दुल्लु पौवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दुल्लु पौवा

दुल्लु पौवा दैलेख जिल्लाको दुल्लु नगरपालिकाको दुल्लु-डाँडिमाडी सडकखंडको बाँया तर्फ सडकसँगै जोडिएर रहेको छ। विक्रम सम्वत. १८७६ जेष्ठ १० गते वीहीवारका दिन काजी जसपाउथापाले निर्माण गराएको व्यहोरा पौवामा रहेको अभिलेखबाट थाह भएको छ।[१] यस पौवालाई "काजि जसपाउ थापाको पौवा" पनि भनिन्छ। पौवामा रहेको अभिलेख अनुसार काजि जसपाउ थापालेबाटो हिंड्ने यात्रीहरूको सुविधाको लागी यस स्थानमा पौवा निर्माण गराएको स्पष्ट हुन आउँछ। उक्त अभिलेख अनुसार काजि जसपाउ थापालेबाटो हिड्ने यात्रीका लागि यस स्थानमा पौवा, सुविधायुक्त धर्मशाला र मन्दिर निर्माण गराएका थिए भन्ने बुझिन्छ।[१]

इतिहास[सम्पादन गर्ने]

पौवाको भित्तामा लगाइएको शिला अभिलेख

दुल्लु राज्यकालमा यस पौवामा गौंडा राखिएको थियो। पौवा रहेको स्थानमा पहिले दैलेख, जुम्ला, सुर्खेतपादुकास्थान जाने चौबाटो थियो भन्ने कुरा योगी नरहरिनाथद्वारा प्रकाशीत इतिहास प्रकाश दोस्रो अङ्क पहिलो भाग पृष्ठ १८९ मा उल्लेख गरिएको छ।[१] पौवामा भएको अभिलेखबमोजिम पौवा निर्माण गर्दा निर्माण गरिएको लक्ष्मीनारायणको मन्दिर हाल यहाँ देखिदैन। पौवाको अघाडीतिर हनुमान स्थापना गरिएको छ जुन अहिले पनि छँदैछ। यस पौवाको प्रखाल तेलिया इट्टाद्वारा निर्माण गरिएको छ भने छानो झिंगटीको बनाएको छ। यसै पौवाको नजिकमा रहेको शिमलको रुखको फेदमा एक शिलालेख छ जसमा हनुमान ढोका देखी यहाँसम्मको कोष १४० भनेर उत्कृण गरिएको छ।

हालको अवस्था[सम्पादन गर्ने]

यस पौवाको स्थापना गर्दाको अवस्थामा यसको नाममा जग्गा धेरै रहेको तथा वर्तमानमा रहेको पौवा पछाडी पनि धर्मशाला तथा अन्य घरहरू निर्माण भएको अभिलेखमा उल्लेख गरिएको छ।[१] हाल २५० वर्गमिटर मात्र जग्गा रहेको छ। अन्य धर्मशाला तथा घरहरू समाप्त भइसकेका छन्। केही वर्ष पहिले यस पौवामा प्रहरी कार्यलय राखिएको थियो। त्यसबेला कार्यलय प्रयोगमा भएकोले केही संरक्षण भए पनि अहिले प्रहरी कार्यलय नरहेकोले पौवा पूर्णरूपमा बेवारिसे अवस्थामा रहेको छ। पौवाको अग्रभाग केही राम्रो देखिए पनि छाना, भित्रिभाग र पछाडीको भाग अत्यन्त जिर्ण अवस्थामा रहेको छ। पौवाको माथिल्लो तलालाई फोहोर भर्ने तथा दिशा पिसाब गर्ने काममा प्रयोग गरिएको छ। यदी यसको संरक्षण नगरेमा केही वर्ष भित्र नै यसमा रहेको अभिलेख लगायत पौवाको नामोनिसान् सहित नरहने देखिन्छ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ विश्व के.सी. (पोखरेल) द्वारा लिखित कीर्तिखम्ब नामक पुस्तक पहिलो संस्करण पृष्ठ संख्या १४५

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]