सामग्रीमा जानुहोस्

कलैया उपमहानगरपालिका

कलैया नगरपालिका
कलैया
घण्टा घर, भारत चौक, कलैया
घण्टा घर, भारत चौक, कलैया
कलैया नगरपालिका बारा जिल्ला-को अवस्थिति
कलैया नगरपालिका
कलैया नगरपालिका
कलैया नगरपालिका मधेश प्रदेश-को अवस्थिति
कलैया नगरपालिका
कलैया नगरपालिका
कलैया नगरपालिका नेपाल-को अवस्थिति
कलैया नगरपालिका
कलैया नगरपालिका
निर्देशाङ्क: २७°२′ उत्तर ८५°०′ पूर्व / २७.०३३° उत्तर ८५.०००° पूर्व / 27.033; 85.000
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
सरकार
 • नगरप्रमुखविनोदप्रसाद साह (नेकपा (एमाले))
 • उपप्रमुखरौशन परविन (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०८.९४ किमी२ (४२.०६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३६,२२२
 • घनत्व१३००/किमी२ (३२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४४४००
क्षेत्रीय सङ्केत+९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

कलैया नेपालको मधेश प्रदेश स्थित बारा जिल्लामा पर्ने एक उपमहनगरपालिका हो।[३][४] वि.सं. २०३९ सालमा नगरपालिकाको रूपमा स्थापित यो नगरलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फागुन २७ गते उपमहानगरपालिका घोषणा गरेको हो।[५][६][७] सङ्घीय राजधानी काठमाडौँबाट ३०६ किलोमिटरको दुरीमा अवस्थित यो नगरपालिका बारा जिल्लाको सदरमुकाम समेत हो। स्थापनाकालमा यस नगरपालिकाभित्र तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो। कुल ११ वडामा विभाजित तत्कालिन नगरपालिकामा वि.सं. २०४७ सालमा भतौडा, ब्रह्मपुरी, विशम्भरपुर गाविस थप गरि १४ वडामा विस्तार गरेर यसको क्षेत्रफल बढाइएको थियो। साविकमा १४ वटा वडामा मात्रै सीमित रहेकोमा नेपाल सरकारले यसलाई उपमहानगरपालिकाको रूपमा स्तरोन्नति गर्दा ८ वडा गाविसहरू धर्मनगर, बलिरामपुर, बघवन, दोहरी, झिटकैया उत्तर, भतौडा, मोतिसर र सिसहनियालाई गाभेर २७ वटा वडा कायम गरेको थियो।[८][९] ९ वटा सहरी वडाहरू र १८ वटा ग्रामिण वडाहरू रहेको यस उपमहनगरपालिकामा विगतको तथ्याङ्क अनुसार कुल ७७ किलोमिटर सडक रहेकोमा १२ किलोमिटर कालोपत्रे, ३ किलोमिटर ढलान र ३४ किलोमिटर ग्राभेल र बाँकी सडकहरू कच्ची रहेको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कलैया उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,३६,२२२ रहेको छ भने यहाँ २२,१२५ घरधुरी रहेका छन्।[२]


कलैया उपमहानगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१कलैया (१, ४ र ६)९,४९२२.१६४३९४.४४
२महेशपुर (९), कलैया (२) र दोहरी (१–३)५,०३२३.४११४७५.६६
३कलैया (३, १३)४,९६४५.६३८८१.७१
४कलैया (५)५,८०३०.८२७०७६.८३
५कलैया (७)५,७१३०.५६१०२०१.७९
६कलैया (८)६,२७९०.८७७२१७.२४
७कलैया (९ र १०)३,४४३२.०३१६९६.०६
८कलैया (११)२,७४२२.५७१०६६.९३
९कलैया (१२)४,५२९१.६६२७२८.३१
१०मटिअर्वा६,९८८६.०६११५३.१४
११कलैया (१४) र बलिरामपुर (२-३,६)४,७०३३.५८१३१३.६९
१२धर्मनगर६,०३८६.१९९०.००
१३बलिरामपुर (१,४-९) र भतौडा (४)५,१६९६.०७८५१.५७
१४बघवन५,४२६४.६११७९.५७
१५दोहरी (४–९)४,०९६५.८१७०४.९९
१६झिटकैया उत्तर (१–८)६,२५९६.४९९६४.४१
१७बन्जरिया (९) र भतौडा (१-३)३,१८६२.०७१५३९.१३
१८मोतिसर६,१४८३.२५१८९१.६९
१९रघुनाथपुर (१–७)४,२८११.८२३७८.३३
२०बसतपुर र झिटकैया उत्तर (९)७,७४५५.८११३३३.०५
२१भोडाहा (१–५)३,७४९३.९९९३९.६०
२२भोडाहा (६–९)३,६२६५.३३६८०.३०
२३भतौडा (५–९)४,१३३४.३३९५४.५०
२४मनहर्वा (४–६)३,५०८८.७५४००.९१
२५सिसहनिया३,८६२४.३६८८५.७८
२६महेशपुर (२–५)४,३९९२.३३१८८७.९८
२७महेशपुर (६–८)४,९०९८.५५७७.५३
जम्मा१,३६,२२२१०८.९४१२५०.४३

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल

[सम्पादन]

यहाँका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूमा सिद्धेश्वर मन्दिर, राजदेवी मन्दिर, नुतनदेवी मन्दिर, मुक्तेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, महावीर मन्दिर, बुद्ध मन्दिर, चिमनीमाई मन्दिर, बेलपाती मन्दिर, मस्जिद, बौद्धिमाई मन्दिर, हनुमान मन्दिर, रामराजा दरबार, सिद्धेश्वर मा.वि., रामजानकी मन्दिर, बरेवा हरियाली पार्क, रामपुरको पोखरी, लङ्गडा पोखरी, बावन बिगाहा फुलबारी, गढीमाई मन्दिर (७ किलोमिटर पूर्व) रहेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फागुन २०७३, मूलबाट २०१७-०५-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ फागुन २०७३।
  4. ↑ "यी हुन् अब बन्ने ४ महानगरपालिका र १२ उप-महानगरपालिका", सेतोपाटी, १२ पुष २०७३, मूलबाट २०१७-०५-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ पुष २०७३।
  5. ↑ "९ स्थानीय तह थपिँदै कहाँ कति थपियो?" (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-१०।[स्थायी मृत कडी]
  6. ↑ "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८।
  7. ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फागुन २७।
  8. ↑ "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फागुन २०७३।
  9. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३।