गढीमाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गढीमाई
गढीमाई मन्दिर
प्राथमिक विवरण
स्थान:बरियापुर
सम्बन्धनहिन्दुत्व
जिल्लाबारा
देशनेपाल

गढीमाई मन्दिर नेपालको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ हो। बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच-पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ। नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थीहरू पनि आउने गर्छन।

बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ। मन्दिरबाट पूर्व-दक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान पनि हेर्न लायक छ। पूर्वतिर रहेका ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ। गढीमाईका पूजारी थारूजातिका छन्। गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ। यतिबेला गढीमाईका बहिनीहरू- कटबासीमाई,ककालीमाई,मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ। [१]

गढीमाईका अहिलेका पूजारि शिव चौधरि रहेका छ्न्।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१५ मिति पाँच वर्षमा लाग्ने गढीमाई मेला