शिरस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिरस्थान
शिरस्थान ज्वाला मन्दिर
प्राथमिक विवरण
स्थान:गमौडी, भैरवी गाउँपालिका, दैलेख
सम्बन्धनहिन्दुत्व
जिल्लादैलेख
देश नेपाल
वास्तुकला प्रकारप्यागोडा शैली

श्रीस्थान पाँच थान पंचकोशी अंतर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लामा पर्दछ। श्रीस्थानमा मन्दिर भित्र पानी माथी आगोको ज्वाला निरन्तर रूपमा बलिरहेको देखिन्छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मीक मान्यता अनुसार यो ज्वाला दैवीक शक्ती द्वारा देखिएको हो भन्ने भनाई रहेको छ। शिरस्थान मन्दिर गमौडी गा.वि.स. वडा नंवर ८ मा अवस्थित छ। स्वस्थानी व्रता कथामा उल्लेख भए अनुसार महादेवले सतीको मृत शरिर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकोले यस ठाउँलाई शिरस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ।[१] नाभी खोला अथवा रुद्रावती नदीको किनारामा अवस्थित यस स्थानमा ज्वालाघर, गाधीघर, काल भैरव मन्दिर, वटुक भैरव मन्दिर शिवलिंग रहेको छन्। ज्वालाघर भित्र निरंतर रूपमा बलिरहने आगोको ज्वालालाई शिवज्वाला अथवा वैश्वानर ज्वाला भनेर पूजा गरिन्छ। गाधीघरको माथिल्लो पट्टी काल भैरव मन्दिर रहेको छ। काल भैरव मन्दिरमा संधै सेतो पर्दा लगाइएको हुन्छ। काल भैरव मन्दिरमा पूजा गर्ने पूजारी बाहेक अरुलाई प्रवेश निषेध छ। काल भैरवमा बालब्रह्मचारीलाई मात्र पूजारी भएर पूजा गर्न पाउने प्रचलन छ। ज्वाला घरको पारी पट्टी नाभी खोलाको अर्को किनारामा अर्को ज्वाला मन्दिर रहेको छ। जसलाई कालज्वाला भनेर पूजा गरिन्छ। शिरस्थान मन्दिरमा नाथ सम्प्रादायका सन्यासीहरूले पूजारी भएर पूजाआजा गर्ने प्रचलन रहेको छ।

मुख्य पूजा[सम्पादन गर्नुहोस्]

शिरस्थानमा ज्वालादेवीको दैनिक रूपमा पंचोपचार पद्धतीबाट पूजा गरिन्छ। हरेक वर्ष महा शिवरात्रीमा मुख्य पूजा गरिने भएकोले यहाँ ठुलो मेला लाग्दछ। मन्दिरको नजिकै रहेको छामघाट खोलाको किनारामा श्मसान घाट छ। पहिलेका दिनहरूमा उक्त श्मसान घाटमा लास न आएमा अनिष्ट हुन्छ भनेर कुशको शव बनाएर ज्वालाजीबाट अग्नी लगेर दाह संस्कार गरेर मात्र मन्दिरमा पूजा गर्ने प्रचलन रहेको थियो तर अब यो चलन हटी सकेको छ। संसारको कुनै पनि कुनामा मृत्यु भए पनि शिरस्थानको ज्वालाको अग्नीले दाह संस्कार गरेमा संसारबाट मुक्ती पाइन्छ भन्ने जन धारणा रहेको छ।[२]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. स्थानिय जनश्रुती
  2. गोकर्ण नाथ योगी महन्त शिरस्थान

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरिय लिङ्कहरू[सम्पादन गर्नुहोस्]