आठविसकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आठबीसकोट बाट पठाईएको)
Jump to navigation Jump to search
आठविसकोट नगरपालिका

आठविसकोट
आठविसकोट नगरपालिका is located in नेपाल
आठविसकोट नगरपालिका
नेपालको नक्सामा आठविसकोट नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°४८′N ८२°२३′E / २८.८०°N ८२.३९°E / 28.80; 82.39निर्देशाङ्कहरू: २८°४८′N ८२°२३′E / २८.८०°N ८२.३९°E / 28.80; 82.39
देशFlag of Nepal.svg नेपाल
जिल्लापश्चिम रुकुम
वडा सङ्ख्या१४
स्थापित२०७३ फागुन २७
सरकार
 • प्रमुखगोरखबहादुर केसी (नेकपा एमाले)
 • उप प्रमुखगीता नेपाली (नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा५६०.३४ किमी (२१६.३५ वर्ग माइल)
क्षेत्रफल क्रमदोस्रो
जनसङ्ख्या
 (२०६८)
 • जम्मा३३,६०१
 • घनत्व६०/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटofficial website

आठविसकोट नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो। यस नगरपालिकाको स्थापना २०७३ सालमा भएको थियो। यस नगरपालिकालाई आथबिसकोट, आठबीस डाँडागाउँ, घेत्मा, मग्मा, गोतामकोटस्यालाखदीका पूर्व गाउँ विकास समितिहरू गाभेर स्थापना गरिएको थियो।[१] At २०६८ को नेपाल जनगणनाको समयमा यस नगरपालिकामा ६,४२१ व्यक्तिगत घरपरिवारमा बसोबास गर्नेको जनसङ्ख्या ३३,६०१ रहेको थियो।

रुकुम (पश्चिम) का ६ वटा स्थानीय तहहरूमध्ये जनसङ्ख्या र क्षेत्रफल दुवै आधारमा ठूलो स्थानीय तहको रूपमा आठविसकोट नगरपालिका रहेको छ। आठबिसकोट नगरपालिकाको क्षेत्रफल ५६०.३४ वर्ग किलोमिटर रहेको छ जुन क्षेत्रफलको हिसाबले देशकै दोस्रो ठूलो हो। यो रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी नदीको किनारमा अवस्थित छ आठबिसकोटको ठुलाकोट मध्यकालीन बाइसे राज्य आठबिस को राजधानी थियो । बि.स.१६०० सालमा रुकुमे राजा दारे जैतम का छोरा कालु बमले दरवार बनाई राज्य स्थापना गरेका थिए । यिनै कालु बमका बाह्रौ पुस्ताका राजा रणउद्दीम शाहीका पालामा बि.स. १८४३ सालमा आठबिस राज्य नेपालमा बिलय भएको थियो भन्ने कुरा बंशावलीमा उल्लेख छ ।राजा काटिएकाले यस क्षेत्रको रेखदेख गर्न सेरो खारो खाने गरी राजाका भैयाद पर्ने हित कल्चु शाही र दण्ड उठती खान पाउने गरी धन्नु मल्ललाई नियुक्त गरियो । भागेर सुवाकोट पुगी मावलीमा लुकेका रणउद्दीम शाहीका छोरा राजकुमार विभूति शाहीले आफ्नो राज्य फिर्ता लिन जुम्लाका शोभान शाहीसङ्ग मिलेर बिद्रोह गरे तर सफल हुन सकेनन् र जोगीको भेष धारण गरेर भागे भन्ने कुरा स्थानीयले बताउँछन् । करीब १२ वर्ष पछि आठबिस फर्की घरजम गरी बसेको कुरा स्थानीय एक बृद्ध गौतम थरका ब्राह्मनको टिपोटमा उल्लेख छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय" (नेपालीमा), नगर कार्यपालिकाको कार्यालय, आठविसकोट, रुकुम पश्चिम ६ नं. प्रदेश, नेपाल, अन्तिम पहुँच १ मे २०१८