खाराको दोस्रो लडाइँ
खाराको दोस्रो लडाइँ | |||||||
---|---|---|---|---|---|---|---|
माओवादी जनयुद्धको भाग | |||||||
| |||||||
योद्धा | |||||||
|
| ||||||
सेनापतिहरू | |||||||
प्यारजङ्ग थापा मेजर हरिबाबु बोगटी |
पुष्पकमल दाहाल[१] नन्दकिशोर पुन जनार्दन शर्मा कृष्णबहादुर महरा | ||||||
शक्ति | |||||||
≈ युनिफाइड कमान्ड अन्तर्गत नेपाल प्रहरीका २५ जना कर्मचारी सहित १६६ जना सैनिक | ≈ ६,००० विद्रोही[२] | ||||||
मृत्यु र क्षति | |||||||
३ वीरगति | ≈ ३०० मृत्यु |
खाराको दोस्रो लडाइँ २०६१ चैत २५ राति- २६ बिहान मा खारा, रुकुम स्थित सैन्य अड्डामा भएको लडाई थियो। यो नेपाली गृहयुद्धको प्रमुख लडाई थियो। शाही नेपाली सेनाले सफलतापूर्वक अन्त्यन्त न्यूनतम क्षतिमा आक्रमण गरेेेेको थियो भयो जबकि जनमुक्ति सेनाको तर्फ ठूलो हताहत भएको थियो।[३] पहिलो खारा लडाई पछी खारामा बिमान भेदी हतियार राखिएको थियो, र माओवादीहरूले त्यही हतियार प्राप्त गर्ने लक्ष्य राखेका थिए।
स्थान
[सम्पादन गर्नुहोस्]दक्षिण-पश्चिम रुकुमको पहाडमा खारामा सैनिक अड्डा अवस्थित थियो। रुकुम जिल्लालाई अत्यन्त माओवादी प्रभावित र आधार इलाका मानिन्थ्यो।[४] यो ब्यारेक सेनाको जिल्ला मुख्यालय, मुसिकोटबाट करीव १६ किलोमिटरको हवाई दूरीमा रहेको थियो। [५] यो सैनिक अड्डा माथि २०५९ जेठ १३ मा आक्रमण भएको थियो र शाही नेपाली सेनाको नेपाली सैनिक विमान सेवाले विद्रोहीलाई परास्त गरेको थियो र प्रत्याक्रमण गर्दा १५० भन्दा बढी विद्रोहीको हाताहात भएको थियो। [६][७]
लडाइँ
[सम्पादन गर्नुहोस्]पासाङ को नेतृत्वमा रहेको जनमुक्ति सेनाको केन्द्रीय कमाण्डलाई आक्रमणको प्राथमिक जिम्मेवारी दिइयो भने पश्चिमी कमान्डले सहयोग गर्ने काम थियो। कम्पनीले चैत २५ मा बेलुका ३:३० मा हमला हुनेछ भन्ने कुरा स्थानीय स्रोतबाट पुष्टि गर्यो। [५]
ब्यारेक शिविरबाट पठाइएको एक अब्जरवेसन पोस्टको नजरमा बेलुका ६:०० मा बिद्रोहीहरू देखा परे। त्यसपछि दुवै पक्ष वीच मोर्टार प्रहार भयो। सैन्य शिविरको वरिपरि माइनफिल्डहरू र काँटेदार-तारको अवरोध थियो जसलाई विद्रोहीहरूले पार गर्न सकेनन्। [७] बिहान १:०० बजे विद्रोहीहरूले ट्रेन्च बनाएर पश्चिमी गेटमा तारबार तोड्न सफल भए, तर सेनाले छोटो दूरीको फायर र ग्रेनेड हमला गरेपछि उनीहरू अगाडि बढ्न सकेनन्। [५]
सेनालाई १२:३० देखि ४:३० सम्ममा ३ पटकसम्म हेलिकप्टरबाट मेशिन गन फायर र बम प्रहार गरी सहयोग गरेको थियो। १०:०० सम्ममा बीच-बीचमा गोलीबारी भएको थियो जब माओवादीहरू मारिएका र घाइतेलाई पुनःप्राप्त गर्न पछि हटे। [५]
पछि
[सम्पादन गर्नुहोस्]जनमुक्ति सेनाको ६५ जनाको मृत्यु भएपछी उनीहरू पछाडि हट्नु परेको थियो। [८] यसभन्दा अघि गणेशपुर, पानडुन आदिमा खटाई विद्रोहीहरूले भोग्नुपरेको ठूलो क्षतिको कारण माओवादीले राजनीतिक दलहरूसँग हात मिलाए। [९] यस निर्णयलाई २०६२ असोज मा चुनबाङ केन्द्रीय समितिको बैठकले अनुमोदन गर्यो जसले २०६२ मङ्सिर मा आन्दोलनकारी राजनीतिक दलहरूसँग दिल्लीमा १२ बुँदे सहमति गरेको थियो। [१०]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ विवश, नवीन, "फाइटर झरनाको असली लडाइँ", नयाँ पत्रिका, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२०।
- ↑ गिरी, कृष्ण, "कमरेड ! अब म पनि नोकरी गर्दैछु", शिलापत्र, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२०।
- ↑ रामेश्वर थापा। "खारामा जोखिमपूर्ण अवतरण"। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ पोस्ट, मार्टिन, "Rukum after the sweep", नेपाली टाइम्स, कुन्दा दिक्षित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२०।
- ↑ ५.० ५.१ ५.२ ५.३ "खाराको युद्ध", प्रेम सिंह बस्न्यात, अन्तिम पहुँच १० सेप्टेम्बर २०२०।
- ↑ "माओबादीले बिर्सन नसक्ने १३६ घटना"। शिलापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ ७.० ७.१ Cowan, Sam, "The lost battles of Khara and Pili", himalmag, अन्तिम पहुँच १० सेप्टेम्बर २०२०।
- ↑ "65 Maoists killed in clash with Nepal army", Dawn, अन्तिम पहुँच १० सेप्टेम्बर २०२०।
- ↑ "This is a major disaster", Nepalitimes, अन्तिम पहुँच १० सेप्टेम्बर २०२०।
- ↑ "12-point Maoist MoU", Nepalitimes, Kunda Dixit, अन्तिम पहुँच १० सेप्टेम्बर २०२०।