सामग्रीमा जानुहोस्

निजगढ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निजगढ नगरपालिका
निजगढ नगरपालिका मा पर्दछ मधेश प्रदेश
निजगढ नगरपालिका
मधेश प्रदेशको नक्सामा निजगढ नगरपालिकाको अवस्थिति
निजगढ नगरपालिका मा पर्दछ नेपाल
निजगढ नगरपालिका
निजगढ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८५°११′E / 27.17°N 85.18°E / 27.17; 85.18
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखसुरथ पुरी (नेकपा (एमाले))
  उपप्रमुखसोममाया थिङ्ग (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२८९.४३ किमी (१११.७५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३७,६८७
  घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविक निजगढ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

निजगढ नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका निजगढ, भरतगन्ज सिङगोलरतनपुरी गाविसहरू यसमा गाभिएका थिए। निजगढ नगरपालिकाकाे पूर्वमा गुजरा नगरपालिका, पश्चिममा जीतपुरसिमरा उपमहानगरपालिका, उत्तरमा हेटौँडा उपमहानगरपालिकाबकैया गाउँपालिका रहेका छन्।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार निजगढ नगरपालिकाको कुल जनसङ्ख्या ३७,६८७ रहेको छ भने यहाँ ८,४२४ घरधुरी रहेका छन्।[]

निजगढ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
भरतगन्ज सिङगोल (१-३)२,२५०६.७९३३१.३७
भरतगन्ज सिङगोल (५-७)१,५७०१६.८४९३.२३
भरतगन्ज सिङगोल (४,८-९)१,९००३५.१५४.१३
निजगढ (३-४)२,९४४७३.५१४०.०५
निजगढ (२)२,२६२११.९४१८९.४५
निजगढ (५)३,२३१४.०६७९५.८१
निजगढ (१,६)५,१७८३.५२१४७१.०२
निजगढ (७)३,३८४४.४३७६३.८८
निजगढ (८-९)४,३५२४.३२१००७.४१
१०रतनपुरी (८-९)२,७४४१४.५३१८८.८५
११निजगढ (१-२)२,८९७५२.५५५५.१३
१२निजगढ (३-५)२,८८७२१.७९१३२.४९
१३निजगढ (६-७)२,०८८४०.०६५२.१२
जम्मा३७,६८७२८९.४४१३०.२०

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने निजगढ नगरपालिकाबाट काठमाडौं जाेड्ने 'काठमाडौं-तराई फास्ट ट्रयाक/द्रुतमार्ग'निर्माण भइरहेको छ।[][] निजगढबाट हेटाैँडा ३८ किमि, वीरगञ्ज ४२ किमि र बर्दिबास ८० किमिकाे दुरीमा रहेका छन् ।

याे पनि हेर्नुहाेस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "MOFA sthaniya taha"
  6. "काठमाण्डू-तराई फास्ट ट्र्याक: तीन प्रतिशत जग्गामा मुआब्जाको चर्को समस्या", BBC News नेपाली (नेपालीमा), २०२४-०४-०१, अन्तिम पहुँच २०२४-११-१७
  7. People's Alliance for Nature Nepal (२०२१-०६-०५), Nijgadh - An Untold Story of a Forest, अन्तिम पहुँच २०२४-११-२०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]