निजगढ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निजगढ नगरपालिका
Nijgadh Municipality
नगरपालिका
देश नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लाबारा जिल्ला
स्थापनाबि.स.२०७१ जेष्ठ ४
सरकार
 • मेयरसुरथ पुरी
 • उप मेयरसोम माया थिङ(मुना)
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा३५३३५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.nijgadhmun.gov.np Nijgadh.com

निजगढ बारा जिल्लामा अवस्थित एउटा नगरपालिका हो। साविक निजगढ गाउँ विकास समितिको बजार रहेको ठाँउलाई केन्द्र बनाइएको छ।[१] यसलाई नगरपालिका घोषणा गर्दा निजगढसहित भरतगञ्ज सिङ्गौलरतनपुरी गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। नेपालमा अब महानगरपालिका, उप-महानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको सङ्ख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन्। बारा जिल्लाको महेन्द्र राजमार्गमा पर्ने निजगढ बजार सो क्षेत्रको प्रमुख बजार हो।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट निजगढ नगरपालिकाको पहिलो मेयर (प्रमुख) मा सुरेशकुमार खनाल (नेपाली काङ्ग्रेस) र उप-मेयरमा लीलादेवी खनाल (लामिछाने) (नेकपा एमाले) निर्वाचित हुनुभएका हुन्। मेयर खनालले ७६४८ मत ल्याइ निकटम् प्रतिद्वन्दी एमालेका यमबहादुर खड्का (नारायण) लाइ पराजीत गरेका हुन्। खड्काले ६८१८ मत ल्याउदा ८३० मतान्तरले खनाल निर्वाचित भए।

त्यस्तै, उप मेयरमा माओवादी केन्द्रका वेनीबहादुर मुक्तानलाइ पाखा लगाउँदै एमालेकी खनालले बाजी मारेकी हुन्।

परिचय[सम्पादन गर्नुहोस्]

विश्वको मानचित्रमा २६°२३°.उत्तरददेखि ३०°२७° उत्तरी आक्षांश सम्म र ८०°४’ पुर्व देखी ८८°१२’ पुर्वि देशान्तर सम्म रहेको नेपालको राजनीतिक विभाजन अनुसार पाँच विकास क्षेत्र, चौध अञ्चल र पचहत्तर जिल्लामा तथा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी जम्मा १३० र ३,६३३ गा.बि.स.हरूमा विभाजित गरिएअनुसार मध्यमाञ्चल विकाश क्षेत्रको नारायणी अञ्चलको बारा जिल्लाको उत्तरी सिमामा अवस्थित तत्कालीन एउटा आदर्श गाँउ विकास समिति हो निजगढ।

बारा जिल्लाको उत्तरीभागमा स्थित पूर्वपश्चिम करिब ४ किलोमीटर फैलावट भएको निजगढको पूर्वमा भरतगञ्ज सिङ्ग्रौल, पश्चिममा रतनपुरी, दक्षिणमा सपही र उत्तरमा मकवानपुर जिल्लाको धियाल गाविसहरू पर्दछन। निजगढको पश्चिममा बकैया खोला र पूर्वमा भमरा खोला पर्दछन।

जनसंख्या[सम्पादन गर्नुहोस्]

निजगढ नगरपालिकाको जम्मा जनसंख्या ३५३३५ हो र यसमा जम्मा १३ वटा वडा छन। वडा नं० १ मा २१३४, वडा नं० २ मा १४२८, वडा नं० ३ मा १७४१, वडा नं० ४ मा ३४७६, वडा नं० ५ मा २०८१, डा नं० ६ मा ३१३७,वडा नं० ७ मा ३८३१, वडा नं० ८ मा ३१०६, वडा नं० ९ मा ३९८३, वडा नं० १० मा २८७९, वडा नं० ११ मा २५२८, वडा नं० १२ मा ३०१३, वडा नं० १३ मा १९९८ रहेका छन।

निजगढ,भरतगंज सिङगोलरतनपुरी गाविसहरूलाई मिलाएर निजगढ नगरपालिका बनाइएको हो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३५,३३५ रहेको छ। जसमा पुरुष तर्फ १७०२६ र महिला तर्फमा १८३०९ रहेका छन। निजगढ नगरपालीकामा जम्मा घरधुरी संख्या ७१६२ रहेका छन। [२]

जनसङ्ख्याको दृष्टीले बारा जिल्लामा निजगढ सबैभन्दा धेरै जनसङख्या भएको नगरपालिका मध्ये एक हो। २०६८ को जनगणनाको आधारमा निजगढको जनसङ्ख्या जम्मा ३५,३३५ रहेको छ। निजगढमा बसोबास गर्ने जातिहरूमा मुलत: बाहुन क्षेत्रीहरूको प्राधाम्यता भएता पनि तामाङहरूको बसोबास पनि कम छैन। यि बाहेक कछडिया, नेवार, कामी, दमाई मगर, माझी, दनुवार तथा अन्य जातिहरूको बसोबास पनि निजगढमा छ।

ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

निजगढमा कहिलेदेखि बस्ती बसेको हो भन्ने बारेमा कुनै ठोस ऐतिहासिक तथ्य फेला परेको छैन केवल किँवदन्तीको आधारमा निजगढ ३०० वर्ष भन्दा पुरानो बस्तिको भन्ने जानकारी आउँछ। निजगढको ऐतिहासिक नालिबेलिको खोजी कुनै गतिलोसँग भएको छैन तैपनि निजगढ बारे जानकारी तयार पार्नु भन्दा पहिले अनुसन्धानहरको आधारमा निजगढका आदिवासी कछडियाहरू मुसलमानहरूको आक्रमाणहरूबाट जोगिन ३०० वर्षभन्दा अघि नै यहाँ जङ्गलको बिचमा आएर बसोबास गर्न थालेको जानकारीमा आउँछ।

निजगढको नामाकरण सम्बन्धमा पनि स्पष्ठ प्रमाण फेला पर्न सकेको छैन तर पनि निजगढ कुनै न कुनै ऐतिहासिक यद्धका गढहरूसँग सम्बन्धित रहेको कुरा भन्ने अडकल गर्न सकिन्छ। तयस्तै बि.स २०२४/२५ साल तिर महेन्द्र राजमार्ग बनेपछी र त्यसपछी हेटौडाबाट सट्टा भर्ना पाएर आएका मानिसहरूको बसोबास भऐपछी निजगढ झन फराकीलो भयो।

शैक्षिक परिचय[सम्पादन गर्नुहोस्]

निजगढमा सवै भन्दा पुरानो विद्यालयको रूपमा पुरानो निजगढको लाई मानिन्छ। सो विद्यालय बि.स २०१७ सालमा स्थापना भएको पाईन्छ। त्यसपछि २०२२ सालमा वागदेवमा एउटा बिधालय स्थापना भएको पाईन्छ। निजगढ ८मा रहेको गौरीशंकर मा वि जुन २०३१ सालमा स्थापना भएको हो सो विद्यालय निजगढकै ठुलो पनि मानिन्छ। गौरी शंकर मा वि मा वेवी देखी १० सम्मा अग्रेजी माध्यममा पढाईहुने प्रदेश नं० २ कै पहिलो मानिन्छ।

तत्कालीन प्रधानाध्यापक सुदर्शन प्रसाद कोईराला, मा वि कोओडिनेटर देव व वाईवा र लेखापाल रुद्र प्रसाद धितालको प्रयासमा सो विद्यालयले ठुलो फडको मारेको पाईन्छ। विद्यालयमा हाल +२ विग्यान, व्यवस्थापन र ३ वर्षे वाली विग्यान अग्रेजी माध्यममा पनि पढाईहुन्छ। विद्यालययमा कम्प्युटर विषयमा पनि ४ देखि १२ सम्म प्रलाद शर्माले पढाई रहनु भईरहेको छ। हाल सम्म निजगढमा जम्मा सरकारी विद्यालय र प्राइवेट तर्फ ४वटा विद्यालयहरू स्नचालनमा आएको छ। निजगढमा मात्र नभएर प्रदेशकै शैक्षिक केन्द्र निजगढमा हुने अनुमान ल;गाउन पनि सकिन्छ एस इ इ को परिछ्याफल हेर्दा। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  3. "निजगढका सैक्षिक संस्थान", अन्तिम पहुँच मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१७ मिति

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]