सात खम्ब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सातखम्म अथवा सात खम्ब दैलेख जिल्लाको गमौडी गा. वि. स.मा अवस्थित एकै लाईनमा गाडिएका सातवटा खम्बालाई भनिन्छ। गमौडी गाउँ विकास समितिको वडा नंवर ७ मा पर्ने सातखम्ब बजार देखी करिब १ कि.मी पूर्वतर्फ लश्करै राखिएका यी सातवटा खम्बाहरू मध्य छवटा खम्बाहरूमा अभिलेख उत्कृण गरिएका छन्। प्रत्यक खम्बाको शिर्षभाग कलशाकार रहेका छन्। खम्बाहरूमा खड्क, चक्र, पद्म, धर्मघट तथा मालाकार कुंदिएका छन्। खम्बाहरूमा उत्कृण गरिएका अभिलेखहरू पढ्न नसकिने अवस्थामा रहेका छन्। यी खम्बाहरू वि.सं. २०४२ तिर सोही ठाउँमा यत्र तत्र छरिएर रहेको अवस्थाबाट उठाएर यस स्थानमा ल्याएर गाडिएका हुन्। त्यसै स्थानमा एक अर्को कुकुर आकारको खम्बा रहेको थियो। त्यो कुकुर आकारको खम्बालाई अरू खम्बाहरूको गोठालो कुकुर खम्बा भनिन्थ्यो तर त्यो खम्बा अब त्यहाँ छैन। जहाँबाट यी खम्बाहरू उठाएर यहाँ ल्याइएका थिए, त्यो स्थानमा प्राचिन कोट वा प्रासाद अथवा अरु कुनै पुरातात्त्विक महत्त्व रहेको हुनसक्ने देखिन्छ। खुला चौरमा कच्ची आधार पेटी बनाएर स्थापना गरिए, बारबन्देज तथा छाना नरहेकोले खम्बामा उत्कृण गरिएका अभिलेखहरू नष्ट हुँदै गएका छन्। अन्यत्रबाट उठाएर हालको स्थानमा राखिएकोले यी खम्बाहरूले उजागर गर्न सक्ने प्राचिनता लोप भइसकेको छ।[१]

वास्तवीकता[सम्पादन गर्नुहोस्]

यी खम्बाहरू लडाँइको मैदानमा वीरगति प्राप्त गरेका विभिन्न योद्धाहरूको स्मृतिमा स्थापना गरिएका वीरखम्बहरू हुन्। यस्ता वीरखम्बाहरू दैलेख जिल्लाभरी छरिएर रहेका छन्। सात खम्बमा रहेका वीरखम्बहरूमा उत्कृण गरिएका अभिलेखका तिथिमिति अध्ययन गर्दा वि.सं. १३८५ देखीका केही वर्षहरू युद्धका कारण दैलेखका लागि अत्यन्त कष्टपूर्ण र त्रासदीपूर्ण रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। यस समयमा सिंजा साम्राज्यका राजगद्दीमा जितारी मल्लका नाती आदित्य मल्ल, त्यसपछि गेलावंशी पुण्य मल्ल र पृथ्वी मल्ल रहेका थिए। पृथ्वी मल्लको शासनकालमा कहिं कतै युद्ध भएको प्रमाण उपलब्ध नरहे पनि डोटी राज्यले स्वतन्त्रताको बिगुल फुकिसकेको थियो जसले गर्दा राज्य सञ्चालनको क्रममा अतिक्रमणका विरुद्ध गरिने प्रतिकार स्वभावीक मान्न सकिन्छ।[१]

अभिलेखहरू[सम्पादन गर्नुहोस्]

सातखम्बमा रहेका खम्बहरूमा उत्कृण अभिलेखहरूको विवरण निम्न प्रकार रहेका छन्।[१]

खम्ब उचाइ लम्बाइ चौडाइ पहिलो पाटोमा उत्कृण अभिलेख अर्को पाटोमा उत्कृण अभिलेख
३ फुट ९ इन्च ११ इन्च ९ इन्च ॐ स्वस्ति श्री शाके १२५६ मासानी १ ति थय ५ नक्षे त्रे ३ योग अ (उ) ति .....मयोगे..... २१ घटिका ५० ........ भिउंदेवको पुत्र यसु थापाको वी र स्तम्भः ॥
४ फुट ३ इन्च १ फुट १ इन्च १ फुट ॐ स्वस्ति श्रीशाके १२४.... .....पु........उ......वा ......जधिपा .......स्तम्भ सुपुत्र वामु षडगाहा ध र्म चीरं जय तु दासु थापा.....।
६ फुट २ इन्च १ फुट १ फुट ॐ स्वस्ति श्रीशा के १२५६ भिउदे..... पुत्र घामु षड गाहाको वीर षंभ ॥ भाद्रपदमा से सुदी १० पस्र (घस्र) सुभ जोगे बुध वारे......
८ फुट ५ इन्च १ फुट ३ इन्च ९ इन्च ॐ स्वस्ति श्रीशाके १२६४ मासानि १ तिथय १२ वासरे ७ देउलु थापासु पुत्र गज........वि जयस्तंभः ॥ --
६ फुट २ इन्च १० इन्च ९ इन्च ॐ स्वस्ति श्रीशाके १२६५ मासानि....... .........मनुसींहको सुपुत्र रामु....... (थापा) को विज यस्तंभः ॥ --
३ फुट ११ इन्च १० इन्च ९ इन्च ॐ स्वस्ति श्रीशाके १२५१ ........... शार ........ सुपुत्र........ ....... राज थापाको विजयस्तंभः ॥ --

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ पूस्तक कीर्तिखम्ब पहिलो संस्करण पृष्ठ संख्या ६६ - ६७, लेखक विश्व के.सी. (पोखरेल)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]