तिपालेटा गा.वि.स.
तिपालेटा गा.वि.स. | |
---|---|
देश | ![]() |
अञ्चल | भेरी |
जिल्ला | दैलेख |
जनसङ्ख्या | |
• जम्मा | ४३०५ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
तिलेपाटा दैलेखजिल्लाको एक गाउँ विकास समिती हो।
भूगोल[सम्पादन गर्नुहोस्]
यो गा.वि.स.मा दैलेख जिल्लाको क्षेत्र नं. २ तथा ईलाका नं ११ मा अवस्थित रहेको छ। यो एक पहाडी भू-भाग स्थित गा.वि.स.हो। यहाँको भू-भाग औल, लेक र द्वयम गरी तिन भागमा विभाजित गरीएको छ। यो गा.वि.स.को सिमाना पूर्वमा सिँहासैन गा.वि.स. पश्चिममा सिँगौडी गा.वि.स. दक्षिणमा तोलीजैसी र उत्तरमा राकम कर्णाली गा.वि.स. सँग जोडिएको छ।
इतिहास[सम्पादन गर्नुहोस्]
यो गा.वि.स.को नामांकन गा.वि.स.कै वार्ड नं. ५ अन्तर्गत पर्ने "तिलेपाटा" भन्ने गाउँको नामबाट राखिएको हो। उक्त गाउँ उहिले देखि नै "चंदम" र "डुङ्स्या"दुई थरिका ठकुरीहरूको बसोवास रहेको छ। यिनिहरू उहिले देखिनै एक आपसमा लड्दै आएको कुरा थाहा हुन आएको छ। यो गा.वि.स. २००७ साल भन्दा पहिले पनि यस क्षत्रको तालुका रहेको थियो। यही गा.वि.स.का चंदम वंशी ठकुरीहरूले यहाँको बाहाली समालेका थिए। २०६० साल भदौ महिनामा ने.क.पा. माओवादी द्वारा मारिनु भएका नेपाली काँग्रसका नेता स्व. भद्र बहादुर शाही यसै चंदम ठकुरी वंशका हुन्। २०५९ सालको चैत्र महिनामा नेपाली शेना द्वारा मारिनु भएका शहिद दिपक बहादु शाही पनि यही वंशका हुन्।
विकाश परियोजना[सम्पादन गर्नुहोस्]
तिलेपाटा दैलेख जिल्लाको ईलाका नं ११ को सबै भन्दा विकसित गा.वि.स.हो । यहाँ २०३६ सालमा माध्यमिक विद्यालय स्थापना भएको थियो। गा.वि.स.मा खानेपानी, सिचाईँ, घोडेटो बाटो आदी विकाश कार्यहरू समयमा नै सम्पन्न भै सकेका छन्। यसका साथै यो गा.वि.स.लाई पश्चिम दैलेखको श्रोत केन्द्र राखिएको छ। हाल यो गाविस लगायत आसपासका गाविसहरूलाई जोडेर दैलेख जिल्लाको आठबिस नगरपालिका बनाइएको छ । नगर पालिकाको कार्यलय पनि यसै ठाउँमा राखिने योजना रहेको छ ।
संस्थागत पूर्वाधार १. १ क्याम्पस (आठवीस शिक्षा क्याम्पस) १२ वटा विद्यालय २. स्वास्थ्य चौकि ३. प्रहरी चौकि ४. अतिरिक्त हुलाक कार्यालय
सडक : दह तिलेपाटा तथा तिलेपाटा राकम सडक, तिलेपाटा भिउलेकोट-मडासैन सडक
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
यो गा.वि.स.को जनसङ्ख्या ४६५० रहेको छ। यि मध्य महिला ५०% र पुरुष ५०% रहेका छन्।[१]
संस्कृति[सम्पादन गर्नुहोस्]
यो गा.वि.स.मा बाहुन, ठकुरी, क्षेत्री, र दलित जातीहरूको बसोवास रहेको छ। यहाँको प्रमुख भाषा खष भाषा हो। यहाँको प्रमुख धर्म हिन्दू धर्म नै हो।यहाँ हिन्दूहरूले मनाउने सबै चाड पर्वहरू मनाईन्छन्। यहाँ प्रत्यक वर्ष नयाँ वर्ष (वैसाख १ गते) र असोज १ गते स्थानिय "गाईजात्रा" भन्ने ठाउँमा क्रमश: गल्लौडी र गाईजात्रा नामक स्थानिय मेला लाग्दछ। यि लगायत "बेरु पाटा" गाउँको भुवा पर्व र भैनी जात्रा जात्रा तर्कुको "गल्लौडी" जात्राहरू यहाँका मुख्य जात्राहरू हुन्। यहाँ "बुसाँकोट"को "अधिकारी" र "जगनाथ" देवताहरूको पूजामा पनि भव्य मेला लाग्दछ।
गाउँहरू[सम्पादन गर्नुहोस्]
तिलेपाटा गा.वि.स.मा निम्न गाउँहरू पर्दछन् :-
यता पनि हेरौँ[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ नेपालको जनगणना २०५८