सिम्रौनगढ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिम्रौनगढ नगरपालिका
Simroungarh Toran Dwar Statue.jpg
Pillar at Simroungarh.jpg
Statue of Brahma from Simroungarh at National Museum Kathmandu.jpg
12th century Stone Inscription from Simroungarh in Tirhuta script.jpg
From top down, left to right: Toran Dwar Statue, Pillar of the Rajabhavan, Brahma statue and Stone inscription in Tirhuta script.
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलनारायणी अञ्चल
जिल्लाबारा जिल्ला
स्थापना२०७१ मंसिर १७
सरकार
 • मेयरविजय श‌ँकर यादव
 • उप मेयररीमा देवी
क्षेत्रफल
 • जम्मा२०.२ किमी (७.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,६१५
 • घनत्व१,२००/किमी (३,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-५३
वेबसाइटwww.simraungadhmun.gov.np

सिम्रौनगढ नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने बारा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३]

परिचय[सम्पादन गर्नुहोस्]

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बारामा गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुरउचिडिह गाउँ विकास समितिहरू लाई समेटेर सिम्रौनगढ नगरपालिका घोषणा गरिएको हो।[३][४] सिम्रौनगढ नगरपालिकाको केन्द्रभने साविकको सिम्रौनगढ बजार रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सिम्रौनगढ नगरपालिका गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुरउचिडिह गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर र उचिडिह गाविसहरूको जनसङ्ख्यालाई जोड्दा सिम्रौनगढ नगरपालिकाको कूल जनसङ्ख्या २४,६१५ हुन्छ।[१]

आर्थिक अवस्था[सम्पादन गर्नुहोस्]

ऐतिहासिक स्थल तथा व्यापारिक दृष्टिकोणले प्रख्यात सिम्रौनगढमा अहिलेसम्म एउटै बैङ्क छैन। सिम्रौनगढ नगरपालिका घोषणा भएकोमा सिम्रौनगढवासी औधी खुशी छन् तर नगरपालिकाको पूर्वाधार तयार पार्ने क्रममा भने सरकारले देखाएको उदासीनताप्रति आम जनता आक्रोशित छन्।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक न्यूज, नागरिक न्यूज, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  5. "आर्थिकरूपले सम्पन्न सिम्रौनगढ नपामा एउटै बैङ्क छैन", प्रतीक दैनिक, २३ मङ्सिर २०७१, अन्तिम पहुँच २३ मङ्सिर 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]