सामग्रीमा जानुहोस्

जगनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगनाथ
पूर्व गाविस
जगनाथ मा पर्दछ कर्णाली प्रदेश
जगनाथ
नेपालको नक्सामा जगनाथको अवस्थिति
जगनाथ मा पर्दछ नेपाल
जगनाथ
जगनाथ (नेपाल)
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
क्षेत्रफल
  जम्मा२९.०७ किमी (११.२२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२,८०३
  घनत्व९६/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

जगनाथ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २८०३ रहेको थियो जसमध्ये १३६२ पुरुष र १४४१ महिला रहेका थिए भने यहाँ ५०४ घरधुरी रहेको थियो।[] यो हाल भगवतीमाई गाउँपालिकामा पर्दछ। यो वडाहरू भगवतीमाई गाउँपालिकाको वडा नम्बर ४ हो।

दैलेखको पूर्वी क्षेत्र जाजरकोटको सिमानामा पर्ने जगनाथ गाविस भौगोलिक रूपले विकट सदर मुकामबाट ११ कोष टाढा रहेको छ। यो गाविस २०३९ सालमा पूर्व मेहेलतोली गाविसबाट अलग भएको थियो भने पछि राज्यको पूनरसंरचना संगै यस गाविसका चर्चित देवता जगनाथ मावईको नामबाट नामाकरण भई जगनाथ गाविस रहन गयो। यस गाविसमा मुख्य गरी रुमी, तुर्सु, सीमा ,पोखरा, कुल्ले, डौरी, मन्घर गाँउहरू रहेका छन्। यस गाविसमा जगनाथ मावई, मालिका, देउराली, मष्टो लगाएतका धार्मिक सम्पदा र चमेरे गुफा धुँ गर्ने वडार र भैरी लेख जस्ता प्राकृतिक सम्पदा रहेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग