार पनि दुल्लु छोडेर सुर्खेत, नेपालगञ्जकाठमाडौं बस्न थाले। अन्ततः विक्रम सम्वत २०५९ बैशाख ८ गतेका राती माओवादीहरूले जनयुद्धको नाममा यो दरबारमा बम बिस्फोट गराए । हाल सम्म यो दरबारको जिर्णोद्धार हुन सकेको छैन ।

यि पनि हेर्नुहोला[सम्पादन गर्ने]

सन्दर्भ समाग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ विश्व के.सी. (पोखरेल)द्वारा लिखित कीर्तिखम्ब नामक पुस्तक पृ.सं. १३९

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]