राकम कर्णाली गा.वि.स.
राकम कर्णाली गा.वि.स. | |
---|---|
![]() ![]() राकम कर्णाली गा.वि.स. नेपालको नक्सामा राकम कर्णाली गा.वि.स. | |
निर्देशाङ्क: २९°०४′N ८१°२८′E / २९.०६°N ८१.४६°Eनिर्देशाङ्कहरू: २९°०४′N ८१°२८′E / २९.०६°N ८१.४६°E | |
देश | ![]() |
अञ्चल | भेरी |
जिल्ला | दैलेख |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | २२०१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
राकम कर्णाली दैलेख जिल्लाको एक गा.वि.स.हो।

भुगोल[सम्पादन गर्नुहोस्]
राकम कर्णाली क्षेत्रफलको हिसाबल दैलेख जिल्लाको सबै भन्दा सानो गा.वि.स.हो।यो गा.वि.स.को भू-भाग कर्णाली नदीको किनारामा फैलिएको हुनाले यसको नाम राकम कर्णाली रहन गएको हो।यो गा.वि.स.को सिमाना पूर्वमा पिपलकोट गा.वि.स. पश्चिममा सिँगौडी गा.वि.स. दक्षिणमा सिँहासैन र तिलेपाटा गा.वि.स. उत्तरमा कर्णाली नदी रअछाम जिल्लासँग जोडिएको छ।
संस्कृति[सम्पादन गर्नुहोस्]
राकम कर्णाली गा.वि.स.मा मुख्य रूपले माझी,ठकुरी,क्षत्री र दलित जातीको बसोवास रहेको छ। बजार व्यवस्थ्यापन भएका कारण यहाँ अन्य जातीको बसोवास पनि रहेको छ।यहाँको मुख्य भाषा खस भाषा नै हो। तर अब नयाँ पिँढीमा भाषाको परिवर्तन पाईएको छ।यहाँको मुख्य धर्म हिन्दू नै है।यहाँ दशैँ, तिहार,माघे सक्रांती,चैते दशैँ,फागु पूर्णिमा.साउने सक्रांती, मालिका चतुर्दशी,हरितालीका तिज आदी चाड पर्वहरू मनाइन्छन्।हरेक वर्ष माघि सक्रांन्तीमा यहाँ कर्णाली नदिको बिच टापुमा "नान टापु" नामको जात्रा लाग्दछ।यहाँ मुख्य रूपले देउडा कलाको प्रतियोगिता पनि आयोजना गरिन्छ।
विकाश परियोजना[सम्पादन गर्नुहोस्]
यो गा.वि.स.सुर्खेत-जुम्ला सडकखण्डसँग जोडिएको छ।यहाँका वासिन्दाले २०६० सालमा पहिलो पटक गाडी देख्न पाएका हुन्। यहाँ "सफरस नेपाल" र स्थानियवासीको संयूक्त प्रयासमा स्थानिय कानेगाड खोला मा बाँध बनाएर २०६४ सालमा बिजुली उत्पादन कार्य सफल भएको छ। यहाँका स्थानिय वासिन्दाहरूको सक्रियतामा यहाँ रहेको प्रा.वि.लाई मा.वि.स्विकृती गराईएको छ। यि लगायत यहाँ विकास कार्यहरू तिब्र रूपमा चालु रहेका छन्। हाल यो गाविस लगायत आसपासका गाविसहरूलाई जोडेर दैलेख जिल्लाको आठबिस नगरपालिका बनाइएको छ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
राकम कर्णालीको जनसङ्ख्या २२०१ रहेको छ यहाँ ४०२ घर धुरीहरू रहेका छन्।[१]
स्रोत[सम्पादन गर्नुहोस्]
- ↑ नेपालको जनगणना २०४८
हेर्नुहोस्[सम्पादन गर्नुहोस्]