रुँघा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रुँघा

Rugha
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लारुकुम जिल्ला
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा४,२३३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-८८
वेबसाइटwww.ddcrukum.gov.np

रुँघा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम मुसिकोट खलंगा देखि ५ कोष पूर्वी दक्षिणमा अवस्थित रुँघा गाविसको पूर्वमा रोल्पा जिल्लाको पाछावाङ गाविस पश्चिममा रुकुमको भलाक्चा उत्तरमा चौखावाङ र दक्षिणमा खारा गाविस पर्दछन्। रुँघा गाविस रुकुम जिल्ला निर्वाचन क्षेत्र नं। १ इलाका नं। १मा पर्दछ। आफ्नै मौलिक किसिमको भौगोलिक राजनीतिक सामाजिक र सांस्कृतिक महत्व एवं विशेषता बोकेको यस गाविसमा क्षेत्री जातीको बाहुल्यता भएपनि यहाँका मगर ठकुरी कामी दमाई ब्रहमण गिरीसुनार जातीहरू एउटै किसिमले चाडपर्वहरू मनाउने गर्दछन्। यस गाविसका प्रमुख धार्मिक स्थलका रूपमा गोसाईंथान माइभगवती मन्दिर छन् भने दमाहा झ्यालीनरिसंहा सहनाई मादल ट्याम्पो बाँसुरी मुरली आदि लोकवाजाहरू पनि यस गाविसका पहिचान नै हुन्। िसंगारु नाँच मयुर नाँच पैसेरी नाँच रत्यौली नाँच रुँघाका प्रसिद्ध नाँचहरू हुन्। भौगोलिक वनावटका आधारमा यो गाविस पहाडी भाग र ज्यूला वेशी गरी दुई भागमा रहेको छ।
स्थानीय वासीका अनुसार हाल यस गाविसको वडानं। १मा धेरै वर्ष अगाडि पानीको मुहान रहेको र जसलाई रुँघा रूपसे पानी भनेर भनिन्थ्यो र यही पानी मुहानको नाम रुँघाबाट अपभ्रंस भई रुँघा नामाकरण भएको हो। २०१५ सालमा रुँघा गाउँ पाचायतको स्थापना भई २०१७ सालसम्म प्युठान जिल्लामा रहेको पाइन्छ। २०१७ सालदेखि २०३५ सालसम्म रोल्पा जिल्लामा कायम भई २०३५ सालदेखि मात्र रुँघा रुकुम जिल्लामा कायम भएको इतिहास साक्षी छ।
भौगोलिक अवस्थित अनुसार रुँघा गाउँ विकास समिति २८ डिग्री ३१ मिनेट १५ सेकेण्ड देखि २८ डिग्री ३३ मिनेट ४५ सेकेण्ड उत्तरी अक्षांस र २८ डिग्री २५ मिनेट ३० सेकेण्डदेखि २८ डिग्री २९ मिनेट ५० सेकेण्ड पूर्वी देशान्तर भित्र पर्दछ। यो गाविस समुन्द्री सतहबाट करिब ११३० मिटरदेखि २४०८ मिटरसम्मको उचाईमा पर्दछ। यस गाविसको अधिकांश भूभाग पहाडी भूभागमा पर्दछ। जहाँ वनजंगल र मानववस्तीले ढाकेको छ। यस भागमा पर्ने काभ्रेडाँडामा तामाखानी र कोर्वाङ आग्रामा फलाम खानी भएको स्थानीय वासिन्दाहरूको ठम्याई छ यस भागमा मकै गहुँ जौं कोदो र आलु खेती गरिन्छ। त्यसैगरी थोरै भाग ज्यूला रहेको भएपनि यो भाग उत्पादनका दृष्टिकोणले महत्वपूर्ण छ। यस भागमा ताजा तरकारी तथा धान गहुँको उत्पादन प्रशस्त गरिन्छ।
यस गाविसको मुख्य व्यपारिक केन्द्र सिम्रुतु वजार रुँघा खारा र मुरुखोलाको त्रिवेणी संगममा रहेको देखिन्छ। अमेलिया मुसिको राप्ती लोकमार्गले यसै सिम्रुतु वजारलाई दुई किनारा लगाउँदै सदरमुकाम मुसिकोट जोडेको छ।
२०५८ सालको जनगणनाअनुसार ४१४१ कुल जनसङ्ख्या मध्ये रुँघा गाविसमा २०५० पुरुष र २०९१ महिला रहेका छन्। यहाँको वार्षिक जनसङ्ख्या वृद्धिदर १।७५प्रतिशत रहेको पाइन्छ। यो जनसङ्ख्यालाई गाविसको आफ्नो उत्पादनले धानेर पनि झन्डै ४६० मेटि्रकटन अन्न बाहिर जाने गरेको एक तथ्याङ्कले देखाएको छ। नगदेवालीका रूपमा रहेको अदुवा तोरी खुसा्रनी तथा आँप सुन्तला नासपति मेवा हलुवावेद सल्यान तथा दाङ्गसम्म लिएर कृषकहरूले आयवृद्धि गर्ने गरेका छन्। जिल्लाकै प्रमुख व्यापारिक नाका सिम्रुतु वजारमा कृषकहरूले दूध घिउ विभिन्न तरकारी तथा फलफुल खसी वोका कुखुरा वेचेर प्रशस्त आम्दानी गर्ने गरेका छन्। वि।स। २०१६ साल फागुन २७ गते दिव्य चक्ष्ा प्रावि हाल निमावि भइसकेकोको स्थापना गरी वार्षिक रु ६०० तलवमा शिक्षाप्रेमी घनश्याम शर्मा उपाध्यक्षलाई शिक्षक नियुक्ति गरी गाउँमा औपचारिक शिक्षाको शुभराम्भ गरिएको स्थानीय जेष्ठ नागरिकहरूको भनाई रहेको छ। अहिलेको समयमा साक्षरता प्रतिशत हेर्दा त्यति माथि नदेखिएपनि अन्य गाविसको तुलनामा राम्रो देखिन्छ। यहाँको कुल साक्षरता प्रतिशत ४५।६९ पुरुष ५८।८६ र महिला ३२।५२ प्रतिशत रहेको २०५८को जनगणनाको तथ्याङकले देखाएको छ। पहिलो निर्वाचित गाविस अध्यक्षका रूपमा स्थानीय हिराचन्द मल्लले गाविसको हितमा थुप्रै काम गरेको स्थानीय वासीको भनाई छ। समग्र रूपमा रुँघा गाविस एक अर्कामा मेलमिलापको भावनाबाट विकासको गतिमा दौडिरहेको छ। [२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२। 
  2. "गाविस सुची", रुकुम जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]