कोटिलास्थान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोटिलास्थान
300px
कोटिलास्थान मन्दिर
कोटिलास्थान नेपाल-এ অবস্থিত
कोटिलास्थान
कोटिलास्थान
नेपालको नक्सामा कोटिलास्थान मन्दिर
निर्देशांक:२८°४९′१४″उत्तर ८१°४१′०९″पूर्व / २८.८२०५८०° उत्तर ८१.६८५७०३° पूर्व / 28.820580; 81.685703निर्देशाङ्क: २८°४९′१४″उत्तर ८१°४१′०९″पूर्व / २८.८२०५८०° उत्तर ८१.६८५७०३° पूर्व / 28.820580; 81.685703
नाम
अन्य नामहरू:कोटिला
वास्तविक नाम:कोटेश्वर महादेव मन्दिर
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल:भेरी
जिल्ला:दैलेख
स्थान:नारायण नगरपालिका, दैलेख
कला र संस्कृति
मुख्य देवता:महादेव, भैरव
प्रमुख चाडपर्व:शिवरात्री
वास्तुशैली:प्यागोडा शैली

कोटीला पाँच थान पंचकोशी अंतर्गत पर्ने एक स्थान हो। तर कतिपय मान्छेको मत अनुसार यो स्थानलाई पञ्चकोशी क्षेत्रमा पर्दैन भन्ने पनि रहेको छ। पौराणिक कालमा महादेवकी पत्नी सतिदेवीको कोठी पतन भएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। अर्को मत अनुसार यो स्थानमा दैवताका राजा इन्द्रले कोटीहोम चलाएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। संसारको कुनै ठाउँमा पनि न पाइने इन्द्रजौ नामको वनस्पति यस ठाउँमा पाइन्छ। सिमीको कोसा जस्तै फलेको फलको भित्र जौका दानाहरू देखिने यो वनस्पती देवराज इन्द्रले चलाएको कोटीहोम बाट यहाँ उम्रेको हो भन्ने मत रहेको छ। यो स्थान दैलेख जिल्लाको नारायण नगरपालिकाको वडा नंवर ४ मा पर्छ।

भौगोलिक अवस्था तथा मन्दिरको वनोट[सम्पादन गर्ने]

कोटिलास्थानको चारैतिर नदिले घेरिएकोले नदिले काटेर बनाएको डाँडोमा अवस्थित छ। डाँडाको उत्तर तर्फ बग्ने सिद्धिखोलाले र पश्चिम तर्फ बग्ने छामघाट खोलाले घेरेको हुनाने यो स्थान एक टापु झैं देखिन्छ। पूर्व तर्फबाट मन्दिर प्रवेस गर्दा वि.सं. १९७७ को घण्टी र शिवलिंग राखिएको छ। ढुंगा र काठले भनेको यस मन्दिरको छाना सिलेटले बनेको छ। यस मन्दिरको जिर्णोद्धार वि.सं. २०५१ मा गरिएको थियो।[१] मन्दिर भित्र शिवलिंग रहेको छ। यसको अगाडि मञ्चमा दक्षिणतर्फ फर्कोर वि.सं. १९२२ को सर्पाकार मानक आकृती, कामधेनु गाई, गणेशजी तथा महाँदेवका मुर्तीहरू राखिएका छन्। मन्दिरमा १९८६, २०१३, २०३१ का घण्टहरू रहेका छन्। मन्दिर परिसरमा चारैतर्फ खुल्ला भएको स्लेटको छानो बनाएको होम गर्ने स्थान बनाएको छ। यो मन्दिर निर्माणमा विशालकाय शिलापट्टहरू प्रयोग भएको देखिएता पनि हाल त्यसका अवशेषहरू मात्र बाँकी छन्। मन्दिरको प्राचिनता नष्ट भइसकेको छ। मन्दिर क्षेत्रमा यत्रतत्र छरिएका शिलापट्ट र पाषाण अवशेषहरूलाई हेर्दा यो मन्दिरको स्थापना कत्युरी शासनकालमा भएको मानिन्छ। हालै गरिएको एक अध्यायनका क्रममा यस स्थानमा तिब्बती भाषामा "ॐ मणिपद्मे हुँ" उत्कृण गरिएको प्रस्तर अभिलेख फेला परेको छ।[१] यस अभिलेखबाट खस खसमल्ल शासनकालमा यस स्थानमा पनि बौद्ध धर्मसँग सम्बद्ध क्रियाकलापहरू हुने गरेको अनुमान गर्न सकिन्छ। यसैगरि यहाँ पनि पादुकास्थान र शिरस्थानको जस्तै छोटा लामा अभिलेखहरू उत्कृण गरिएका केही ढुंगाहरू उपलब्ध भएका छन् । वि.सं. २०७२ साल बैशाख १ गते देखि ३० गतेसम्म पुरा एक महिना यस स्थानमा कोटी होम चलेको थियो ।

हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ समाग्री[सम्पादन गर्ने]

  1. १.० १.१ पूस्तक "कीर्तिखम्ब" पहिलो संस्करण पृष्ठ ११० लेखक विश्व के.सी. (पोखरेल)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]