पादुकास्थान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पादुकास्थान
पादुकास्थान स्थित विष्णु पादुका तथा स्तम्भ
पादुकास्थान नेपाल-এ অবস্থিত
पादुकास्थान
पादुकास्थान
नेपालको नक्शामा पादुकास्थान
निर्देशांक:२८°५४′१२″उत्तर ८१°३३′५२″पूर्व / २८.९०३२३०° उत्तर ८१.५६४३१२° पूर्व / 28.903230; 81.564312निर्देशाङ्क: २८°५४′१२″उत्तर ८१°३३′५२″पूर्व / २८.९०३२३०° उत्तर ८१.५६४३१२° पूर्व / 28.903230; 81.564312
नाम
अन्य नामहरू:पादुका
वास्तविक नाम:पादुकास्थान
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:भेरी
जिल्ला:दैलेख
स्थान:पादुका, दुल्लु, दैलेख
कला र संस्कृति
मुख्य देवता:भैरव, महादेव
प्रमुख चाडपर्व:दशैं, माघ पुर्णिमा र साउन पुर्णिमा, शिवरात्री

पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो। पौराणीक कथा अनुशार महादेव पत्नी सतिदेवीको पाउ पतन भएकाले पादुका नाम रहन गएको भनिने यो स्थल दैलेख जिल्लाको पादुका गा. वि. स.मा पर्दछ। यो स्थानमा भगवान विष्णुका पद चिन्हको छाप भएको शिला प्राप्त भएकोले यो स्थानलाई विष्णु पादुकाको नामले पनि चिनिन्छ। पहिले यहाँ शिरस्थाननाभिस्थान जस्तै पानी माथी ज्वाला बलेको देखिन्थ्यो त्यसैले यहाँ एक ज्वालाघर रहेको छ। तर वि. सं. २०२८ मा पादुका खोलामा आएको बाढीले ज्वाला पुरेकाले अब ज्वाला देखिदैन। पादुका खोलाको किनारामा भएको मन्दिर सहित उक्त बाढीले बगाएर लगेकोले खोलै भरी शिलालेख, मुर्ती, खम्बा, देवलका भग्नावशेष आदी पुरातात्विक वस्तुहरू यत्र तत्र छरिएका छन्। कसै कसैले यस खोलाबाट मटितेल निकालेको पनि सुन्न पाईन्छ। योगी नरहरिनाथले आफ्नो अध्यायन पश्चात प्रकाशित गरेको इतिहास प्रकाशका अनुशार यहाँ १०८ भन्दा बढी देवलहरू रहेका थिए भन्ने अनुमान गरिएको छ।

मन्दिर क्षेत्र[सम्पादन गर्ने]

यहाँको मन्दिर क्षेत्रमा शिव, भैरव, गोरखनाथ, बुद्ध, जैन, लक्ष्मीनारायण, गणेश, मच्छेन्द्रनाथ, शिवलिंग अस्तव्यस्त अवस्थामा रहेको छन्। ज्वालाघरको गर्भगृहमा अग्नीकुंड रहेको छ। मन्दिर परिसरमा एक धर्मशाला रहेको छ। धर्मशाला पनि जिर्ण अवस्थामा रहेको छ। धर्मशाला नजिकैको रुखमुनी अनगिन्ती कलात्मक प्रस्तरहरू यत्रतत्र छरिएर रहेका छन्। अत्यन्त कलाकौशलका साथ कुंदिएका प्रस्तरहरू छरपट्ट अवस्थामा रहेका छन्। मन्दिर परिसरमा विश्वकै दुर्लभ भनेर चिनिने रुद्राक्षको रुख रहेका छन्। "पादुकास्थान खस साम्राज्यकालको प्रारम्भिक अध्यायनको लागि खुला सङ्ग्रहालय हो। यहाँ शाके संवत ११३६, ११६२ को अभिलेख र खस राजा अशोकचल्लकालिक सउन कार्की साउका कार्क्यानीले राखेको देवल स्तम्भ रहेको छ।[१]"

मुख्य पूजा[सम्पादन गर्ने]

पादुकास्थानमा रुखमुनी रहेका कलात्मक मुर्ती तथा प्रस्तरहरू

पादुकास्थान मन्दिरमा नाथ सम्प्रादयका महन्तहरूले नित्य पूजाआजा गर्ने प्रचलन रहेको छ। जेठ महिनाको पहिलो मंगलबार र बडादशैंको समयमा भैरव मन्दिरमा जिवबली दिएर पूजा आजा गर्ने प्रचलन रहेको छ। श्रावण महिनाको पुर्णिमाको दिनमा शिवजीलाई खिर चढाएर पूजा गरिन्छ। बडादशैंको घटस्थापनादेखी विजया दशमी सम्म अखण्ड धुनि जलाउने गरिन्छ। माघ महिनाको पुर्णिमाको दिनमा मन्दिरको अगाडि गाडेको पुरानो टाँगोलाई हटाएर नयाँ टाँगो फेर्ने चलन रहेको छ। शिवरात्रीको दिनमा यो मन्दिरमा विशेष पूजाआजा गर्ने प्रचलन रहेको छ। यहाँ रहेको पुरानो मन्दिर भत्केकोले त्यै ठाउँमा नयाँ मन्दिर बनाइएको थियो। वि. सं. २०४३ सालमा त्यो मन्दिर फेरी भत्केकोले २०४५ सालमा मन्दिरको पुन निर्माण गरिएको थियो। त्यो मन्दिर छाने शैलीमा बनेको थियो। त्यै मन्दिरलाई जिल्ला विकास समिति दैलेखको सहयोगमा २०६३ पुन मर्मत गर्ने कार्य भएको थियो।[२] पादुका मन्दिर र गाधीघर बाहेक यहाँ रहेका शिलास्तम्भको बुद्ध, गोरखनाथ, भैरव, आदी महत्वपुर्ण रहेका छन्।

महत्व[सम्पादन गर्ने]

प्रस्तर, मुर्तिकला र वास्तुकलाका दृष्टीकोणले पादुकास्थानको स्थान महत्वपुर्ण रहेको छ। यस स्थानमा अझै पनि एक कलात्मक नाउली र धर्मशाला रहेको छ। मन्दिर परिसर ठुला ठुला पाषाणस्थम्भ, आमलक सहितका चक्र र घण्टाकार कुम्भहरूले भरिएको छ। यस स्थानमा एक जैन तिर्थंकार महावीरको शाके ११३६ को अभिलेख सहितको मुर्तिको विशेष महत्व रहेको छ। यस मुर्तिको उचाइँ ४ फीट ६ इन्च र चौडाइ २२ इन्च रहेको छ। प्रसन्न मुद्रामा रहेको जैनमुर्ती कार्योत्सर्ग भावमा कुँदिएको छ। मध्यकालको प्रारम्भदेखी नै पश्चिमी तिब्बतको गुंगे प्रान्त र कैलाश मानसरोवरबाट जुम्ला, दुल्लुसुर्खेत हुँदै दक्षिण तर्फको व्यापारिक तथा तिर्थयात्रा मार्ग खुलेको थियो। यसै मार्गका कारण सार्थवाह, बौद्धभिक्षुहरू र तिब्बतीहरूका बीच सम्पर्क हुन थाले पछी ज्ञानप्रभको विशेष आग्रहमा विक्रमशिला महावीरका आचार्य दिपंकर श्रीज्ञान यही बाटो भएर तिब्बत पुगेका थिए। त्यस समयदेखी यस मार्गको महत्व अझ बढी भएको थियो। बाटोमा बौद्ध गुम्बा, वापी, विहारहरू निर्माण हुने क्रममा सार्थवाह र जैनहरूले पनि महत्वपूर्ण स्थानहरूमा तीर्थंकर मुर्तीहरू राख्ने क्रममा उत्क जैन मुर्ती स्थापना गरिएको थियो।[१]

पादुकास्थानमा रहेका शिलालेखहरू[सम्पादन गर्ने]

पादुका स्थान मन्दिर परिसरको विभिन्न ठाउँमा गरेर १२ वटा अभिलेख तथा शिलालेखहरू भेटिएका छन्। शिलालेखमा भएका अक्षरहरू जो कसैले पढ्न र बुझ्न कठिन छ। ति यस प्रकार रहेका छन्:-

  1. जैनमुर्ती अभिलेख
  2. देवल अभिलेख
  3. अजितमल्लको अभिलेख
  4. ज्वाला मन्दिरको तामापत्र
  5. ज्वाला मन्दिरको अभिलेख
  6. अर्जुन मल्ल मलै बम्मको धर्म पत्र
  7. वीरखम्ब अभिलेख (१)
  8. वीरखम्ब अभिलेख (२)
  9. वीरखम्ब अभिलेख (३)
  10. वीरखम्ब अभिलेख (४)
  11. गुमटीघरको अभिलेख (१)
  12. गुमटीघरको अभिलेख (२)

माथी उल्लेखित शिलालेख तथा अभिलेखहरूमा सबै अभिलेखहरू तोकिएको मिति हेर्दा विक्रमको १६औं शताब्दी भन्दा पहिले लेखिएका छन्।

सन्धर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ विश्व के. सी. (पोखरेल) द्वारा लिखित कीर्तिखम्ब नामक पूस्तक पहिलो संस्करणको पृष्ठ संख्या ९९- १०२
  2. पूजारी अमृतनाथ योगी

हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]