बिन्द्रासैनी मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विन्द्रासैनी मन्दिर
विन्द्रासैनी मन्दिर
विन्द्रासैनी मन्दिर नेपाल-এ অবস্থিত
विन्द्रासैनी मन्दिर
विन्द्रासैनी मन्दिर
नेपालको नक्शामा विन्द्रासैनी मन्दिर अवस्थित क्षेत्र
निर्देशांक:२८°५३′३०″उत्तर ८१°३१′२३″पूर्व / २८.८९१६०५° उत्तर ८१.५२२९९४° पूर्व / 28.891605; 81.522994निर्देशाङ्क: २८°५३′३०″उत्तर ८१°३१′२३″पूर्व / २८.८९१६०५° उत्तर ८१.५२२९९४° पूर्व / 28.891605; 81.522994
नाम
वास्तविक नाम:विन्द्रासैनी भगवतीको मन्दिर
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:भेरी
जिल्ला:दैलेख
स्थान:लयाँटी बिन्द्रासैनी, दैलेख
कला र संस्कृति
मुख्य देवता:शक्ति
प्रमुख चाडपर्व:मालिका चतुर्दशी, दशैं, पुष पूर्णिमा, चैते दशैं र जेठ पूर्णिमा
वास्तुशैली:माडु शैली

विन्द्रासैनी मन्दिर दैलेख जिल्लाको लयाँटी बिन्द्रासैनी गा.वि.स.को वडा नं. ४ मा अवस्थित छ। प्रतेक बर्षको मालिका चतुर्दशी, पुसको पुर्णिमा, दशैं, चैते दशैंजेठको पुर्णिमाको दिनमा यहाँ विन्द्रासैनी भगवतीको मुख्य पूजा गरिने भएकोले भव्य मेला लाग्दछ। श्रद्धा भक्तिका साथ भगवतीको पूजा दर्शन गर्नाले मनोकामना सिद्ध हुने विस्वास बोकेर दैलेख लगायत छिमेकी जिल्ला सुर्खेत, बर्दिया, कैलाली, अछाम, कालिकोट, बाँकेका साथै पश्चिम नेपालका धेरैजसो ठाउँका भक्तजनहरू भेला हुने गर्दछन्। भक्तजनहरूले मनोकामना सिद्धीको लागी मुर्ति, शंख, घन्ट, नगरा, आदी बाजाहरू विन्द्रासैनी भगवतीलाई अर्पण गरेर वर माग्ने गर्दछन्। माथि उल्लेखित दिनहरूमा विन्द्रासैनी माइको मुख्य पूजा गरिने भएपनि नित्य पूजा सधैं गरिन्छ।

पूजाको सुरूवात[सम्पादन गर्ने]

विन्द्रासैनी मन्दिर

दैलेख जिल्लाको लयाँटी बिन्द्रासैनी, जम्बुकांध, नेपा, पाँचला, लकान्द्र र अछामको भुलु र रहप गरेर सात गाउँकी धनि विन्द्रासैनी भगवतिको पूजा कहिले देखि गर्न थालियो भन्ने कुनै ठोस प्रमाण नभए पनि केहि किंवदन्तिहरू यस प्रकार रहेका छन्।

  1. परापूर्व कालमा लयाँटी बिन्द्रासैनी गा.वि.स.को वडा नं. ३ का वासिन्दा रेग्मी बाहुनको घरमा एक जना रावल जातीको लाठेग्रो मान्छे काम गर्थे। उक्त लाटो रावलले ति रेग्मी बाहुनको कर्णाली नदीको काखमा अवस्थित पालतडाको खेत जोत्न लाग्दा धेरै दिन सम्म एउटै गरामा जति जोते पनि भोली पल्ट फेरी बाँझो देखिने हुन थाल्यो। त्यो गराको विचमा एक ढुङ्गा थियो। घरमा बाहुनले आज कति जोतिस् लाटा भनेर सोधेपछी लाटाले ढुंगा भन्दा तल जोतें भन्ने गर्थ्यो। एक दिन लाटोलाई रिस उठेर आयो र उसले त्यो ढुंगालाई हलोको फालीले कोतर्दा ढुंगाबाट ह्वाल ह्वाल्ती रगत बग्न थाल्यो। यो देखेर लाटो रावल डराउँदै घरमा गएर खेतमा देखेको कुरा रेग्मीलाई भन्यो। यो कुरा सुनेपछी कुन कारणले भयो भनेर रेग्मीले स्थानिय वासिन्दाहरूलाई भेला गराएर हेर्न गए। सबै मिलेर खोज खबर गर्दा भगवति सयं प्रकट भएर मलाई सात गाउँको वीच पर्ने सल्लेरीमा लगेर राख्नु, सात गाउँ मिलेर पूजा गर्नु र लकान्द्रको बाहुनलाई मेरो पूजारी बनाउनु भनेकोले सबैले मिलेर विन्द्रासैनीमा भगवतीको मन्दिर बनाएर पूजा गर्ने गरेको भन्ने एक किंवदन्ती रहेको छ।
  2. अर्को किंवदन्ती अनुसार परापूर्व कालमा एक जना रेग्मी बाहुनकी महिलाको भैंसी हराएकोले उक्त महिला भैंसी खोज्दैजाँदा घना जंगलको वीचमा एक देवल भेटियो। ति महिलाको भैंसी पनि त्यसै देवलको अघाडी पट्टीको दहमा बसेको भेटियो। ति महिलाले त्यो देवल भित्र के रहेछ भनि हेर्दा विन्द्रासैनी भगवतीको शिला (मुर्ती) देखिन्। त्यो कुरा कसैलाई पनि नभनेर ति महिलाले विन्द्रासैनीको पूजा गर्न थालिन्। पछी गएर ति महिलाका छोरा नाती देखी लगेर २२ पिंढीसम्म पूजा गरे। त्यसपछी ति रेग्मीहरू लकान्द्रमा बसाई सरेर गए पछी विन्द्रासैनीको पूजा रोकियो। यसरी विन्द्रासैनीको पूजा रोकिएकाले गाउँमा अनिष्ट हुन थाल्यो। गाउँमा किन अनिष्ट भयो भनेर तत्कालिन बेलासपुरे राजाका खानदान कालु शाहीले चौलागाईंहरूकी कुलदेवी पुनमाला सँग सोध पुछ गरे। पुनमाला भगवती प्रकट भएर विन्द्रासैनीको पूजा रोकिन गएकाले यो अनिष्ट भएको हो, लकान्द्रबाट रेग्मीहरूलाई ल्याएर विन्द्रासैनी माइको पूजा गरेमा ठिक हुन्छ भनिन् । त्यो सुनेर कालु शाही लगायत यहाँका स्थानिय वासन्दाहरू गएर लकान्द्रबाट कालु उपाध्यायलाई ल्याएर पूजा गर्न थाले । उनै कालु उपाध्यायका सन्तानहरू आजसम्म पूजारी रहँदै आएका छन्।[१]

मन्दिर कोष[सम्पादन गर्ने]

विन्द्रासैनी देवीलाई भक्तहरूले चढायका घंटहरू

मन्दिरको सम्पतीको नाममा भक्तजनहरूले मनोकामना सिद्धीकालागी विन्द्रासैनी भगवतिलाई चढाएका शंख, घण्ट, नगरा आदी बाजाहरू मात्र रहेका छन्। पहिले केही जमिन पनि मन्दिरको नाममा गुठी राखिएको थियो तर मन्दिर व्यवस्थापनको लापरवाहीका कारण अब जमिन भोग चलन गर्ने मान्छेहरूले आफ्नो आफ्नो नाममा नाप जाँच गरी सकेको कुरा थाह हुन आएको छ।

प्राकृतिक सौन्दर्यता[सम्पादन गर्ने]

जत्तिको विन्द्रासैनी मन्दिरमा विन्द्रासैनी माइको शक्तीले श्रदालु भक्तजनहरूको मनोकामना सिद्ध हुन्छ भन्ने विश्वास गरिन्छ त्यत्तिकै यहाँको सौन्दर्यता पनि अतुलनिय छ। पूर्वतिर सुन्दर मनमोहक महावुलेक, तिनचुली, मदानताल आदी चुचुराहरूको दृष्य निकै रमणिय देखिन्छ भने पश्चिममा कर्णाली नदीको निरन्तर कलकल आवाजले यहाँ पुग्ने मान्छेको मन लोभिन्छ। विन्द्रासैनीको उत्तरतिर बग्ने रामगाड खोला र दक्षिणतिर बग्ने पादुका खोलाको किनारामा समथल भु-भागमा देखिने धानगहुँका हरिया खेतहरूका साथै यहाँबाट देखिने दैलेख बजारदुल्लु बजारको दृष्य पनि निकै मनमोहक छ। दैलेख जिल्लाको अधिकांश भु-भागहरूको सौन्दर्यता यहाँबाट निहाल्न पाउँदा कसको मन नलोभिएला र ? बिहान सूर्योदयको बेला र बेलुका गोधुलीको समयमा नागबेली जस्तै घुमेका दैलेखका डाँडाकाँडाहरूमा टलक्क टल्किने घामको दृष्य देख्दा साँच्चिकै स्वर्ग पुगेको अनुभव हुन्छ।

यातायात[सम्पादन गर्ने]

विन्द्रासैनी मन्दिर सम्म जानकोलागी निम्न मार्गहरू रहेका छन्।

  1. मध्य पहाडी मार्गमा पर्ने दैलेख जिल्ला लयाँटी बिन्द्रासैनी गा.वि.स.को भोटेको चौतारा भन्ने ठाउँबाट मन्दिर सम्म १.५ कि.मी. सहायक मोटर मार्ग बनेको छ। यो मार्ग भएर मन्दिर सम्म बस अथवा मोटरमा विन्द्रासैनी मन्दिर पुग्न सकिन्छ।
  2. कर्णाली राजमार्गमा पर्ने साँगेतडा भन्ने ठाउँबाट पनि विन्द्रासैनी मन्दिर सम्मको लागी सहायक मोटर मार्ग बनेको छ। यो मार्ग भएर पनि विन्द्रासैनीको मन्दिरसम्म बस अथवा मोटरमा पुग्न सकिन्छ।

संधर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. स्थानिय लिलाराम उपाध्याय र होत प्रसाद उपाध्याय (पूजारीहरू विन्द्रासैनी मन्दिर), टिका देव गिरी (शिक्षक उच्च मा.वि.डंसुर), दान ब. शाही, गगन ब.शाही (लयाँटी बिन्द्रासैनी-२)

बाहिरीय लिङ्कहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]