सामग्रीमा जानुहोस्

कपुरनाउली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कपुरनाउली दैलेख जिल्लाको दुल्लु नगरपालिकामा पर्ने पाथरनाउलीदेखि करिब ३०० मिटर पूर्वतर्फ ठाडो खाल्सामा रहेको एक कुवा हो।[][] यस कुवाको पानी सुगन्धित तथा कपुरको जस्तो वासना आउने भएकोले यस कुवाको नाम कपुर नाउली पर्न गएको हो। पहिलेका दिनहरूमा यस नाउलीको पानी पूजाअर्चनाको लागि मात्र प्रयोग गरिन्थ्यो भन्ने भनाइ रहेको छ। यस कुवामा रजस्वाला भएकी स्त्रीहरूले छोएमा कुवाबाट सर्प निस्किन्छ भन्ने अझैँ पनि जनविश्वास रहेको छ। यस नाउलीमा अभिलेख रहेको छ। अभिलेखमा शाके १२७६ उत्कृण गरिएको छ। अभिलेखमा अन्य कुराहरू पनि उत्कृण गरिएको भए पनि पढ्न सकिने अवस्थामा देखिदैन। अत्यन्त कलात्मक ढुङ्गाहरूबाट निर्मित यस नाउलीको अभिलेखमा उल्लेख गरिएको वर्षको आधारमा यस नाउलीको निर्माण तत्कालिन खस मल्ल राजा पृथ्वी मल्लको पालामा भएको हो भन्ने बुझिन्छ। यस नाउलीको पानी अत्यन्त कंचन रहेको भए पनि संरक्षण र सम्वर्द्धनको अभावमा नाउलीमा लगाइएका शिलापट्टहरू यत्रतत्र छरिएर रहेका छन्। नाउलीको सफाइ नगरेसम्म नाउलेमा रहेको अभिलेख पढ्न सकिने अवस्था छैन। वर्षादको समयमा माटो खसेर नाउली नै पुरिने अवस्थामा छ।[]


सन्दर्भ समाग्री

[सम्पादन गर्नुहोस्]
  1. कटुवाल, ज्योति, "पुरातात्त्विक सम्पदा व्यक्तिका नाममा", कान्तिपुर, अन्तिम पहुँच सन् २०२४ डिसेम्बर ३१ 
  2. रेग्मी, टंक, "पर्यटन विकासको आँखामा : दैलेख जिल्ला", ज्वाला सन्देश, अन्तिम पहुँच सन् २०२४ डिसेम्बर ३१ 
  3. विश्व के.सी. (पोखरेल)द्वारा लिखित कीर्तिखम्ब नामक पूस्तक पहिलो संस्करण पृष्ठ सङ्ख्या १५३