चामुण्डा बिन्द्रासैनी नगरपालिका
Jump to navigation
Jump to search
चामुण्डा बिन्द्रासैनी | |
---|---|
निर्देशाङ्क: २८°५६′N ८१°३४′E / २८.९३°N ८१.५६°Eनिर्देशाङ्कहरू: २८°५६′N ८१°३४′E / २८.९३°N ८१.५६°E | |
देश | ![]() |
राज्य | कर्णाली |
जिल्ला | दैलेख |
वडाहरूको सङ्ख्या | ९ |
स्थापना | २०७३ फागुन २७ गते (१० मार्च २०१७) |
सरकार | |
• मेयर | सूर्यबहादुर शाही (नेकपा) |
• उपमेयर | ताराकुमारी खत्री (नेकपा) |
क्षेत्रफल | |
• जम्मा | ९०.६० किमी२ (३४.९८ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २६,१४९ |
• घनत्व | २९०/किमी२ (७५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
वेबसाइट | official website |
चामुण्डा बिन्द्रासैनी नेपालको एक नगरपालिका हो । यो नगरपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थि छ । [१]
यस नगरपालिकाको जम्मा क्षेत्रफल ९०.६० वर्ग किलोमिटर (३४.९८ वर्ग माइल) रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २६,१४९ रहेको छ । यस नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ । [२]
नेपालको संविधान २०७२ अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा नयाँ ७४४ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि २०७३ फागुन २७ गते (१० मार्च २०१७) का दिन नेपाल सरकारले यस नगरपालिकाको घोषणा गरेको थियो । [३][४]
साविकका लयाँटी बिन्द्रासैनी, चामुण्डा र जम्बुकाँध गाविसहरूलाई एक आपसमा जोडेर बनाइएको यस नगरपालिकाको कार्यालत साविकको जम्बुकाँध गाविसको कार्यालयमा राखिएको छ ।[२]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ "स्थानीय तहहरूको विवरण", www.mofald.gov.np/en (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८।
- ↑ २.० २.१ "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ जुलाई २०१८।
- ↑ "New local level structure comes into effect from today", www.thehimalayantimes.com (अङ्ग्रेजीमा) (The Himalayan Times), १० मार्च २०१७, अन्तिम पहुँच १७ जुलाई २०१८।
- ↑ "New local level units come into existence", www.kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), ११ मार्च २०१७, अन्तिम पहुँच १८ जुलाई २०१८।