रुकुम जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रुकुम जिल्ला
Rukum district location.png
अञ्चल: राप्ती अञ्चल
सदरमुकाम: मुसिकोट,
क्षेत्रफल: २८७७ वर्ग कि.मि.
जनसंख्या: २०८५६७
गाउँपालिका(हरू):
नगरपालिका(हरू): 3
प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या:

भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: सिस्ने हिमाल(५८४१ मिटर) मिटर
सबै भन्दा होचो स्थान : चौरजहारी मिटर
प्रमुख जातिहरू: ठकुरी, क्षेत्री, ब्राह्मण, मगर, दलित आदि
प्रमुख भाषाहरू: नेपाली, खाम मगर आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८८
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcrukum.gov.np
 हे  वा  सं 

रुकुम नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित रमणीय पहाडी जिल्ला हो। समुन्द्र सतहबाट ६०० देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुमको पूर्वमा म्याग्दीबाग्लुङ जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, दक्षिणमा सल्यानरोल्पा जिल्ला र उत्तरमा डोल्पा जिल्ला पर्दछन। रुकुमकोटस्थित कमल दह, कमलदह बह्राजिको मन्दिर, शिवालय, देउराली गुफा, मैकोटस्थित पुथा हिमाल, सामझाङ हिउँचुली, सिस्ने हिमाल, ढोरपाटन सिकार आरक्ष, पाेखरामा तातोपानीको मुल, डिग्रे साइकुमारीको मन्दिर तासुसाइकुमारी मन्दिर आदि स्थानहरू रूकुमका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्। '५२ पोखरी ५३ टाकुरी'को जिल्लाका रूपमा परिचित रुकुममा स्यार्पु ताल, दुर्लभ वन्यजन्तु नाउरलगायत अन्य धेरै आकर्षक जडिबुटी तथा रमणीय क्षेत्रहरू रहेका छन्।

जिल्लाको इतिहास[सम्पादन गर्ने]

सिंजा खस साम्राज्य छिन्नभिन्न भएपछि कर्णाली प्रदेशमा बि.स.१४३० तिर बाइसे राज्यहरूको स्थापना भयो । यसै क्रममा बडे राजा मलै बमका माइला छोरा पिताम्बरले रुकुम राज्य स्थापना गरेका हुन् । रुकुमको बोक्से जाडलाई मारेर राज्य स्थापना गर्ने क्रममा यिनले कर्मने बुढाथोकीको नेतृत्वमा धेरै जनाको सहयोग प्राप्त गरेका थिए । राजा पिताम्बरका केही पुस्तापछिका राजा जयत बम(दारेजैतम) भने निकै प्रख्याति बने । यिनको प्रख्याति त्यहाँ अझै सुन्न पाइन्छ । यिनका सात भाई छोरा र दुइवटी छोरी थिए । छोरिहरूको बिहे क्रमश: प्यूठानी राजा र गजुले राजासंग गरिदिएका थिए । आफू नब्बे बर्षको हुँदासम्म राज्य गरेका दारेजैतमले अन्त्यमा आफ्ना सात भाइ छोरालाई अंश लगाईं सात थपौलामा रुकुम राज्य बाडीदिएका थिए । जस अन्तर्गत बि.स.१६०० मा रुकुम राज्य टुक्रिएर रुकुम, मुसिकोट, बांफि, आठबिस, जहारी, गोताम र खगेना जस्ता ससाना राज्य बनेका थिए । खगेना राज्य बाहेक अन्य राज्यको अस्तित्व नेपाल एकीकरणको समयसम्म रहेको पाइन्छ । ऐतिहासिक तथ्यलाई हेर्दाबहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट , कोटजहारी नेपालमा गाभिएको पाइन्छ। वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि राप्ती अञ्चलको रुकुम जिल्लाको रूपमा यस जिल्लाले मान्यता पायो।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

रुकुमकोटमा रहेको रुक्मेणी देवीको नामवाट रुकुमकोट रहेको र पछि रुकुमकोटवाट रुकुम नाम रहेको जनश्रुति पाइन्छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

जडिबुटिहरू[सम्पादन गर्ने]

रुकुम जिल्लामा पाइने प्रमुख जडिबुटिहरू यार्शागुम्बा, पाँचऔंले, कुरिलो, टिमुर, दाल्चिनी, गूर्जो, कुट्की, पाङर, बादलपाते, बोझो, हर्रो, चुत्राे,अमला, पदमचाल, सतूवा, हलहले, कूमकूम, चिराइतो, जटामसी,भलायोकमल आदि हुनभने रूकुमकाे अिधिकांश भु भागमा चिउरी पाइने गर्छ ।

वन्यजन्तु तथा चराचुरुङ्गी[सम्पादन गर्ने]

रुकुम जिल्लामा भेडा चराउदै भेडीगोठाला

कस्तुरीमृग, नाउर, रातोबाँदर,ढेडु, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दूम्सी, लोखर्के, गोहोरो, डाँफे, मुनाल, च्याखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं, वनकुखुरा आदि।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]