छिवाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छिवाङ
Chhiwang
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लारुकुम जिल्ला
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा५,७२५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८८
वेबसाइटwww.ddcrukum.gov.np


छिवाङ नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। रुकुम जिल्लामा पर्ने ४३ गाउँ विकास समिति मध्ये सदरमुकाम मुसिकोटबाट ३ कोष पश्चिममा रहेको एक गाविस हो । यो रुकुम जिल्लाको राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं. २ र इलाका नं. ९ मा पर्दछ ।

सिमाना[सम्पादन गर्नुहोस्]

यो गाविसको पूर्वमा जिल्लाको भलाक्चा पश्चिममा सिम्ली उत्तरमा खलङ्गा र दक्षिणमा पेउघाअर्मा गाविस पर्दछन् ।

नामांकन[सम्पादन गर्नुहोस्]

छिवाङ कसरी नाम रह्यो भन्ने सम्बन्धमा कुनै वैज्ञानिक कारण थाहा हुन नसकेपनि त्यस ठाउँमा पहिले अधिकांश दलित वस्ती रहेको र उनीहरूको लवाईखवाई र बसाई अति फोहर भएकोले बाहिरका मानिसहरूले छिछि शब्द प्रयाग गरेको र त्यस ठाउँमा स-साना फाँटहरू पनि भएकोले मगर खाम भाषामा फाँटलाई बाङ भनेर चलनचल्तीमा ल्याइयो । पछि छिछिको छि र वाङ मिलाएर त्यस ठाउँलाई छिवाङ भन्न थालेको स्थानीय बुढापाकाहरूको भनाई रहेको छ ।

भूगोल[सम्पादन गर्नुहोस्]

छिवाङ गाविस भौगोलिक अवस्थित अनुसार २८डिग्री ३८ मिनेट देखि २८ डिग्री४१ मिनेट उत्तरी अक्षांस र ८२ डिग्री १९ मिनेट देखि ८२ डिग्री २४ मिनेट पूर्वी देशान्तरको बीचमा अवस्थित छ। नापीशाखा रुकुमको रेकर्ड अनुसार यस गाविसको क्षेत्रफल २६३७। ५५३० हेक्टर रहेको छ। छिवाङ गाविसको अधिकांश भूभाग पहाडी र थोरै भूभाग फाँट जीउलामा पर्दछ। पहाडी भूभागमा विशेषगरी मकै, गहुँ, जौ, आलु, कोदो, फापर जस्ता बाली उत्पादन हुन्छन् भने ज्यूलामा धान तथा तरकारी खेती गरी मनग्गे आर्थिक उपार्जन गर्दछन् छिवाङवासीले ।

मौसम[सम्पादन गर्नुहोस्]

समुन्द्री सतहबाट ९०० मिटर देखि १८७३ मिटरमा अवस्थित यस गाविसमा जाडोमा जाडो र गर्मी मौसम गर्मी नै हुन्छ। एक अध्ययन अनुसार यस गाविसको तापक्रम न्यूनतम ५ डिग्री देखि अधिकतम ३१ डिग्री से_िल्सयस सम्म पुग्दछ। असारदेखि भदौ महिना सम्म बढी वर्षा हुने यस ठाउँमा सरद र १५०० मिलिलिटर वर्षा हुनेगर्दछ ।

वन सम्पदा[सम्पादन गर्नुहोस्]

यहाँको करिब ४७० हेक्टर वन क्षेत्र ३७१ हेक्टर चरण क्षेत्रले ओगटेको छ ठण्डा समशितोष्ण हावापानी भएकाले यहाँ विभिन्न किसिमका जडिबुटी तथा वन्यजन्तुहरू पाइन्छन्। यस गाविसमा बाघ स्याल घोरल खरायो जस्ता वन्यजन्तु र कालिज चाखुरा तिर्था आदि पंक्षिहरू पाइन्छन्। तिमुर सिलपारो बोक्रे मलायो यस ठाउँका प्रमुख जडिवुटिहरू हुन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

यहाँको कुल जनसङया ५७२५ रहेको छ। जसमध्ये पुरुष २७०३ र महिला ३०२२ रहेका छन्।

जन जिवन[सम्पादन गर्नुहोस्]

यहाँको मुख्य पेशा कृषि हो सरकारी सेवामा लागेका मानिसहरू अतिनै न्यून देखिन्छन्। यहाँका मानिसहरू कमाई गर्नका लागि छिमेकी मुलुक भारततिर छिर्ने गर्दछन्। यस गाविसमा रहेका कुल ९४१ घरधुरी मध्ये ९३८को आफ्नै जग्गा छ भने ३ घरधुरी जग्गा विहिन रहेका छन्।

विकास गतिविधी[सम्पादन गर्नुहोस्]

मेटरवाटोले छिवाङ गाविसलाई छोएको छ भने विद्युत विद्यालय भवन खानेपानी सिचाई लगायत भौतिक पूर्वधारका क्षेत्रमा छिवाङ गाविस जिल्लाका अन्य पिछडिएका गाविसका तुलनामा अगाडि देखिन्छ। तथापि अहिलेकै स्थितिमा विकासका हिसाबले पूर्ण भइसक्यो भन्न सकिदैन।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०२ मिति
  2. "गाविस सुची", रुकुम जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]