आठबिसकोट नगरपालिका
आठबिसकोट | |
---|---|
निर्देशाङ्क: २८°४८′N ८२°२३′E / २८.८०°N ८२.३९°Eनिर्देशाङ्कहरू: २८°४८′N ८२°२३′E / २८.८०°N ८२.३९°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | पश्चिम रुकुम जिल्ला[१] |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• नगरप्रमुख | रवि केसी (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | धनकुमारी शाही (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ५६०.३४ किमी२ (२१६.३५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३५,९१७ |
• घनत्व | ६४/किमी२ (१७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केतहरू | +९७७-८८ |
वेबसाइट | aathbiskotmun |
आठविसकोट नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो। यस नगरपालिकाको स्थापना २०७३ सालमा भएको थियो। यस नगरपालिकालाई आथबिसकोट, आठबीस डाँडागाउँ, घेत्मा, मग्मा, गोतामकोट र स्यालाखदीका पूर्व गाउँ विकास समितिहरू गाभेर स्थापना गरिएको थियो।[४] राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनवल नगरपालिकाको कुल जनसङ्ख्या ३५,९१७ रहेको छ भने यहाँ ७,५५३ घरधुरी रहेका छन्।[३]
रुकुम (पश्चिम) का ६ वटा स्थानीय तहहरूमध्ये जनसङ्ख्या र क्षेत्रफल दुवै आधारमा ठूलो स्थानीय तहको रूपमा आठविसकोट नगरपालिका रहेको छ। आठबिसकोट नगरपालिकाको क्षेत्रफल ५६०.३४ वर्ग किलोमिटर रहेको छ जुन क्षेत्रफलको हिसाबले देशकै दोस्रो ठूलो हो। यो रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी नदीको किनारमा अवस्थित छ आठबिसकोटको ठुलाकोट मध्यकालीन बाइसे राज्य आठबिस को राजधानी थियो । बि.स.१६०० सालमा रुकुमे राजा दारे जैतम का छोरा कालु बमले दरवार बनाई राज्य स्थापना गरेका थिए । यिनै कालु बमका बाह्रौ पुस्ताका राजा रणउद्दीम शाहीका पालामा बि.स. १८४३ सालमा आठबिस राज्य नेपालमा बिलय भएको थियो भन्ने कुरा बंशावलीमा उल्लेख छ ।राजा काटिएकाले यस क्षेत्रको रेखदेख गर्न सेरो खारो खाने गरी राजाका भैयाद पर्ने हित कल्चु शाही र दण्ड उठती खान पाउने गरी धन्नु मल्ललाई नियुक्त गरियो । रुकुममा राजा काटी राजा कहलिएका श्रीदत्त शाही र राजकुमार विभूती शाहीलाई गोर्खालिले धपाएपछी विभूती शाही आफ्ना भाइसहित मुसिकोट भण्डारीकाडामा बसेका थिए । जुम्ली शोभान शाहीका दूतसङ्ग विभूति शाहीको भेट भयो । आफ्ना सगोत्रीय आठबिसे राजा रणउद्दिम शाही काटिएकाले शोभान शाहीको मद्दतले आफू आठबिसे राजाको हकदार हुने सपना विभूती शाहीले देखे । राजकुमार विभूति शाहीले आठबिस राज्य फिर्ता लिन जुम्लाका शोभान शाहीसङ्ग मिलेर वि. स. १८४६ मा बिद्रोह गरे तर सफल हुन सकेनन् र विभूती शाही जोगीको भेष धारण गरेर भागे भन्ने कुरा स्थानीयले बताउँछन् । करीब १२ वर्ष पछि आम माफी पाई आठबिस फर्की घरजम गरी बसेको कुरा स्थानीय एक बृद्ध गौतम थरका ब्राह्मनको टिपोटमा उल्लेख छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय" (नेपालीमा), नगर कार्यपालिकाको कार्यालय, आठविसकोट, रुकुम पश्चिम ६ नं. प्रदेश, नेपाल, अन्तिम पहुँच १ मे २०१८। वेब्याक मेसिन अभिलेखिकरण २७ अप्रिल २०१८ मिति