रणउद्दीमशाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मध्यकालीन नेपालका बाइसे राज्य अन्तर्गत पर्ने ठुलीभेरी किनारमा अवस्थित आठबिस राज्यका अन्तिम राजा । नेपाल एकीकरणको क्रममा यिनी मारिए । यिनका छोरा राजकुमार विभूति शाही भने लुक्दैभाग्दै बाँच्न सके । जोगीको भेषमा धेरै वर्षपछि लुक्दैभाग्दै पुनः आठबिस आई घरजम गरी बसे । पछि उनकै सन्तान आठबिसे शाह कहलिए । हाल आठबिसमा यिनीहरु ठुलो संख्यामा रहिआएका छन् ।