जानकी मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जानकी मन्दिर
जानकी मन्दिर
जानकी मन्दिर is located in Nepal
जानकी मन्दिर
जानकी मन्दिर
नेपालको नक्सामा जानकी मन्दिर
निर्देशांक: २६°४३′५०″ उत्तर ८५°५५′३२″ पूर्व / २६.७३०५६° उत्तर ८५.९२५५६° पूर्व / 26.73056; 85.92556निर्देशाङ्क: २६°४३′५०″ उत्तर ८५°५५′३२″ पूर्व / २६.७३०५६° उत्तर ८५.९२५५६° पूर्व / 26.73056; 85.92556
नाम
देवनागरी: जानकी मन्दिर
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: जनकपुर
जिल्ला: धनुषा
स्थान: जनकपुर
उचाई: ७८ मी (२५६ फिट)
कला र संस्कृति
प्रमुख चाडपर्व: बिबाह पंचमी, राम नवमी
वास्तुशैली: हिन्दु,राजपुत
ऐतिहासिक पृष्ठभुमि
निर्माण मिति: सन् १९११
निर्माणकर्ता: राजकुमारी वृषभानु कुँवरी

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ | सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको छ जानकीधाम ।

इतिहास

यो मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारीकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो । जानकी मन्दिर मुगल शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्वपूर्ण बनाउँछ । यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहि आएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । यो नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो मन्दिर हो ।[१]मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम-जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ । वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम-जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।[२]

फोटोहरु

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य लिङ्कहरू