जगनाथ
Jump to navigation
Jump to search
जगनाथ | |
---|---|
देश | ![]() |
अञ्चल | भेरी |
जिल्ला | दैलेख |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
जगनाथ दैलेख जिल्लाको एक गाउँ विकास समिती हो। दैलेखको पूर्वी क्षेत्र जाजरकोटको सिमानामा पर्ने जगनाथ गाविस भौगोलिक रूपले विकट सदर मुकामबाट ११ कोष टाढा रहेको छ। यो गाविस २०३९ सालमा पूर्व मेहेलतोली गाविसबाट अलग भएको थियो भने पछि राज्यको पूनरसंरचना संगै यस गाविसका चर्चित देवता जगनाथ मावईको नामबाट नामाकरण भई जगनाथ गाविस रहन गयो। यस गाविसमा मुख्य गरी रुमी, तुर्सु, सीमा ,पोखरा, कुल्ले, डौरी, मन्घर गाँउहरू रहेका छन्। यस गाविसमा जगनाथ मावई, मालिका, देउराली, मष्टो लगाएतका धार्मिक सम्पदा र चमेरे गुफा धुँ गर्ने वडार र भैरी लेख जस्ता प्राकृतिक सम्पदा रहेका छन्।
हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य सूत्र[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा जगनाथ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |