नारायण मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायण मन्दिर
नारायण मन्दिर
प्राथमिक विवरण
स्थान:दैलख बजार, दैलेख
सम्बन्धनहिन्दुत्व
जिल्लादैलेख
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा शैली

नारायण मन्दिर दैलेख जिल्लाको सदरमुका दैलेख बजारमा पर्ने पुरानो बजारको बीच बजारमा रहेको छ। यसै नारायण मन्दिरको नामबाट यो नगरपालिकाको नाम नारायण नगरपालिका राखिएको हो। यो मन्दिर बनेको ठाउँमा पहिले के रहेको थियो भन्ने कुनै प्रमाण भेटिएको छैन। मन्दिरमा रहेको अभिलेख अनुसार यस मन्दिरको स्थापना विक्रम सम्वत १९१६ मा काजी जयमानसिंह बस्नेत क्षेत्रीले निर्माण गराएका थिए।[१] मन्दिर परिसर भित्र रहेको मुख्य मन्दिरमा कालो ढुङ्गाद्वारा निर्मित गरुड नारायण, राम, भगवती, सरस्वती, गणेश, शिवलिङ्ग र शिलाभिलेख राखिएका छन्। मन्दिरको सम्मुखमा काजी जयमानसिंह बस्नेत क्षेत्रीको अभिलेख सहित १९३६ र १९३७ मा दुईवटा घण्ट राखिएका छन्। मन्दिरको छानामा सुनको सुनको जलप लगाएको पितलको गजुर राखिएको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

नारायण मन्दिर परिसरमा रेहेको भगवान विष्णुको मुर्ति

मन्दिरमा रहेको अभिलेखबमोजिम काजी जयमानसिंह बस्नेत क्षेत्रीले पाञ्चायन देवता, देवालय र धर्मशाला स्थापना गरेको बेहोरा उल्लेख गरिएको छ। झिँगटीको छाना रहेको यस मन्दिरमा विक्रम सम्वत २०३८ मा जस्तापाताको छाना लगाइको थियो। विक्रम सम्वत २०२७ सम्म दैनिक पूजापाठको लागि गुठीबाट आयस्ता प्राप्त भैरहेकोमा रैकर गुठी खारेज भएपछि दैनिख पूजामा प्राप्त भएको भेटी दक्षिणाबाट नै पूजापाठ गर्ने गरिएको छ। बडा दशैंचैते दशैंमा पूजाको लागि जिल्ला मालपोत कार्यलयबाट वार्षिक १८०० रूपैयाँ पूजा खर्च उपलब्ध हुने गरेको छ।[१]

यी पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ विश्व के.सी. (पोखरेल)द्वारा लिखित कीर्तिखम्ब नामक पुस्तक पहिसो संस्करण पृष्ठ संख्या ११३

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]