आठबीस राज्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मध्यकालीन नेपालको बाइसे राज्य अन्तर्गत पर्ने आठबिस राज्य हालको रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी को तटमा अवस्थित थियो । वि.स.१६०० सालमा कालु बमले आफ्नो अंश स्वरुप रुकुम राज्यबाट यस क्षेत्रलाई छुट्टयाएर राज्य स्थापना गरेका थिए । यहाँका अन्तिम राजा रणउद्दीम शाही हुन् । नेपाल एकीकरण पछि यस क्षेत्रको शासन ठेक, जिम्मवाली हुँदै रैंकर प्रणालीमा चलेको पाइन्छ ।

राजाको बंशावली[सम्पादन गर्ने]

बंशावलीमा उल्लेख भए अनुसार यिनी अघि र यिनी पछिको पुस्ताक्रम यस प्रकार छः

  1. राजा कालु बम (आठबिस राज्यका संस्थापक राजा बि.स.१६००)
  2. राजा जगमल्ल बम
  3. राजा श्रीमल्ल बम
  4. राजा सयरूप बम शाही
  5. राजा महान शाही
  6. राजा मदन शाही
  7. राजा नरसिंह शाही
  8. राजा पिर्थी शाही
  9. राजा रूपा शाही
  10. राजा जगती शाही
  11. राजा हिरण शाही
  12. राजा रणउद्दीम शाही (यिनका पालामा नेपाल एकीकरण भयो)
  13. राजकुमार विभूति शाही
  14. अम्मर शाही
  15. जसु शाही
  16. सेतु शाही
  17. दुन्दु शाही शाह
  18. शेरबहादुर शाह
  19. दिपेन्द्रबहादुर शाह
  20. बीरेन्द्रकुमार शाह
  21. मणि राज शाह(प्रभातबिक्रम शाह)
  22. अभि बिक्रम शाह