मिथिला कला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मिथिला कलाको एक नमुना

मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी जिल्लाहरूमा बोल्ने गरिन्छ । यही भाषाभाषीहरुका बिचमा पाइने कलालाई मिथिला लोककला भनिन्छ । लोककला लोक–कला मिलेर बनेको छ । लोकको अर्थ –गाँउसहरमा फैलिएको त्यो विशाल जनसमुदाय सँग सम्बन्धित छ, जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रुपले चलिरहेको व्यवहार सित सम्बन्धित छ । मैथिली लोक चित्रकलाको परम्पराको इतिहास कम्तिमा पनि पाँच हजार बर्ष पुरानो रहेको सांस्कृतिक विज्ञहरुको कथन रहेको छ । यी चित्रकलाहरुमा पाइने लिङ्गयोनीका प्रतिकहरुलाई पूजा गर्ने परम्परा रहेको छ । जो यसको प्रयोग खास गरेर कोहवरमा हेर्न सकिन्छ । मिथिलाञ्चलको सांस्कृतिक धरोहरलाई समय सयममा विश्वस्तरमा प्रतिस्थापित गर्न समेत प्रयत्नहरु नभएको होइन । जसमा मिथिलाको कला साहित्य तथा सांकृतिक गढको रुपमा ख्याति प्राप्त भएको छ ।

मिथला वा विदेह राज्य सनानत हिन्दू धर्म र आध्यात्मिक चिन्तनको दृष्टिकोणले ज्यादै महत्वपूर्ण मानिन्छ । त्यसैले यस राज्यको वर्णन प्राचीन विभिन्न साहित्यहरुमा पाइन्छ । वैदिक कालको उत्तरार्द्ध सम्ममा यजुर्वेद, सामवेद, अथर्ववेद, उपनिषद र व्राह्मण साहित्यहरु आईसकेका थिए । ऋग्वेद यसभन्दा निकै पहिले आएको मानिन्छ । वैदिक समय इ.पु १५,००,५०० सम्मलाई मानिन्छ ।

यी धार्मिक ग्रन्थहरुमा आर्यहरु उत्तर पश्चिम भारतवर्षबाट विस्तारै पूर्व तथा दक्षिणतिर लाग्दै गएको तथा कुरु, पाञ्चाल, कोशल, मगध, विदेह राज्यहरु रहेको उल्लेख छ । कुरुक्षेत्र तथा गंगा र यमुनाको तटीय क्षेत्र आर्य सांस्कृतिक केन्द्रका रुपमा विकसित हुन थाल्यो । आर्यहरु पनि घुमन्ते जीवन छाडेर स्थायी संगठित रुपमा रहन थालेका थिए । फलस्वरुप अनेक क्षेत्रमा मानव बस्तीहरूको विकास हुन थाल्यो । विदेह राज्यको विकास यी वैदिक युगमा आर्यहरु फैलिदै जाँदा भएको हो । ऋग्वेद विदेहका बारेमा उल्लेख नहुनुबाट पछिल्लो समयमा विदेहको स्थापना भएको हुनुपर्दछ । शतपथ ब्राम्हण नामक ब्राह्मण साहित्यमा उल्लेख भएअनुसार विदेह आफनो पुरोहित गौतमरहुणका साथ सरस्वतीको तटवर्ति प्रदेशबाट सदानिर गण्डक तरेर विदेह पुगि राज्य स्थापना गरेको बुझिन्छ ।

रामायणमा शिरध्वज जनकले मिथिलाका एक शासक सुधन्वालाई मारेर आफनो भाईलाई शासक बनाएको कुरा उल्लेख छ । यीनै शिरध्वज जनकका सन्तान हुन भनिन्छ । अर्को भनाईअनुसार यमुना नदीको बाढिबाट हस्तिनापुर ध्वस्त भएपछि राजा जनक विदेह आएका हुन । विदेहको इतिहासमा राजा जनकको शासनकाल भने महत्वपूर्ण मानिन्छ । यिनको राजधानी मिथिला थियो, त्यसैले यो क्षेत्र मिथिला प्रदेश नामले चिनिन्छ ।

मिथिला लोक–चित्रकलामा विद्यमान आदिम तत्वहरु भनेको सरल वक्र दुई चार ठाडा तेर्सा समान्तर आदि रेखाहरुबाट त्रिकोण, वृत, चक्र भएका प्रारम्भिक अतिरिक्त अनेक ऐतिहासिक तथा वैदिक कालिन औपनिषदि तथा उत्तर मध्यकालिन तत्वहरु पाइन्छ। मिथिला लोक चित्रकलामा अनुसन्धान गरेका जीतबहादुर रायमाझी लेख्छन – 'आधुनिक वैज्ञानिक आधारमा खोजी गर्दा सिन्धु घाटी सभ्यता माथि आर्यहरुले कब्जा गरेपछि आर्यसभ्यताको स्थापना र विस्तारकै प्रक्रियामा मिथिलाको स्थापनाकालमा उदाहरणहरु मोहन जोडदा हडप्या माटाका भाडाका अवशेषहरुमा पाइएका अंकित चित्रहरु र मिथिलाका झुपडिका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्तीको चित्र, पिपलको पात, दुई पट्टि सम्मुख चरा वा पशुको अंकित चित्र आदिसंग तुलना गर्न सकिन्छ ।यस कलामा खाशगरी घरबाट बनाइएको समानहरु को प्रयोग गरिनछ।यसैपरम्पराबाट विकसित हुदै लोकचित्रकला केही आधुनिक स्वरुप ग्रहण गरे । जसलाई मिथिला चित्रकला भनिन्छ । पहिलेको स्वरुपमा रहेको कलालाई अरिपन भनिन्छ, जो पावन तिहारमा प्रयोग गरिन्छ ।

मिथिला कलाको यसको छुट्टै मौलिकता छ । मानवीय अनुभुति यर्थात रुपचित्र यस शैली अन्तर्गत पर्दछन । प्रतीकात्मक र सांकेतिक विम्बहरुकै समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्दछ । भनिन्छ मिथिला कला नै त्यहाका जीवनशैलीका यर्थात नमुना हुन । यसको मौलिक विषेशता र जिवित परिपाटी हो । महिला शिल्पीहरुका अनुसार यसको कथा बुझेको छ र हात बसिसकेको छ भने एउटा कृति एकै दिनमा तयार हुन्छ । कलाकारमा लामो साधना अध्ययन वा कलाकारीतामा गहिराई पनि हुनु जरुरी छैन । तर यस्ता चित्रहरु त्यहा प्रत्येक अनिवार्य मानिन्छ ।[१]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "मिथिला कला परिचय", जिविस धनुषा