सामग्रीमा जानुहोस्

कोत गढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोतगढीको एक तर्फको झलक

कोत गढी दैलेख जिल्ला सदर मुकाम दैलेख बजारको पुरानो बजारमा अवस्थित एक ऐतिहासिक युद्ध किल्लाको रूपमा चिनिने गढी अथवा बौण्डरी पर्खाल हो। नारायण नगरपालिका वडा नंवर १, दैलेखको पुरानो बजार स्थित यो सैन्य गढी अत्यन्त कलात्मक ढुंगाले निर्माण गरिएको छ। यस गढीको चारै तिर गहिरो खाल्डो बनाइएको छ। किल्लाको भित्री सतहबाट करिब २ मिटरसम्म अग्लो ढुङ्गे प्रखाल रहेको यस गढीको निर्माण बाइसे राज्यहरूमाथिको विजय अभियान अन्तर्गत गोरखाली सेनाले गरेको मानिन्छ। गढीको मुल प्रवेश ढोका उत्तरतर्फ रहेको छ। यस गढीको परिधी लगभग ६७२ मिटर रहेको छ। किल्लाको सबै प्रखालहरूमा बाहिर हेर्न सकिने गरी त्रिकोण आकारका १३ वटा प्वालहरू बनाइएका छन्। केही वर्ष पहिलेसम्म यो किल्ला भित्र तीनवटा भवनहरू रहेको थिए। यस गढीको निर्माणशैली अत्यन्त कलाकौशलयुक्त र सुरक्षित रहेकोले नेपालको किल्ला वास्तुकलामा यसको विशेष महत्त्व रहेको छ। द्वन्द्वकालमा सैनिक ब्यारेकको रूपमा रहेको यो गढी अहिले सैनिक ब्यारेको त्यहाँबाट अन्यत्र स्थानान्तर भएपछी गढीभित्रका संरचनाहरू पूर्णरूपमा समाप्त भइसकेका छन्। दैलेख सदरमुकामको मुटुमा रहेको ऐतिहासिक कोतगढी फोहोर विसर्जन गर्ने ठाउँ भएको छ। गढीभित्र रहेका तीनवटा पुराना घरको अहिले निसाना भेटिँदैन । कतिपयले यसलाई फोहोर विसर्जन गर्ने ठाउँका रूपमा प्रयोग गरेका छन् । दैलेखमा तत्कालीन समयमा गरिने युद्धकलाको निकै पुरानो इतिहासका बारेमा जानकारी लिन जोकोहीलाई पनि गढीको महत्त्व हुने स्थानीयवासी गणेश रेग्मीले बताउनुभयो । दैलेख युद्ध पर्यटनको अर्को महत्त्वपूर्ण पाटो हुन सक्छ । गढीको खोज अनुसन्धान लगायतका अन्य कुरा गर्न सके यसको अनुसन्धानका लागि मात्रै धेरै विदेशी आउन सक्ने सम्भावना रहेको छ ।

कोतगढीको निर्माण सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

यो किल्ला बहादुर शाहको नायबीकालमा बाइसी राज्यहरूको एकिकरण अभियान अन्तर्गत वि.सं. १८४६ तिर गोरखाली सेनाले निर्माण गरेको मानिन्छ।[] यो गढी निर्माण भएपछि विलासपुरगढीमा रहेका सामरिक खजानाहरू यहाँ सारिएको थियो भन्ने स्थानिय भनाई रहेको छ। यस किल्लाको स्वामित्व नेपाली सेनासँग रहे तापनि हाल सैनिक ब्यारेको अन्यत्र स्थापित भएकोले सो गढी बेवारिसे अवस्थामा रहेको छ।

हालको अवस्था

[सम्पादन गर्नुहोस्]

कोतगढीको व्यवस्थित हेरचाह तथा संरक्षण नभएकोले दिन प्रतिदिन सार्वजनिक सौचालयको रूपमा प्रयोग हुँदै गएको देखिन्छ। त्यसैगरी किल्ला निर्माणका लागि प्रयोग भएको कलात्मक ढुङ्गाहरू हल्लिने तथा क्षति हुने अवस्था सिर्जना भएको छ। नारायण नगरपालिका दैलेखले पुरातत्व विभागको अनुमति लिई गढीको बाहिरी भागमा फुटपाथ निर्माण गरेको छ भने रेखदेख र संरक्षण गर्नका लागि कम्पाउन्ड बाल निर्माण, गेटको प्रवन्ध तथा गेटपालेको रुपमा स्थायी कर्मचारीको व्यवस्था गरी संरक्षणमा प्राथमिकता दिएको छ। । यस सम्पदालाई पुरातत्व विभागले "ख" वर्गमा वर्गीकरण गरेको छ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. विश्व के.सी. (पोखरेल)द्वारा लिखित कीर्तिखम्ब नामक पूस्तक पहिलो संस्करण पृष्ठ संख्या १४३

बाहिरिय लिङ्कहरू

[सम्पादन गर्नुहोस्]