सामग्रीमा जानुहोस्

वटुकभैरव मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वटुकभैरव मन्दिर
वटुकभैरवको मन्दिर
Lua error in मोड्युल:Location_map at line 393: देशान्तरको लागि कुनै मान प्रदान गरिएको छैन।.
धर्म
सम्बन्धनहिन्दुत्व
जिल्लादैलेख
स्थान
स्थाननारायण नगरपालिका, दैलेख
देशनेपाल
वास्तुकला
किसिमप्यागोडा शैली

वटुकभैरव मन्दिर दैलेख जिल्लाको नारायण नगरपालिकामा पर्ने दैलेख बजारको मध्य भाग टुडीखेल नजिकै रहेको छ। यस मन्दिरको परिसरमा वटुक भैरवका साथै कालभैरव र व्रजभैरवका मन्दिरहरू पनि रहेका छन्। मन्दिरका पूजारीसँग रहेको विक्रम सम्वत १८७० र विक्रम सम्वत १९१० को नित्यपूजा सम्बन्धी, विक्रम सम्वत १९३७ को नित्यपूजा सम्बन्धी दुईछापे रुक्का र १९७१ को चन्द्रसमशेरको इस्तिहार लगायत ऐतिहासिक कागजपत्रको आधारमा विक्रम सम्वत १८७० भन्दा पहिले यस मन्दिरको स्थापना भइसकेको देखिन्छ। यिनै कागजपत्रको आधारमा र स्थानिय जनविश्वासका आधारमा विक्रम सम्वत १९०० तिर कालभैरव मन्दिर र विक्रम सम्वत १९९० तिर वज्रभैरव मन्दिरको स्थापना भएको बुझिन्छ।[१] वटुकभैरव मन्दिरमा वटुकभैरवको तामाको मूर्ती, बागेश्वरीको मूर्ती, पशुपतिको मुखाकृती, शिवपार्वती र विष्णुका मूर्तीहरू रहेका छन्। वज्रभैरवको मन्दिरमा त्रीशुल र शिला रहेका छन्। सर्व साधारणहरूले कालभैरवको दर्शन गर्न नहुने भएकाले कालभैरवको मन्दिरभित्र त्रिशुल, शिला र ढलौटको प्रतिमा रहेको छ भन्ने भनाइ रहेको छ। भैरवहरूको पूजाविधी तान्त्रीक पद्धतिबमोजिम गरिने भएकाले स्थानिय योगी पूजारीद्वारा दैनिक पूजा गर्ने प्रचलन रहेको यो मन्दिरमा बडादशैं र चैते दशैंमा जिवबलिसहित पूजा प्रार्थना गरिन्छ।

यि पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ समाग्रीहरू

[सम्पादन]
  1. ↑ लेखक विश्व के.सी. (पोखरेल) "कीर्तिखम्ब" पृष्ठ सङ्ख्या ११२

बाहिरी लिङ्कहरू

[सम्पादन]