सिम्ली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिम्ली
Simli
—  गाउँ विकास समिति  —
सिम्ली is located in Nepal
सिम्ली
सिम्ली
नेपालमा स्थान
निर्देशाङ्क: २८°३९′उत्तर ८२°२१′पूर्व / २८.६५° उत्तर ८२.३५° पूर्व / 28.65; 82.35निर्देशाङ्क: २८°३९′उत्तर ८२°२१′पूर्व / २८.६५° उत्तर ८२.३५° पूर्व / 28.65; 82.35
देश  नेपाल
अञ्चल राप्ती अञ्चल
जिल्ला रुकुम जिल्ला
जनसङ्ख्या (२०११)[१]
 - जम्मा ५,३१६
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-८८
वेबसाइट www.ddcrukum.gov.np

सिम्ली नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। विकट पहाडी जिल्ला रुकुमको सदरमुकाम मुसिकोट देखि ५कोष टाढा रहेको गाविस पनि ४३ गाविस मध्येको एक हो। यो गाविसको पूर्वमा छिवाङ्ग पश्चिममा पूर्तिमकाँडा तथा रुकुमकोट उत्तरमा गरायला र दक्षिणमा अर्मा र खोलागाउँ गाविसको बीचमा रहेको छ। काँडा गाविस राजनैतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं। २ र इलाका नं। ९मा पर्दछन्। पहाडी भू-भागमा रहेको यस गाउँ विकास समितिले आफ्नै ऐतिहासिक भौगोलिक धार्मिक राजनैतिक एवं सामाजिक महत्व र विशेषता बोकेको छ।
यस गाविसको ऐतिहासिक पॄष्ठ भूमिलाई खोतल्दा कुनै पौरानिक िकंवदन्ति नभएतापनि त्यहाँका जानकार तथा बुढापाका ब्यक्तिहरूका अनुसार सिम्ली नाम रहनुको पछाडी सोही गाविसको वडा नं। १मा सिम्सार क्षेत्र अर्थात सिमले धेरै जसो भाग ओगटेको हुनाले सिम रले मिश्रणबाट सिमले भनिएको पछि अपभ्रसं भई सिम्ली नाम रहन गएको भन्ने भनाई रहेको छ। यस गाविसको धेरै जसो वडाहरू तत्कालिन अर्मा गाउँ पाचायत र केही वडाहरू छिवाङ गाउँ पाचायत अन्तरर्गत रहेकोमा २०३९ सालमा गाउँ पाचायतलाई ब्यवस्थि तगर्ने क्रममा सिम्ली गाउँ पाचायत भनेर छुट्टै स्थापना गरियो। यस गािवस रुकुम जिल्लाको मानचित्रमा अन्य गाविसको क्षेत्रफलको तुलनामा कमै रहेका छ।
रुकुम जिल्लामा रहेको सानो भेरी नदिको किनारमा अवस्थित यो गाविस भौगोलिक अवस्थिति अनुसार सिम्ली गाविस २८ डिग्री ३८ मिनेट देखि २८ डिग्री ४१ मिनेट उत्तरी अक्षांशको बीचमा र ८२ डिग्री १९ मिनेट देखि ८२ डिग्री देखि २४ मिनेट पूर्वी दशान्तरमाभित्र पर्दछ। यस गाविसको भौगोलिक वनावटको आधारमा पहाडी भाग र ज्युला बेसी गरी दुई भागमा विभाजन गरिएको पाइन्छ। यस गासिको मुख्य स्थान तर कम क्षेत्र रहेको ज्युलामा िसंचित क्षेत्र वढी र उत्पादनको दृष्टिमा महत्वपूर्ण मानिन्छ। नरम र बलौटे माटो भएको हुँदा तरकारी खेतीको लागि अति उत्तम मानिन्छ। पहाडी भागमा मकैगहुँजौं कोदो फापर आलु दलहन तेलहन बाली राम्रो उत्पादन हुन्छ। यहाँको प्रमुख पेशा कृषि तथा पशुपालन हो भने केही सरकारी रोजगाररी एवं बैदेशिक रोजगारीमा पनि संलग्न रहेका छन्।
यस गाविसको भू धरातलीय विविधताअनुसार हावापानीमा पनि विविधता पाइने गर्दछ। सिम्ली हासिवाङ सुलीहाले सहरे जस्ता औलका बस्तीहरूमा उष्ण हावापानी पाइन्छ ता पनि समष्टिगत रूपमा भन्नुपर्दा यस गाविसको हावापानी ठण्डा र समशितोष्ण रहेको छ। समुन्द्र सतहबाट ९०० मिटर देखि १८७३ मिटरमा अवस्थित यस गाविसमा जाडोमा जाडो र गर्मीमा गर्मी नै हुने गर्दछ। यस गाविसको सरदर तापक्रम न्युनतम ५ डिग्री सेल्सीयस देखि अधिकतम ३१ डिग्री सेल्सीयससम्म रहन्छ। असार साउन र भादौ महिनामा बढी वर्षा हुन्छ वर्षायाममा सरदर एक हजार पाँच सय मिलिलिटर वर्षा हुने गरेको एक तथ्याङ्कमा उल्लेख गरिएको पाइन्छ।
सिम्ली गाविसको करिब १६० हेक्टर वन क्षेत्र र ६३१ हेक्टर चरण क्षेत्रले ओगटेको यस गाविसमा विभिन्न प्रजातिका जडिबुटी तिते समायो पाँच औंले कुरिलो टिमुर समायो हर्रो चिराइतो दालचिनी बोझो भलायो तथा बाघ भालु थार स्याल रतुवा दुम्सी बादर गुनो झारल घोरल खरायो कालिज डाँफे मुनाल चाकुरा तित्रा जस्ता वन्यजन्तु तथा पाछीहरू पाइन्छन्। यसरी नै यस गाविसमा सल्ला धुपी सल्ला बाँझ खसु्र रईज फलाट काफल उत्तीस कटुस टुनी बुस निगालो आदि प्रजातिका बनस्पतिहरू पाइने गर्दछन।।
यस गाविसमा परम्परा देखि मनाईँदै आएका विभिन्न खालका धार्मिक स्थल तथा मन्दिरहरू रहेका छन्। कुटी मन्दिर वडा नं। १ देवीको मन्दिर पनि यस गाविसमा रहेका यस गाविसका प्रमुख मन्दिरहरू तथा प्रसिद्ध धार्मिकस्थलहरू हुन्। भेरी दह भेरीखोला गुफा बेलझाँक्री झरणा धागे झरणा यहाँका पर्यटकीय महत्वका स्थानहरू हुन्।
२०५८ सालको जनगणना अनुसार ४५६८ जनसंख्या रहेको काँडामा २२९० महिला र २२७८ पुरुष रहेका छन्। जसअनुसार यहाँको जनसंख्या वृद्धिदर २।०१ प्रतिशत रहको छ। यस गाविसमा क्षेत्री मगर ठकुरी कामी सन्यासी यस गाविसमा बसोवास गरेको पाइन्छ। सदरमुकाम मुसिकोट नजीकै पश्चिम दुरीमा रहेको कारण ब्यापार ब्यवसायमा अगाडी रहेको देखिन्छ। कृषि तथा तरकारी खेती नै यस गाविसको मुख्य पेशा हो। सरकारी सेवामा यहाँका मानिसहरू न्युनरूपमा लागेका छन् भने सहायक पेशाको रूपमा आयआर्जनको लागि छिमेकी मूलुक भारत लगायतका विभिन्न खडी मुलुकहरूमा जाने गरेको पाइन्छ।
विक्रम स्म्वद २०२१ सालमा भारतको गढवाल घरभएका गुरुजी महाराजले सिम्ली गाविस वडा नं। १ हालको राप्ती ज्ञानोदय उच्च माविस सिम्ली रहेको स्थानमा अन्न नखाई फलफूल मात्र खाएर सानो भवन निर्माण गरी शिक्षाको औपचारिक प्रारम्भ गरेको पाइन्छ। शिक्षा स्वास्थ्य यातायत साचार विद्युत खानेपानी सिंचाई लगायत विकासका पूर्वाधारहरूको सन्दर्भमा उल्लेख्य उपलब्धि भइसकेको छैन तथापि त्यस दिशातर्फ यो गाविस उन्मुख छ। अहिलो सो गाउँमा एउटा उच्च माध्यमिक तहसम्मको विद्यालयको स्थापना भएको छ ।[२]


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२। 
  2. "गाविस सुची", रुकुम जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]