सामग्रीमा जानुहोस्

राकम कर्णाली

निर्देशाङ्कहरू: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राकम कर्णाली
पूर्व गाविस
राकम कर्णाली मा पर्दछ कर्णाली प्रदेश
राकम कर्णाली
नेपालको नक्सामा राकम कर्णालीको अवस्थिति
राकम कर्णाली मा पर्दछ नेपाल
राकम कर्णाली
राकम कर्णाली (नेपाल)
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
क्षेत्रफल
 • जम्मा१२.०६ किमी (४.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,८१४
 • घनत्व२३०/किमी (६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

राकम कर्णाली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २८१४ रहेको थियो जसमध्ये १३४४ पुरुष र १४७० महिला रहेका थिए भने यहाँ ५५६ घरधुरी रहेको थियो।[] यो हाल आठबीस नगरपालिकामा पर्दछ।

यो आठबीस नगरपालिकाको वडा नम्बर ४ हो।

राकम कर्णाली क्षेत्रफलको हिसाबल दैलेख जिल्लाको सबै भन्दा सानो गा.वि.स.हो।यो गा.वि.स.को भू-भाग कर्णाली नदीको किनारामा फैलिएको हुनाले यसको नाम राकम कर्णाली रहन गएको हो।यो गा.वि.स.को सिमाना पूर्वमा पिपलकोट गाविस पश्चिममा सिँगौडी गा.वि.स. दक्षिणमा सिंहासैनतिलेपाटा गाविस उत्तरमा कर्णाली नदी रअछाम जिल्लासँग जोडिएको छ।

राकम कर्णाली गाविसमा मुख्य रूपले ब्राह्मण,माझी,ठकुरी,क्षत्री र दलित जातीको बसोवास रहेको छ। बजार व्यवस्थ्यापन भएका कारण यहाँ अन्य जातीको बसोवास पनि रहेको छ।यहाँको मुख्य भाषा खस भाषा नै हो। तर अब नयाँ पिँढीमा भाषाको परिवर्तन पाईएको छ।यहाँको मुख्य धर्म हिन्दू नै है।यहाँ दशैँ, तिहार,माघे सक्रांती,चैते दशैँ,फागु पूर्णिमा.साउने सक्रांती, मालिका चतुर्दशी,हरितालीका तिज आदी चाड पर्वहरू मनाइन्छन्।हरेक वर्ष माघि सक्रांन्तीमा यहाँ कर्णाली नदिको बिच टापुमा "नान टापु" नामको जात्रा लाग्दछ।यहाँ मुख्य रूपले देउडा कलाको प्रतियोगिता पनि आयोजना गरिन्छ।

विकाश परियोजना

[सम्पादन गर्नुहोस्]

यो गा.वि.स.सुर्खेत-जुम्ला सडकखण्डसँग जोडिएको छ।यहाँका वासिन्दाले २०६० सालमा पहिलो पटक गाडी देख्न पाएका हुन्। यहाँ "सफरस नेपाल" र स्थानियवासीको संयूक्त प्रयासमा स्थानिय कानेगाड खोला मा बाँध बनाएर २०६४ सालमा बिजुली उत्पादन कार्य सफल भएको छ। यहाँका स्थानिय वासिन्दाहरूको सक्रियतामा यहाँ रहेको प्रा.वि.लाई मा.वि.स्विकृती गराईएको छ। यि लगायत यहाँ विकास कार्यहरू तिब्र रूपमा चालु रहेका छन्। हाल यो गाविस लगायत आसपासका गाविसहरूलाई जोडेर दैलेख जिल्लाको आठबिस नगरपालिका बनाइएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग