खारा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खारा
—  गाउँ विकास समिति  —
खारा is located in Nepal
खारा
खारा
नेपालमा स्थान
निर्देशाङ्क: २८°३३′उत्तर ८२°२६′पूर्व / २८.५५° उत्तर ८२.४३° पूर्व / 28.55; 82.43निर्देशाङ्क: २८°३३′उत्तर ८२°२६′पूर्व / २८.५५° उत्तर ८२.४३° पूर्व / 28.55; 82.43
देश  नेपाल
अञ्चल राप्ती अञ्चल
जिल्ला रुकुम जिल्ला
जनसङ्ख्या (२०११)[१]
 - जम्मा ५,१२२
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-८८
वेबसाइट www.ddcrukum.gov.np


खारा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस सदरमुकाम मुसिकोट देखि ५ कोश दक्षिणमा अवस्थित छ।

भूगोल[सम्पादन गर्ने]

नेपालको मानचित्रमा हेर्दा खारा २९ डिग्री ४५ मिनेटदेखि ३३ डिग्री १५ मिनेट उत्तरी अक्षांस र ८२ डिग्री २३ मिनेट देखि ८२ डिग्री २७ मिनेट ४५ सेकेन्ड पूर्वी देशान्तरमा रहेको छ। खारा गाविसको पूर्वमा रुकुमको रुँघा गाविस पश्चिममा छिमेकी जिल्ला सल्यानको ढाकादम र शिवरथ गाविस उत्तरमा रुकुमको मुरु गाविस र दक्षिणमा सल्यानको बाँफूखोला र रोल्पाको पाखापानी र राँक गाविस पर्दछन्। तीन जिल्लाले घेरेको यो गाविस निर्वाचन क्षेत्र नं. १ र इलाका नं. १मा नै पर्दछ। समुन्द्री सतहबाट करिब १२२५ मिटरदेखि २६८२ मिटर खामेलेक सम्मको उचाई रहेको यो गाविसको झण्डै ७० प्रतिशत भूभाग पहाड लेक र वन क्षेत्रले ओगटेको छ भने बाँकी ज्यूला र फाँटहरू रहेका छन्।[२]

कृषि उपज[सम्पादन गर्ने]

खारा गाविसको नौ वटै वडाहरूमा मकै गहुँ कोदो बढी मात्रामा उत्पादन हुन्छ भने खोलाको किनारामा रहेको थोरै मात्र फाँटमा धान खेती पनि गरिन्छ। अन्न तथा दलहन उत्पादन गरेर खारावासी रोगकीरा तथा अन्य प्राकृतिक प्रकोप नभएको वेला कृषि क्षेत्रमा आत्मनिर्भर भएको पाइन्छ। जङ्गल बढी भएकाले भैंसीपालन गरेर वर्षेनी सयौं क्वीन्टल घिऊ जिल्लाभित्र र जिल्लावाहिर सल्यान दाङका मुख्य वजार सम्म लिएर बिक्री गर्ने गर्दछन्।[२]

व्यापार व्यवसाय[सम्पादन गर्ने]

खारा गाविसमा भीरालो जमीनमा भीरालो जमीनका कारण वर्षेनी खेतीयोग्य जमीन भू-क्षबाट नोक्सान हुने गरेको छ। यहाँको औसत तापक्रम ५ डिग्री सेन्टिग्रेडदेखि ३२ डिग्री सेन्टीग्रेडसम्म रहेको छ। सरदर १७५ मिलिलिटर वर्षा हुने यस गा.वि.स.मा टिमुर समायो बोझो पुवा दालचिनी रिठा सल्लाको खोटो लगायतका स्थानीय जडिबुटीहरू बेचविखन गरी खारावासीहरूले मनग्गे आर्थिक उपार्जन गरेका छन्। यहाँको मुख्य पेशा कृषि तथा पशुपालन नै रहेको छ भने पैँसा कमाउन स्थानीयवासीहरू छिमेकी कुलुक भारत तथा खाडी मुलुकतर्फ जाने परम्परा कायमै छ।[२]

इतिहास[सम्पादन गर्ने]

राप्ती लोकमार्ग अन्तर्गत सल्यान-मुसिकोट सडक खण्डले छोएको यो गाविसको वडा नं. २मा झुल्नेटा बजार र खौलाछेर्ना जिल्लाकै प्रमुख ब्यापारिक स्थलका रूपमा परिचित छ। खारा गाविस राणाकालमा जाजरकोट जिल्लाको विर्ताभित्र पर्दथ्यो। पछि सल्यान जिल्लामा गाभियो। सल्यायनबाट फेरी रोल्पा जिल्लामा गाभियो। रोल्पाबाट फेरी विक्रम सम्वत २०४३ सालसम्म सल्यान मै गाभियो र रोल्पाबाट फेरी रुकुम जिल्लाको नयाँ क्षेत्र भनेर चार गाविसहरू रुकुममा गाभियो। त्यतिवेलादेखि खारा गाउँ पाचायत हुँदै गा.वि.स.का रूपमा आफ्नो पहिचान कायम राखेको छ। स्थानीय बुढापाकाहरूका अनुसार सल्यान जिल्लाको ढाकाडाम गा.वि.स.मा मानव बस्ती भइसकेपछि फलामको काम गर्ने मानिसहरूले काठ पोलेर गोल बनाउन यस ठाउँमा आउने गरेको र त्यस ठाउँलाई गोलखारो भनिन्थ्यो। पछि यसै ठाउँमा ढाकाडामका मानिसहरू बसाई सरेर आए र सो बस्तीलाई खारा भन्न थालेका हुन्।[२]

विकासका गतिविधीहरू[सम्पादन गर्ने]

उपस्वास्थ्य चौकी अतिरिक्त हुलाक तथा निजी स्रोतबाट सञ्चालित मा.वि., नि.मा.वि. र प्रा.वि. विद्यालयहरू हाल साचालनमा आएका छन्। खाराको सतिपोलेमा नेपाली सेनाको ब्यारेक छ तर दैनिक जनतासँग सरोकार राख्ने प्रहरी प्रशासनको भने उपस्थिति छैन। टेलिफोन लाईन विस्तार नभएपनि सीडीएमए फोन स्काई तथा नमस्ते मोबाईल सञ्चालनमा आएको छ। विद्युत नहुँदा दियालो बाल्नुपर्ने बाध्यता रहेको छ भने केहीले सोलारबाट उज्यालो पाइरहेका छन्। सहर बजारको पहुँच यातायातका हिसाबले खारा अन्य गा.वि.स.हरूका तुलनामा अघि छ तथापि विकासका सबै पूर्वाधाहरूबाट भने यो गा.वि..स अँझै पनि पछाडी नै रहेको छ। शैक्षिक रूपमा पनि यो गा.वि.स. निकै पछाडी छ झण्डै ४६ प्रतिशत यस गा.वि.स.मा साक्षर रहेको तथ्याङ्क भएतापनि उच्चशिक्षासम्म हासिल गर्नेहरूको संख्या अत्यन्तै न्यून रहेको छ।[२]

जनसङ्ख्या[सम्पादन गर्ने]

२०५८ सालको जनगणना अनुसार ५४२६ जनसङ्ख्या रहेको यस गा.वि.स.मा २७२६ महिला र २७०० पुरुष रहेका छन्।[२]

वर्तमान अवस्था[सम्पादन गर्ने]

द्धन्द्धमा राज्यपक्षबाट सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति ब्यहोरेको खारालाई पछिल्लो बेला सरकारले शान्ति गाउँ घोषणा गरी त्यसको विकासका लागि वर्षेनी लाखौँको बजेट छुट्याउनुका साथै अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले पनि प्राथमिकताका साथ राहत एवं निर्माणका कार्यहरू अघि बढाएका छन्।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]