सामग्रीमा जानुहोस्

अमलेखगन्ज

निर्देशाङ्कहरू: २७°०१′N ८५°०४′E / 27.01°N 85.06°E / 27.01; 85.06
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमलेखगन्ज
पूर्व गाविस
अमलेखगन्ज is located in मधेश प्रदेश
अमलेखगन्ज
नेपालको नक्सामा अमलेखगन्जको अवस्थिति
अमलेखगन्ज is located in नेपाल
अमलेखगन्ज
अमलेखगन्ज (नेपाल)
निर्देशाङ्क: २७°०१′N ८५°०४′E / 27.01°N 85.06°E / 27.01; 85.06
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
क्षेत्रफल
 • जम्मा१०९.२१ किमी (४२.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,७०९
 • घनत्व६१/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

अमलेखगन्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७०९ रहेको थियो जसमध्ये ३४१३ पुरुष र ३२९६ महिला रहेका थिए भने यहाँ १३७० घरधुरी रहेको थियो।[][] यो हाल जीतपुरसिमरा उपमहानगरपालिकामा पर्दछ। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठाउँमा बसाले पछि यो ठाउँको नाम अमलेखगन्ज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठाउँको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईन नेपाल गभर्मेन्ट रेलवेको अन्तिम जङ्कसन पनि अमलेखगन्ज नै हो। हाल सहरोन्मुख यस ठाउँमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखिएको छ।

यसको साविकको १-६ वडाहरू जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २१ हो भने ७-९ वडाहरू वडा नम्बर २२ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति