सामग्रीमा जानुहोस्

बालेश्वर मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बालेश्वर मन्दिर
बालेश्वर मन्दिर
Lua error in मोड्युल:Location_map at line 393: देशान्तरको लागि कुनै मान प्रदान गरिएको छैन।.
धर्म
सम्बन्धनहिन्दुत्व
जिल्लादैलेख
स्थान
स्थानदुल्लु, दैलेख
देशनेपाल
वास्तुकला
किसिमप्यागोडा शैली

बालेश्वर मन्दिर दैलेख जिल्लाको दुल्लु- बडलम्जी मार्गको पश्चिम तर्फ अगलो डाँडोमा अवस्थित छ। मासको पिठोको लिउन हालेर इट्टाद्वारा बनाएको यस मन्दिरलाई बालेश्वर शिवालय पनि भनिन्छ। प्राचिन कालमा यसलाई जयश्वर भर्ग भनिन्थ्यो भने राणा कालका प्रथम प्रधान मन्त्री जंगबहादुर राणा का पिता बालनरसिंह कुँवरले यसको जिर्णोद्वार गरी यहाँ समाधी लियको हुनाने यसलाई बालेश्वर शिवालय भनिन थालिएको हो।[१] दक्षिण दिशा तर्फ मुल ढोका रहेको यस मन्दिरका भित्ताहरूमा कलात्मक आँखी झ्यालहरू रहेका छन्। यस मन्दिर भित्र शाके १२७७ को शिलालेख रहेको छ। उक्त शिलालेख अनुसार यस मन्दिरको स्थापना जयसिंहले कृतिखम्ब स्थापना गर्नु भन्दा २ वर्ष पहिले नै बनाएको देखिन्छ। जमिनको सतहबाट गोलाकार मंडप उठाएर मन्दिरको निर्माण गरिएको छ। यस मन्दिरमा पञ्चकोशी तिर्थलको यात्रामा आएका तिर्थयात्री लगायत यहाँका स्थानिय वासिन्दाहरूले पिण्डदान र श्राद्ध गर्ने गर्दछन्। बालेश्वर मन्दिरमा पिण्डदान गर्नाले पृतीहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रहेको छ । पौराणिक इतिहास बोकेको यो बालेश्वर मन्दिरको अवस्था अहिले निकै संकटमा परेको छ। [२]

हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ पूस्तक कीर्तिखम्ब पहिलो संसकरण पृ. १०६ लेखक विश्व के.सी. (पोखरेल)
  2. ↑ http://।nepalpati.com/news/13034/-baleshwar-temple-crisis[स्थायी मृत कडी]