सामग्रीमा जानुहोस्

भैरवी गाउँपालिका

भैरवी गाउँपालिका
भैरवी गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
भैरवी गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा भैरवी गाउँपालिकाको अवस्थिति
भैरवी गाउँपालिका मा पर्दछ नेपाल
भैरवी गाउँपालिका
भैरवी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४८′३६″उ ८१°४८′३६″पू / 28.81000°N 81.81000°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरीताकुमारी शाही (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षदेवी भण्डारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा११०.४६ किमी (४२.६५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,७६७
  घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक भैरीकालिकाथुम गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भैरवी गाउँपालिका दैलेख जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍भैरीकालिकाथुम, कुसापानी, रावतकोट, काँशीकाँध (८) र दुल्लु नगरपालिका वडा नं. १० अर्थात् बडलम्जी गाविसको वडा नम्बर (२-७) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भैरवी गाउँपालिकाको कुल जनसङ्ख्या १८,७६७ रहेको छ भने यहाँ ४,२६९ घरधुरी रहेका छन्।[]

भैरवी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
रावतकोट (५-९)२,९५५१३.७५२१४.९१
रावतकोट (१-४)२,०२०७.३७२७४.०८
बडलम्जी (२-७)३,९७११४.११२८१.४३
भैरीकालिकाथुम (१-२, ४-६)२,७२५८.९५३०४.४७
भैरीकालिकाथुम (३, ७, ८-९)२,७२४११.४८२३७.२८
कुसापानी (१-४) र काँशीकाँध (८)२,०३५९.०५२२४.८६
कुसापानी (५-९)२,३३७४५.७५५१.०८
कुल१८,७६७११०.४६१६९.९०

यस गाउँपालिका भित्र दैलेख जिल्लाका अधिकांश ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका स्थानहरू पर्दछन्। दैलेख जिल्लाको पवित्र तिर्थस्थल पञ्चकोशी मध्यको एक स्थान मानिएको शिरस्थान मन्दिर यसै गाउँपालिकामा अवस्थित छ। शिरस्थानमा नित्य प्रज्वतित अग्निज्वाला रहेको छ। यसका साथै कुसापानी झरना, भैरवी मन्दिर, ब्याउलीको लेकमा रहेको धर्मशाला, रावतकोटका पञ्चदेवल, डाँडीमाडी र खम्मगाडेका वीरखम्बाहरूका साथै ठाउँ ठाउँमा रहेका वीरखम्बा र ढुङ्गेधाराहरू यस गाउँपालिकाका महत्त्वपूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलहरू हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]