रुकुमकोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल,पुर्वी रुकुम (पुरानो : रुकुम जिल्ला )मा अवस्थित एक सुन्दर उपत्यकामा अवस्थीत शहरउन्मुख गाँउ हो । नेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचलको पुरानो रुकुम जिल्लाको सदरमुकाम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणीय गाँऊ रुकुमकोट नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने पुरानो रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यो ठाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाँउको रूपमा लीइन्छ। हिमाली जिल्ला डोल्पा अनि ढोरपाटन सिकार आरक्षको प्रवेशद्वारको रूपमा पनि परिचित रुकुमकोट, पुर्वी रुकुम जिल्लाको सिस्ने  (पहिलेको सर्पकोट-बाहुन्ठाना-शोभा- रुकुमकोट हुँदै ) गाँउ पालिका अन्तरगत पर्दछ। चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा पुरानो रुकुम जिल्लाको सदरमुकाम थियो । 

रुकुमकोट
Rukumkot
—  गाउँ विकास समिति  —
रुकुमकोट is located in नेपाल
रुकुमकोट
रुकुमकोट
नेपालमा स्थान
देश  नेपाल
अञ्चल राप्ती अञ्चल
जिल्ला पूर्वी रुकुम जिल्ला
जनसङ्ख्या (२०११)[१]
 - जम्मा ६,०४५
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-८८
वेबसाइट www.ddcrukum.gov.np

जिल्लाको नामाकरण

रुकुमकोटमा रहेको रुक्मेणी देवीको नामवाट रुकुमकोट रहेको र पछि रुकुमकोटवाट रुकुम नाम रहेको जनश्रुति पाइन्छ ।

रुकुमको नक्सा
Mt. Sisne( 5,849 m), Rukum(सिस्ने हिमाल

इतिहास

- सिंजा खस साम्राज्य छिन्नभिन्न भएपछि कर्णाली प्रदेशमा बि.स.१४३० तिर बाइसे राज्यहरूको स्थापना भयो । यसै क्रममा बडे राजा मलै बमका माइला छोरा पिताम्बरले रुकुम राज्य स्थापना गरेका हुन् । रुकुमको बोक्से जाडलाई मारेर राज्य स्थापना गर्ने क्रममा यिनले कर्मने बुढाथोकीको नेतृत्वमा धेरै जनाको सहयोग प्राप्त गरेका थिए । राजा पिताम्बरका केही पुस्तापछिका राजा जयत बम(दारेजैतम) भने निकै प्रख्याति बने । यिनको प्रख्याति त्यहाँ अझै सुन्न पाइन्छ । यिनका सात भाई छोरा र दुइवटी छोरी थिए । छोरिहरूको बिहे क्रमश: प्यूठानी राजा र गजुले राजासंग गरिदिएका थिए । आफू नब्बे बर्षको हुँदासम्म राज्य गरेका दारेजैतमले अन्त्यमा आफ्ना सात भाइ छोरालाई अंश लगाईं सात थपौलामा रुकुम राज्य बाडीदिएका थिए । जस अन्तर्गत बि.स.१६०० मा रुकुम राज्य टुक्रिएर रुकुम, मुसिकोट, बांफि, आठबिस, जहारी, गोताम र खगेना जस्ता ससाना राज्य बनेका थिए । खगेना राज्य बाहेक अन्य राज्यको अस्तित्व नेपाल एकीकरणको समयसम्म रहेको पाइन्छ । ऐतिहासिक तथ्यलाई हेर्दा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट , कोटजहारी नेपालमा गाभिएको पाइन्छ। वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि राप्ती अञ्चलको रुकुम जिल्लाको रूपमा यस जिल्लाले मान्यता पायो ।

- नेपालको प्रशासनिक भूगोलको फेरवदलमा वि.स. २०१८ सालमा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्ला बनाउने क्रममा रुकुम जिल्लाको नामाकरण गरियो जुन रुकुमकोटको नामबाट नै "कोट" हटाएर रुकुम जिल्लाको नाम रहन गएको हो।

- २०१८ साल वैशाख १ गते सल्यान र जाजरकोटबाट छुट्टै जिल्लाका रूपमा कायम भएको रुकुमको पहिलो सदरमुकाम रुकुमको पूर्वी क्षेत्रको रुकुमकोट भयो । 

- २०३० वैशाख २ गते रुकुमकोटबाट मुसीकोट सदरमुकाममा स्थान्तरण 

- २०३० सालमा गुमाएको सदरमुकामको अस्तित्व पुनः कायम ४४ बर्ष पछी नयाँ संघीय सरचना अनुसार रुकुम र नवलपरासीलाई २ जिल्लामा बिभाजन गर्ने क्रममा नयाँ जिल्लाको रुपमा २०७४ मा पुर्वी रुकुम जिल्लाको जन्म

पर्यटकिय स्थलहरू[सम्पादन गर्ने]

समुद्रि सतहदेखि लगभग १२०० मि. देखि १४००० मि.को उचाईमा अवस्थित [बाउन्न पोखरी त्रिपन्न टाकुरि]को नामले प्रसिद्ध रुकुमकोटमा हेर्नलायक पर्यटकिय स्थलहरू :

  • रुक्मिणी ताल : बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरूमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थामा पुगेको छ। ताल उत्पतिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो तालमा बर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ। तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ। तालको संरक्षणसँग प्रचार प्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरू बताउँछन्। स्थानिय भाषामा कमल दह पनि भन्ने गरिन्छ। रुकुमकोटको बाहुन्थानामा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ। यसको क्षेत्रफल १.९५ वर्ग कि.मी.छ। यहाँ नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुशार माघे सक्रान्तिमा तिर्थयात्रिहरू आएर नुहाउने चलन छ। यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाइन्छ। प्राय चैत बैशाख महिनामा यस ताल बाट कमल निकाल्ने गरिन्छ,जुनबाट अचार या तरकारि बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त (जन्डिस) या अन्य रोगको उपचारको लागि पनि प्रयोग गरिन्छ। अनि असार,साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले रुकुमकोटमा लाग्ने तिज् मेलामा अर्कै रौनक थपेको हुन्छ। यो तालको पूर्वमा पर्ने वनमा बिभिन्न किसिमका जडिबूटिहरू पाइन्छन्, साथै यो ताल वरिपरि बिभिन्न किसिमका चराहरू पाइने भएकोले बर्ड् वोचिङ्को लागि उपयूक्त ठाँउ हो।
रुक्मिणी ताल (कमल दह /Rukmini Pond) रुकुमकोट, रुकुम
  • शिवालय(शिवजिको मन्दिर) : शोभा गा.बि.स.अन्तरगत रुकुमकोटमा रहेको रुक्मिणी ताल(कमल दह)को उत्तर छेउमा अवस्थित यो मन्दिर स्थानिय बुद्धिजिबी मणीराम गौतमका अनुशार राणाकालमा बनाईएको हो। हरेक बर्ष शिवरात्रिको बेला ठूलो मेला लाग्ने गर्दछ। यो मन्दिर राणाकालमा निर्मित मध्यपश्चिममा अवस्थित एउटा ऐतिहासिक नमूना हो।
Shibalaya ('शिवालय;शिवजिको मन्दिर)), Built by one of Rana Prime minister`s wife in Rana reign (A Historical Monument in Rukum)
  • सिस्ने हिमाल : रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो सिस्ने हिमाल। यसलाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ। यसको उचाई ५,८४१मि.छ। रुकुमकोटलाई वरिपरि बाट सर्प झै डांडांले घेरेको छ त्यसैले पहिले रुकुमकोटको नाम सर्पकोट थीयो पनि भन्ने गरिन्छ। मैदान डांडां बाट सिस्ने हिमालको अबलोकन गर्न सकिन्छ। यस हिमालमा आजसम्म कोही पनि नचढेको हुंदा यसलाई कन्या हिमाल पनि भनिन्छ। यो हिमालको वरिपरि बिभिन्न सना-ठूला हिम् तालहरू रहेका छन्। रुकुमकोटको पूर्वी-उत्तरका मैदान डांडां वा खोर्सले लगायतका डांडांहरूबाट सिस्ने हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ।
Deurali Cave ( देउरालि गुफा): A Mystarious cave located in eastern side in the bank of Rukum Gad, Rukumkot.
  • देउरालि गुफा : स्थानिय भाषामा देउरालि ओडार पनि भनिने यो गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारमा अवस्थित छ। सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने बिशाल भवन भित्र प्रवेश गरेको अनुभव हुन्छ। गुफा भित्र प्राकृतिक रूपमा बनेका मानिसका बिभिन्न दैनिक क्रियाकलाप या बिभिन्न देवि देवताका मूर्तिहरू हेर्न सकिन्छ,प्राकृतिक रूपमा बनेका यि मुर्तिहरू कसरी बनेका होलान एउटा अनौठो अनुभव हुन्छ। यो गुफा भित्र ९ भन्दाबढि तलाहरू भएको र अनुशन्धानको कमिले गर्दा अहिले २ तला सम्म अवलोकन गर्न सकिन्छ। पहिले यो ठाँउमा बर्षको एक पटक ठूलो मेला लग्ने गर्दथ्यो। अहिले पनि चैते दशैको दिनमा ठूलो मेला लाग्ने गर्दछ। रुकुमकोटबाट त्यहां पुग्न लगभग ४०/५० मिनेट पैदल लाग्छ। यो गुफा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ।
  • कमल दह ब्रहाजिको मन्दिर : यो मन्दिर एउटा नेपालका पुराना ऍतिहासिक मन्दिरहरू मध्ये एकको रूपमा लिन सकिन्छ। यो मन्दिरको इतिहासको बारेमा अझैपनि कुनैपनि खोजमूलक कार्य हुन सकिरहेकोछैन। स्थानिय बुद्दिजिविहरूका अनुशार यो मन्दिर १६ औं शताब्दि भन्दा पनि पुरानो भनेर भन्नेगरिन्छ तर आधिकरिक पुष्टि हुंनभने बांकिनै छ। यो मन्दिरमा गएर पुजा गरि भाकल गरेमा चिताएको कुरा पुग्ने बिश्वास गरिन्छ।
  • सानी भेरी नदी : धौलागिरि हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई यो नदी बगेको छ। बाग्लुङको ढोरपाटन हुदै रुकुमको तकसेरा, जाङ्, नायगाड, रुकुमकोट, पोखरा,माछ्मी, गरायला हुदै ठुली भेरी नदी मिलेको छ। रुकुमकोटको धाउनेमा यो नदिले ठूलो बगर बनाएको छ जुन धाउने बगर रुकुमकोटको अर्को आकर्षणको रूपमा रहेको छ। जहाँ बाट राफ्टिनङ् गर्दै ठुली भेरीसम्म पुग्न सकिने सम्भाबना देखिन्छ।

यातायात[सम्पादन गर्ने]

निर्मानाधिन पुष्पलाल पहाडि लोकमार्ग अन्तर्गत पर्ने रुकुमकोट काठमान्डौबाट स्थलमार्ग अथवा हवाइमार्ग हुँदै रुकुमकोट पुग्न सकिन्छ।

  • स्थलमार्ग : काठमान्डौबाट -दाङ् -सल्यान - सोलाबांङ् रुकुम (रात्रि बस २० घन्टाको यात्रा),अनि सोलाबांङ् बाट ४ घन्टाको जिप यात्रा - रुकुमकोट
दाङ् -सल्यान - सोलाबांङ् रुकुम (रात्रि बस १० घन्टाको यात्रा), अनि सोलाबांङ् बाट ४ घन्टाको जिप यात्रा - रुकुमकोट
  • हवाइमार्ग : काठमान्डौ - सल्ले एरपोर्ट्(मुसिकोट)१घन्टा १५ मिनेटको यात्रा, अनि सोलाबांङ् बाट ४ घन्टाको ३० मिनेटको जिप यात्रा - रुकुमकोट
नेपालगन्ज - सल्ले एरपोर्ट्(मुसिकोट) २५ मिनेटको यात्रा, अनि सोलाबांङ् बाट ४ घन्टाको ३० मिनेटको जिप यात्रा - रुकुमकोट

साथै रुकुमको खारा हुँदै मुसिकोट, स्यार्पू ताल, पोखरा हुँदै ट्रेकिङ् गर्दै पनि रुकुमकोट पुग्न सकिन्छ।

बस्ने सुबिधाहरू[सम्पादन गर्ने]

रुकुमकोमा होम स्टे अथवा लजहरूको ब्यवस्था भएकोले सानो बजेटले पनि बस्न सकिन्छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

पुर्वी रुकुम नक्सा 



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

http://ddcrukum.gov.np/


http://www.facebook.com/pages/Rukum-Nepal-%E3%83%AB%E3%82%AF%E3%83%A0%E3%83%8D%E3%83%91%E3%83%BC%E3%83%AB/389782067702865

http://www.maplandia.com/nepal/midwest/rapti/rukumkot/

http://itouchmap.com/?c=np&UF=-1022548&UN=-1507812&DG=PPL

http://www.krishnasenonline.org/janadisha/year8/issue33/leisure.htm

http://jp.youtube.com/watch?v=7nBWCgFiYiI

http://jp.youtube.com/watch?v=IMguwzpwGBM

निर्देशाङ्क: २८°३७′ उत्तर ८२°३७′ पूर्व / २८.६१७° उत्तर ८२.६१७° पूर्व / 28.617; 82.617