सामग्रीमा जानुहोस्

झुला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झुला
पूर्व गाविस
झुला is located in कर्णाली प्रदेश
झुला
नेपालको नक्सामा झुलाको अवस्थिति
झुला is located in नेपाल
झुला
झुला (नेपाल)
निर्देशाङ्क: २८°४२′N ८२°२३′E / २८.७०°N ८२.३९°E / 28.70; 82.39निर्देशाङ्कहरू: २८°४२′N ८२°२३′E / २८.७०°N ८२.३९°E / 28.70; 82.39
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला
जनसङ्ख्या
 • जम्मा३,३३४
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

झुला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३३४ रहेको थियो जसमध्ये १५९२ पुरुष र १७४२ महिला रहेका थिए भने यहाँ ६८६ घरधुरी रहेको थियो।[१] यो ठाउँ सदरमुकाम मुसीकोट खलङ्गा देखि ६ कोष टाढा रहेको छ। पहाडी भू-भागमा रहेको झुला आफ्नै खालको ऐतिहासीक भौगोलिक धार्मीक राजनीतिक सामाजिक महत्त्व र विशेषता बोकेर रहेको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

यो गाविसको पूर्वमा खलङ्गा र स्यालापाखा पश्चिममा दुलि र गरायला गाविस उत्तरमा बाँफीकोट र मग्मा गाविस र दक्षिणमा छिवाङ्ग गाविसकॊ विचमा रहेको छ । झुला गाविस राजनीतिक विभाजन अनुसार क्षेत्र नं. २ र इलाका न. ११ मा अवस्थित मनोरम पहाडी गाविस हो। भौगोलिक अवस्थिति अनुसार यो गाविस २८ डिग्री ३८ मिनेट ३० सेकेन्ड देखि २८ डिग्री ४२ मिनेट उत्तरी अक्षांस र ८२ डिग्री २४ मिनेट ४५ सेकेन्ड देखि ८२ डिग्री २७ मिनेट ३५ सेकेन्ड पूर्व देशान्तर भित्र पर्दछ। नापी शाखा रुकुमको रेकर्ड अनुसार यो गाविसको क्षेत्रफल १८ करोड ६९ लाख सात हजार पाँच सय हेक्टर रहेको छ। यो गाविसको भू-भाग अति प्रशंसनीय तथा प्राकृतिक छटाले भरिपूर्ण छ। भिरालो टार तथा बेशी समेत भएको हुँदा यो गाविस कृषिमा हालसम्म आत्मनिर्भर रहेको देखिन्छ। पशुपालनका लागि यस गाविसमा वनजंगल र चरणक्षेत्र प्रयाप्त छ। यस गाविसको अधिकांश भू-भाग पूर्वतर्फ फर्केको भिरालो आकारको वनावट रहेको छ। यस गाविसलाई भौगोलिक हिसावले पहाडी भाग र बेसी भाग गरी दुई भागमा विभाजन गरेको छ। पहाडी भु भागमा बढी भिरालोपन र पाँगो माटो पाइने भएकाले यस क्षेत्रमा खास गरी मकै गहुँ कोदो जौँ फापर र आलु उत्पादन हुन्छ भने बेसीसँगै बहने सानीभेरी नदिको किनारामा रहेका क्षेत्रमा धान गहूँ र तरकारी खेती राम्रो उत्पादन हुने गरेको एक प्रतिवेदनमा उल्लेख गरेको पाइन्छ। झुला गाविस नापी शाखाको टप नक्सा अनुसार समुन्द्र सतहबाट करिव नौ सय मिटर ठाँटी वगर देखि दुई हजार पाँच सय ४२ मिटर खामे लेक सम्मको उचाईमा रहेको छ।[२]

नामाङ्कन[सम्पादन गर्नुहोस्]

यस गाविसको ऐतिहासिक पृष्ठभूमिलाई खोतल्दा स्थानीय बुढापाकाका अनुसार झुला गाविसको नाम परापूर्व कालमा खलङ्गा गाविसको सिस्ने खोलामा रहेको जंगलमा आगलागी भै त्यँहाबाट निस्केको झिल्को सामुन्ने सानी भेरीको पारी गएको र त्यसै झिल्कोबाट अपभ्रंस भएर झुला नाम रहन गएको भनाई रहेको छ। [२]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

झुला गाविस खलङ्गा गाविसको नजीकै रहेको भए पनि पुल पुलेसा बाटोघाटोमा अन्य गाविसका जस्तै गरी पछाडी रहेको छ भर्खरै मात्र झुला गाविसको १ प्रतिशत भू-भागलाई छोएर मोटरबाट अगाडि गएको छ। ब्यापारिक क्षेत्र तथा हाट बजारको दृष्टिकोणले झुला गाविस गाएको तीन वर्ष देखि यता मुख्य बजार देखि नजीकै रहेको छ।[२]

धार्मिक तथा पर्यटकिय स्थलहरू[सम्पादन गर्नुहोस्]

कालिका मन्दिर बराह मन्दिर र नाथ नारायण मन्दिर झुला गाविसमा रहेका प्रमुख धार्मीक स्थलहरू हुन भङखोला सीङघा खोला र जारे खोला यस गाविसमा रहेका मुख्य खोलाहरू हुन्। झुला गाविसमा रहेका भङखोला झरणा र ठूला खर्क दह पर्यटकीय महत्त्व बोकेका प्रमुख स्थानहरू हुन्। भङखोला झरणा झुला गाविसको वडा नं।९ गांराघाट बजारको नजीकै रहेको यो झरणा बाह्रै महिना बगी रहन्छ। यसरी नै वडा नं। ७मा रहेको ठूला खर्क दहको वरीपरि जंगलले घेरेको यो दह पहाडको शिरमा अत्यन्त रमनीय र सुन्दर दह हो। जो जसको नजरमा पुग्नु पर्ने हो पुग्न सकेको छैन। [२]

वन सम्दाहरू[सम्पादन गर्नुहोस्]

यस गाविसमा कुरिलो टिमुर भलायो लगायतका आदि जडिबुटीहरू पान्छन् भने बाघ स्याल दुम्सी बाँदर गुनु जस्ता बन्यजन्तुहरू रहेका छन्।[२]

जनजीवन[सम्पादन गर्नुहोस्]

झुला गाविसमा रहेका मानिसहरूको मुख्य पेशा भनेको कृषि नै हो। दिनानुदिन बढ्दो जनसङ्ख्याको चाप तथा उत्पादनमा आएको ह्रासका कारण र कृषि उपजबाट पुग्दो आर्थिकोपार्जन नभएका कारण अन्य ब्यवसाय तथा पेशामा उन्मुख भएको पाइन्छ। डकर्मी सिकर्मी सरकारी नोकरी तथा वैदेशिक रोजगारको लागि यस क्षेत्रका युवाहरूको मुख्य आकर्षण बनेको छ।[२]

वर्तमान अवस्था[सम्पादन गर्नुहोस्]

झुला गाविसको शैक्षिक अवस्थालाई हेर्दा विक्रम संम्वद २०३१ सालमा प्राथमिक विद्यालय ठाँटी स्थापना भै औपचारीक शिक्षा प्रारम्भ भएको देखिन्छ। हाल सम्म झुला गाविसमा एउटा सम्म माध्यामीक विद्यालय स्थापना हुन सकिरहेको छैन्। यसले पनि थाहा हुन्छ त्यस क्षेत्रका मानिसहरू कतिको शिक्षित तथा सरकारी काम काजमा रहेका छन्। त्यसैले यसरी पछाडी परेका गाविसहरूलाई माथि उठाउन सरकारी निकायबाटै छुट्टै प्रकारको प्याकेज कार्यक्रमको घोषणा हुन जरुरी छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ "गाविस सुची", रुकुम जिल्ला विकास समिति