काँक्री
काँक्री | |
---|---|
— गाउँ विकास समिति — | |
निर्देशाङ्क: २८°३२′उत्तर ८२°४७′पूर्व / २८.५३° उत्तर ८२.७९° पूर्वनिर्देशाङ्क: २८°३२′उत्तर ८२°४७′पूर्व / २८.५३° उत्तर ८२.७९° पूर्व | |
देश | ![]() |
अञ्चल | राप्ती अञ्चल |
जिल्ला | रुकुम जिल्ला |
जनसङ्ख्या (२०११)[१] | |
- जम्मा | ४६३८ |
समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
टेलिफोन कोड | +९७७-८८ |
वेबसाइट | www.ddcrukum.gov.np |
काँक्री नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम खलंगाबाट १८ कोष पूर्वमा रहेको काँक्री गाविस पनि एक हो। पहाडी भूगोलमा रहेको काँक्री गाविस आफ्नै ऐतिहासिक भौगोलिक धार्मिक राजनीतिक र सामाजिक महत्व एवं विशेषता बोकेर रहेको छ। यो गाविसको पूर्वमा वाग्लुङ जिल्ला पश्चिममा रुकुमको मोरावाङ गाविस उत्तरमा कोल र तकसेरा गाविस र दक्षिणमा रोल्पा जिल्ला पर्दछन्। काँक्री गाविस राजनीतिक भिाजन अनुसार निर्वाचन क्षेत्र नम्बर १ र इलाका नम्बर ५मा अवस्थित मनोरम पहाडी गाविस हो। भौगोलीक अवस्थित अनुसार यो गाविस २८ डिग्री २९ मिनेट १५ सेकेण्ड देखि २८ डिग्री ३७ मिनेट ३९ सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ४१ मिनेट देखि ८२ डिग्री ५५ मिनेट पूर्व देशान्तर भित्र पर्दछ। नापी साखा रुकुमको रेकर्ड अनुसार यो गाविसको क्षेत्रफल ६ हजार ७ सय २८ दशमलब ०५५ हेक्टर रहेको छ। यस जिल्लामा अविरल रूपमा वगिरहने लुकुम गाडको रूपमा चिनिने लुकुम खोलाको दक्षिण भूभागको सिमाङ्कन गर्दै जति शोभा बढाएको छ त्यतिनै धौलागिरी अञ्चलमा पर्ने निसिभुजी पाटन र रोल्पा जिल्लाको उवालेकलाई सँधै यस गाविसले एकनास नियालीरहेको रमाइलो दृश्य छ।
ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्ने]
हालको काँक्री गाविसको तल अलिकति मैदानी भाग छ। त्यहाँ पहिले मानिसहरूले गाई गोरु बाँध्ने चराउने गर्दथ्ये। त्यही समुहबाट एउटा गोरु दिनहुँ गाउँको अलि माथी थुम्कोमा आई हुक्काउने गर्दथ्यो। गोरु हुक्काउनेलाई मगरखाम भाषामा कारी भनेको र त्यही थुम्कोमा पछि मानिसहरूले बस्तीबसाउ गरेको पाइन्छ। पछि नाम अपभ्रंश हुँदै जाँदा कारीबाट काँक्री भएको हो भन्ने भनाई छ। सायद यसैको नामबाट गाउँ र पछि गाविसको नाम रहन गएको हुन सक्ने स्थानीय बुढापाकाहरूको भनाई छ। काँक्री गाविसको करिब २१३० हेक्टर वन क्षेत्रफल र १७९६ हेक्टर चरण क्षेत्रले ओगटेको छ। यस गाविसमा समशितोष्ण कोणधारी र पतझर जंगल पाइन्छन्। धुपी सल्ला बाँझ खसु्र रईज फलाट गुराँस ओखर पांगर चाप काफल सल्लो उत्तीस कटुस टुनी बाँस निगालो अल्लो खतवरुवा आदि प्रजातिका वनस्पति पाइन्छन्। जहाँ बाघ भालु स्याल घोरल राते दुम्सी बँदेल थार जस्ता वन्यजन्तु र डाँफे कालिज चाकुरा तित्रा आदि पंक्षी पाइनछन्। यस गाविसमा पाइने जडिवुटिहरूमा कुसिलो टिमुर दालचिनी लोठसल्ला पाँचऔंले चिराइतो चटामसी पदमचाल्नो कुटुकी आदि हुन्। काँक्री गाविसको सामाजिक जनजीवनलाई हेर्दा यस गाविसमा मगर जातिको बढी मात्रामा बसोवास छ भने अन्य जातिहरूमा कामी दमाई सुनार आदिको बसोवास छ। यहाँ अधिकांश मगर जातिका मानिसहरू खाम भाषा बोल्दछन्। यस गाविसमा नेपाली भाषा बेल्नेहरूको संङ्ख्या न्यून छ।
वडा नम्बर १मा पर्ने सिद्ध मन्दिर यस गाविसको प्रमुख धार्मिक स्थल हो। यस मन्दिरमा वैशाख पूर्णिमाका दिन मेला लाग्दछ भने चैते दशैमा पूजा आजा गरिन्छ। यसै दिन यहाँ स्थानीय मेला पनि लाग्ने गर्छ। यहाँ पुजाआजा गर्दा र पुजारीसँग बर मागेमा सन्तान प्राप्त हुने विश्वास छ। त्यस्तै बाइसेचौविसे राजाहरूको किल्ला ढोराल ठाना र चन्द्र राजाहरूको राजधानी चन्द्रकोट यस गाविसका ऐतिहासिक महत्व स्थानहरू हुन्। वि।स। २०३८ सालको जनगणाना अनुसार यस गाविसमा महिला २ हजार ४ सय ४८ र पसरुष २ हजार ४ सय ३१ गरी कुल जनसङ्ख्या ४ हजार ५ सय ७९ जना रहेको छ। यहाँ मानिसहरूको मुख्य पेशा कृषि हो सहायक पेशाको रूपमा आय आर्जनका लागि यहाँका मानिसहरू भारत कोरिया जापान अरब कतार मलेसिया जाने र लाहुरेमा भर्ती गर्दछन्। यस गाविसमा मकै गहुँ जौं आलु फापर र कोदोको प्रमुख खेती गरिन्छ यस गाविसमा उत्पादन हुने नगदेबालीमा खोसा्रनी तोरी ओखर आदि हुन्। यहाँ पाइने फलफूलहरूमा कागती आरु आरुवखडा स्याउ र ओखर हुन् न यस गाविसमा पिडालु सिमी बोडी काँक्रो फसर्ी मुला र लसुन जस्ता ताजा तरकारी उत्पादन हुनछन्। यहाँ राम्रो िसञ्चाईको व्यवस्था नभएतापनि साना िसञ्चाई कुलोबाट नै पाखोवारीको जमीनमा िसञ्चाई गरिन्छ। काँक्री वगर लुकुम वगर सयपातुङ खावाङ वगर यस गाविसका उर्वर फाँटहरू हुन् काँक्री गाविसबाट जडीबुटि भाङ्गो खसी बोका भेडा अल्लो ओखर धाजी डोका डाला कम्मल आदि निर्याद हुने गर्दछ। यि कुराहरू यस गाविसका आर्थिक स्रोतहरू पनि हुन्। वि।स। २०२१ सालमा प्रावि काँक्रीको स्थापना भई औपचारिक शिक्षाका प्रारुम्भ भएको हो। २०५८ साल सम्म यस गाविसमा पुरुष १ हजार ७ र महिला २ हजार ३ गरी पढ्न लेख्न सक्नेको सङख्या ३ हजार १० रहेको छ। काँक्री गाविसमा केही पर्यटकीय महत्वका स्थानहरू पनि छन् ति मध्य रोगा धुरीदे्खि निसी लेकसम्मको लेकाली भाग चौरीखर्क र जरखान भरणा प्रमुख हुन्। रोगा धुरीदेखि निसी लेकसम्मको लेकाली भाग अत्यन्तै रमनीय रहेकोले पर्यटकहरूको आकर्षकको थलो हुने देखिन्छ। यहाँबाट हिमालको रमणीय दृश्य हेरेर आनन्द लिन सकिन्छ चौंरीखर्क यस गाविसमा रहेको अर्को पर्यटकीय महत्वको स्थान हो। यहाँ खास गरी वर्षा याममा पशुहरू चराउने बुकी पाटन भएको र यस स्थानमा बुकी लगायतका विभिन्न जातका फलफूल फुल्ने भएकोले अति रमणीय हुनुका साथै यो भूभाग अग्लो स्थानमा रहेकोले चारैतिर देख्न सकिन्छ।
यस गाविसको वडा नम्बर १मा रहेका जरखान झरणा करिब १५० मिटर माथीबाट खस्ने भएकोले यो अत्यन्तै रमणीय छ। समग्रमा हेर्दा सदरमुकाम खलंगाबाट १८ कोष टाढा रहेको काँक्री गाविस दूरी गत हिसाबले जति टढा छ विकासको नजरमा पनि उति नै टाढा छ। यहाँ शिक्षा स्वास्थ्य यातायात रोजगारी खानेपानी िसञ्चाई जस्ता मानवीय आवश्यकताका पक्षहरू यस गाविसमा कमजोर छन्। काँक्री गाविसको मानसिको जीवन स्तर उकास्न विकासका पूर्वाधारहरूमा सम्बन्धीत निकायको गलिलो पाइला पर्नु आवश्यक छ।
तकसेरा
तकसेरा मध्यपश्चिमाचल विकास क्षेत्र अन्तर्गत राप्ती आचलको रुकुम जिल्लामा पर्ने ४३ गाविसमध्ये सदरमुकाम मुसिकोट २६ कोष पूर्वमा अवस्थित तकसेरा गाविस राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्रन॥ १ इलाका नं। ५मा पर्दछ। पहाडी भूभाग रहेको तकसेरा गाविस आफ्नै ऐतिहासिक भौगोलीक धार्मिक राजनीतिक सामाजिक महत्व एवं विशेषता बोकेर रहेको छ। तकसेरा गाविस बाग्लुङ् जिल्लासँगै जोडिएको छ। यसको पूर्वमा बाग्लुङको निसेलढोर गाविस पश्चिममा रुकुमको कोल उत्तरमा हुकाम र दक्षिणमा काक्री गाउँ विकास समिति पर्दछन्। तकसेरा नाम कसरी रहन गयो भन्ने सन्दर्भमा स्थानीय बुढापाकाहरूका अनुसार तकसेरा बाग्लुङ् जिल्लाको तक भन्ने ठाउँबाट र रोल्पाको सेरा भन्ने ठाउँबाट बसोवास गर्न त्यहाँ आएको हुनाले बसाईसराई गरी आउने मानिसहरूले आफू आएको ठाउँको नाम राखी बसेकाले त्यस ठाउँको नाम तकसेरा रहेको हो। यो गाविस पहिला बाग्लुङ जिल्लाको ढोरपाटन गाउँ पाचायत गर्दथ्यो। रुकुमको ४३ वटा गाउष पाचायत सीमाङ्कन गर्ने क्रममा वि।स। २०३६ सालमा तकसेरा रुकुम जिल्लामा गाभियो।
भौगोलीक अवस्थित अनुसार तकसेरा गाविस २८ डिग्री ३१ मिनेट ३० सेकेण्डदेखि २८ डिग्री ३७ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांस र ८२ डिग्री ४९ मिनेट देखि ८२ डिग्री ५७ मिनेट पूर्वी देशान्तरभित्र पर्दछ। नापी शाखाको रेकर्डअनुसार लगभग यस गाविसको जम्मा क्षेत्रफल २५१२६।२३ हेक्टर रहेको छ।
तकसेरा गाविसको थोरै भाग समथर फाँटमा पर्दछ भने धेरै लेकाली र पहाडी भूभागमा पर्दछ। समुन्द्री सतहबाट कसिब १८९९ मिटर तासे बगर देखि ४५३५ मीटर बोवाङ धुरीसँग जाडिएको लेक सम्मको उचाईमा पर्दछ।
यस गाविसको लेकाली भागमा गाईवस्तुहरू चराउने गरिन्छ भने जाडोयाममा बाक्लो हिउँ जम्ने गर्दछ। धेरै भाग वन र भीरालोपन भएकोले उब्जाउ भूमि कम भागमा रहेको छ। यस गाविसमा मकै जौं कोदो फापर खेति गरिन्छ। भने नदिको किनारामा बलौटे माटो पाइने भएकाले गहुँ खेती पनि गरिन्छ। यस गाविसको लेकाली भागमा बहुमूल्य जडिबुटीहरू यासा्रगुम्बा कटुकी कुरिलो दालचिनी पाँचऔले चिराइतो सुगन्ध वाला आदि जडिबुटीहरू पाइन्छन् भने कस्तुरी नाउर रतुवा घोरल बाघ भालु डाँफे मुनाल जस्ता वन्यजन्तु तथा पाछीहरू गाविसका गहना हुन्।
यस गाविसको वडानं। ९को बाछीगाउष र वडानं। ७को उपल्लो सेरामा रहेको भगवती मन्दिरमा वडा दशैको बेला बोका र राँगोको बली दिई पुजाआजा गरिन्छ। वडा दशैको अष्टमीका दिन भव्य मेला लाग्दछ जुन मेलामा छिमेकी जिल्ला बाग्लुङ र जिल्लाभरका मानिसहरू जम्मा भई मानोराजन गर्दछन्। त्यस्तै वडानं।१ र ५को तक गाउँमा अवस्थित चर्चघरमा प्रत्यक शनिबारका दिन त्रिश्चियन धर्मावलम्बीहरूले इशुको महिमा गान गर्दछन्। तकसेरा गाविसमा मगर जातिको बढी मात्रामा बसोवास रहेको छ भने कामी दमाई सुनार आदिको पनि बसोबास रहेको पाइन्छ। तथापि यहाँ बसोवास गर्ने सबै जातजातिका मानिसहरूले मगरखाम भाषा बोल्छन्। यहाँका बासिन्दाहरूले ऐठे मखमली भोटो स्टकोट कालो टोपी पटुका वयस्क पुरुषहरूले लगाउँछन्। भने महिलाहरूले गुन्यू चोली कोट साडी ब्लाउज धोती नाकमा फूली गलामा सिक्काको माला हातमा चाँदीको बाला र कानमा ढुङ्ग्री लगाउँछन् भने यूवायुवतीहरूले पाइन्ट सर्ट सुट र कुर्ता सुरुवाल म्याक्सी प्रुाक र मिड्डी कमिज लगाउँछन्। मगरहरूको मुख्य चाडको रूपमा बलपुजालाई रहेको छ। जुन चाडमा भूमि देवताका पुजा गर्ने चलन छ भूम्या पर्वको नामले यो पर्व चिरपरिचत छ। भोक अनिकाल रागव्याधी प्राकृतिक प्रकोप नआउने जनविश्वासका साथ वर्षेनी यो पूजा गर्ने गरेको मगर समुदायका अगुवाहरू बताउँछन्।
दशैंतिहारको रूपमा यो पर्व मगर समुदायले मनाउँछन्। हरेक वर्ष जेठ १५ गतेदेखि असारको पहिलो सातासम्म सम्पूर्ण यूवायुवतीहरू गाउँको चौतारीमा प्रत्यक दिन भेला भई महिलाहरूले रातो हरियो पहेलो पछ्यौरी र पुरुषहरूले पनि आफ्नो मौलीक पोशाक लगाई पाचैवाजाको तालमा नाच्दै गाउँँदै अन्तिम दिन गाउँ नजीकको अग्लो रमणीय फाँट भेडाको थुमा र सुँगुरको भादेलाई बली दिएर पूजा गर्दछन्। २०२८ सालको जनगाणनाअनुसार ४३३८ जनसङ्ख्या रहेको यो गाविस स्वास्थ्य शिक्षा यातायात विद्युत साचार लगायत विकासका सम्पूर्ण पूर्वाधारबाट विमुख नै छ। यहाँ पर्यटकीय महत्वको स्थान ढोरपाटन शिकार र आरक्षको धेरै भाग यसै गाविसमा रहेको छ अन्य प्राकृतिक स्रोत साधनहरूको दृष्टिले पनि यो गाविस धनी छ तर पनि दुर्गम ठाउँमा रहेकाले राज्यको जुन रूपमा ध्यान पुग्नुपर्ने हो पुग्न नसक्दा यहाँको जीवनस्तर दयनीय नै छ। तकसेरामा घरेलु उद्योगबाट बुनिने राडीपाखी विक्री वितरणका व्यवस्था मिलाउन सके र तय पेशाका लागि राज्यबाटै लगामी प्रबद्र्धन गरेमा यस गाविसको जीवनस्तर माथि उठ्न सक्छ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।
- ↑ "गाविस सुची", रुकुम जिल्ला विकास समिति।
बाह्य सूत्र[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
|