तासुकाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तासुकाँडा ६ न. प्रदेश, बाँफिकोट गाँउपालिकाको पालाकोट वडा पालिका अन्तरगत पर्ने उच्च स्थान हो । यो समुन्द्रि सतह देखि २००० मी. उचाइमा अवस्थित छ जहाँ तासुसाइकुमारी मन्दिर रहेको छ। जसको ठुलो भुभाग समथल छ । जसलाइ ससस्त्र युद्धको समयमा जनमुक्ति सेनाहरूले ट्रेनिङ्ग स्थलआवस स्थल र कार्यक्रम स्थलका रूपमा प्रयोग गरेका थिए । पौरानिक कालमा स्वर्गद्वारी प्रभु देवि-हाल प्युठान स्वर्गद्वारी)कि माहिली बहिनी मुसीकोटको डिक्रेशाहिकुमारीमा र कान्छी बहिनी यहि पालकोटको तासुकाँडा भन्ने ठाँउमा आइ तपस्या गरेको भन्ने किम्बदन्ति छ । यसको एउटा छुट्टै धार्मिक महत्त्व पनि छ । जहाँ पुसमाघको जाडो समायमा मेला लाग्ने गर्दछ ,उक्त मेलाको पनि फरक विशेष्ता छ यो मन्दिरमा पुजाआजा गर्न आउने भक्तालुहरूले रातभरि आगोको अगुल्ठोले अँधेरो भागतिर हिर्काउन चलन छ । जसको अर्थ हो अँधेरो कालो मैलो हटाउनु, वा अँधेरोलाइ हिर्काएपछि मनभित्रको कालो मैलो डर त्रास विहिन सफा मन हुन्छ । अन्धाकारलाइ सराप्नु भन्दा एक्लै भएपनि उज्यालो फैलाउने कोसिस गर्नु भन्ने हुन्छ । जब विहान हुन्छ युवयुवतीहरु जम्मा भएर सिस्नोले हानाहान खेलिन्छ र मनोरञ्जन गर्ने चलन छ । मन्दिर तथा गुरिल्ला ट्रेनिङ्ग स्थल संरक्क्षणको लागि तारबार तथा मर्मत सम्भार गर्न काम भैरहेको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]