सामग्रीमा जानुहोस्

आठबीस नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आठबीस नगरपालिका
आठबीस नगरपालिका मा पर्दछ कर्णाली प्रदेश
आठबीस नगरपालिका
कर्णाली प्रदेशको नक्सामा आठबीस नगरपालिकाको अवस्थिति
आठबीस नगरपालिका मा पर्दछ नेपाल
आठबीस नगरपालिका
आठबीस नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०२′१३″N ८१°२८′४१″E / 29.036822°N 81.477924°E / 29.036822; 81.477924
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखतर्कबहादुर बडुबाल (नेकपा (एमाले))
  उपप्रमुखकल्पनाकुमारी थापा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१६८ किमी (६५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३१,०९२
  घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक राकम कर्णाली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

आठबीस नगरपालिका दैलेख जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍सात्तला, सिंगौडी, राकम कर्णाली, पिपलकोट, सिंहासैनतिलेपाटा गाविसहरू यसमा गाभिएका थिए।

नेपाल सरकारको विक्रम संवत २०७३ फागुन २६ गतेको निर्णय अनुसार साविकका ६ वटा गाविसहरू सात्तला, सिंगौडी, राकम कर्णाली, तिलेपाटा, सिंहासैन र पिपलकोटलाई एकापसमा गाभेर ९ वटा वडामा विभाजन गरी यो आठबीस नगरपालिकाको संरचना तयार पारिएको हो । जम्मा १६८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेख जिल्लाका ११ वटा स्थानीय तहहरू मध्ये क्षेत्रफल र जनसङ्ख्याको हिसाबले दोश्रो ठुलो स्थानिय तह हो । []

भौगोलिक अवस्था

[सम्पादन गर्नुहोस्]

दुन, टार, चुरे र महाभारत पर्वत श्रृङ्खलामा पर्ने रमणिय वातावरण रहेको यो सुन्दर नगरपालिकामा थोरै साधन र आर्थिक श्रोतको लगानीबाट नगरपालिकाको सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा विकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले विकट र विकासोन्मख अवस्थामा यो नगरपालिका रहेको छ । कुल जमिनको ७७.३२ % अर्थात १२,९८९.५४ हेक्टर भूभाग वन जंगलले ढाकेको यस नगरपालिका भित्र प्रसस्त मात्रामा खोला नाला तथा कर्णाली नदी रहेका छन् । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका देखि २२ कोश पश्चिममा अवस्थित यस नगरपालिकाको सिमाना पूर्वमा चामुण्डा विन्द्रासैनी नगरपालिका, दक्षिणमा ठाटिकाँध गाउँपालिका, पश्चिममा अछाम जिल्ला, उत्तरमा कालीकोट जिल्लासँग जोडिएको छ ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आठबीस नगरपालिकाको कुल जनसङ्ख्या ३१,०९२ रहेको छ भने यहाँ ६,१३४ घरधुरी रहेका छन्।[] यस नगरपालिकाका विभिन्न वडाहरूमा अधिकांश रूपमा हिन्दू धर्मावलम्बीहरूको बसोवास रहेको छ भने छुटफुट रूपमा इसाई, मुस्लिमबौद्ध धर्मावलम्बीहरूको पनि बसोवास रहेको छ ।[]

प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरू

[सम्पादन गर्नुहोस्]

यस नगरपालिकामा जाक्सीकोट, मालिका माई, ओबीको अधिकारी मन्दिर, बुसाकोटको अधिकारी मन्दिर, भैरव मन्दिर, थामा चौघेरा माई मन्दिर, रोलका सात ओखल, पिपलकोटको बीरखम्बा, टुडा पगारको अक्षर तथा भीरमा गाडिएका किला, तथा विभिन्न गाउँमा रहेका ऐतिहासिक मुग्राहाँ (ढुङ्गे धारा) हरू जस्ता धार्मिक, सांकृतिक तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरू रहेका छन् । प्राकृतिक स्रोतका रूपमा कर्णाली नदी, विभिन्न खोलानाला स्लेट खानी, प्रसस्त मात्रामा वनजंगल तथा जडीबुटीहरू रहेका छन् ।[]

यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्छन् भने । नेपाली भाषाको भाषिकाको रूपमा रहेको खष भाषालाई आफ्नो मुख्य भाषाको रूपमा प्रयोग गर्दछन् । यसका साथै मगर खाम भषाको पनि प्रयोग भएको पाइन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिन प्रसस्त मात्रामा भएकोले यहाँका मान्छेले कृषि पेसा धेरै अपनाएको देखिन्छ । यसका साथै व्यपार व्यवसाय र नौकरी पेसामा लाग्नेहरूको सङ्ख्या कृषकहरू भन्दा कम छ । यस क्षेत्रका मानिसहरू जिविकोपार्जनहरूका लागि भारत तथा अन्य मुलुकमा काम गर्न जाने गरेको पनि पाइन्छ । प्रयोग क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गरेको पाईन्छ । []

मुख्य गरी वनजंगल, वन पैदावार र कृषि तथा पशुपालन व्यवसायलाई आम्दानीको स्रोत मानिने यस नगरपालिकाको रामघाट, टुनिवगर, राकम कर्णाली, खिडकिजिउला र दह बजारलाई मुख्य व्यापारिक केन्द्र मानिन्छ । यि व्यापारिक केन्द्रहरूमा यहाँको स्थानिय उत्पादन जस्तै:- घिउ, भटमास, स्थानिय सागपात, आलु आदि तरकारी र जडिबुटीहरूको खरिद बिक्री गरिनुका साथै स्थानिय वासिन्दाहरूका लागि दैनिक उपभोग्य सामानहरू जस्तै:- नून, चामल, चिनी, कपडा आदि वस्तुहरू उपलब्ध गराइएको पाइन्छ । साविकका ६ वटा गाविसका ५४ वटा वडाहरूलाई पुनसंरचना गरी यस नगरपालिकामा ९ वटा वडाहरू कायम गरिएका छन् । यातायातको सुविधा पनि भएको र भौगोलिक रूपमा मिलेको वस्ति तथा मध्यपहाडी लोकमार्गको मेगासिटी र कर्णाली राजमार्गमा पर्ने भएकाले नगरपालिकाको मुख्य केन्द्र वडा नंवर ४ मा पर्ने साविकको राकम कर्णाली गाविसको कार्यालयलाई कायम गरिएको छ । राज्यको विकेन्द्रीकृत शासन प्रणाली तथा स्थानीय जनचाहना र आवस्यकताको सम्बोधन गर्ने हेतुले यस नगरपालिकाले सरकारी निकायका विभिन्न विषयगौ कार्यालयहरू र गैरसरकारी सङ्घ संस्थाहरूसँग समन्वय गरी कार्यक्रभहरू सञ्चालन गर्ने निती लिएको छ । राकम कर्णालीमा कायम गरीएको छ । []

यस नगरपालिकाको संरचना अनुसार कायम गरिएका वडाहरूको विवरण निम्नानुसार रहेको छ ।[]

वडा नंवरसाविका गाविसक्षेत्रफल
सातला १ - ८३३ .३८ वर्ग किलोमिटर
सातला ९ र सिंगौडी १ - ५१८ .६९ वर्ग किलोमिटर
सिंगौडी ६ - ९२३ .६९ वर्ग किलोमिटर
राकमकर्णाली १ - ९१२ .०६ वर्ग किलोमिटर
पिपलकोट १ - ९३३ .८९ वर्ग किलोमिटर
सिंहासैन ५ - ९२१ .०८ वर्ग किलोमिटर
तिलेपाटा १, २, ३, ६ र सिंहासैन ३६ .७१ वर्ग किलोमिटर
तिलेपाटा ४, ५, ७, ८ र ९११ .३८ वर्ग किलोमिटर
सिंहासैन १, २ र ४८ .२ वर्ग किलोमिटर

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. 1 2 3 4 5 6 7 "आठबीस नगरपालिकाको स‌क्षिप्त परिचय" (नेपालीमा), www.aathabismun.gov.np। अभिलेखिकरण २०१९-०३-२३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]