कवहीगोठ
कवहीगोठ | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २७°०१′N ८५°०४′E / 27.01°N 85.06°E | |
| देश | |
| प्रदेश | मधेश प्रदेश |
| जिल्ला | बारा जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ४.४४ किमी२ (१.७१ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ६,५८० |
| • घनत्व | १५००/किमी२ (३८००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
कवहीगोठ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६५८० रहेको थियो जसमध्ये ३३७६ पुरुष र ३२०४ महिला रहेका थिए भने यहाँ ९२७ घरधुरी रहेको थियो।[१][२] यो हाल सुवर्ण गाउँपालिकामा पर्दछ।
यसको साविकका १-२ वडाहरू सुवर्ण गाउँपालिकाको वडा नम्बर १ हो भने ३-७,९ वडाहरू वडा नम्बर २ र ८ नम्बर वडा वडा नम्बर ३ हो।
यसको पूर्वमा जमुनी, तीयर, थल्ही, बगही , पश्चिममा बडकीफुलवरिया, उत्तरमा परशुरामपुर र दक्षिणमा भारतको बिहार राज्य पर्छ। यसका ९ वटा वडाहरूमा कवही, ईटाही , सन्तगज, सोलकपुर, घुसुकपुर् कुम्टोलि लगायतका प्रमुख स्थानहरू रहेका छ्न। हाल यो साबिक गा.बि.स.कवहीगोठ नेपाल सरकारको हालैको संबिधान नेपालको संबिधान-२०७२ बमोजिम गठित स्थानिय निकाय पुनर्संचना आयोगको सिफारिसमा सुवर्ण गाउपालिकामा परिणत भएको छ । यस साबिक गा.वि.स.कवहीगोठको वडानं.१,२ हाल वडानं.१, वडानं.३,४,५,६,७,९ हाल वडानं. २ र वडानं.८ हाल वडानं.३ मा परिणत भएको छ । यहाँ केही राणाकालीन प्रसिद्ध दरबारहरू पनि रहेका छन। कवहीगोठको सुवर्ण शमसेर जबराको दरबार र अन्य दरबारहरूले यस गाउँ विकास समितिको ऐतिहासिक महत्त्व बढाएका छन। यहाँ विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन। बारा जिल्लामा मात्र नभएर सम्पूर्ण नेपाल र भारतमा समेत प्रसिद्ध गढीमाईको मन्दिर कवहीगोठ देखि करिब ७ किलोमिटर उत्तर तिर पदर्छ। यस गाविसमा मुख्य बजारको रूपमा कवहीगोठ, प्रमुख तालहरूमा ईटाही पोखरी, कवही पोखरी, सन्तगज पोखरी रहेकाछन। दक्षिण भारत तर्फबाट नेपाल प्रवेश गर्दा गढीमाई क्षेत्र प्रवेश द्धारले यस गा.वि.स.लाई सजिलै चिनाउदो रहेछ ।
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]- अक्षांश: २४.४३" देखि २६.१३" उत्तरसम्म
- देशान्तर: ७९.३२" देखि ८१.१५" पूर्वसम्म
- सिमाना: पूर्व तीयर र थल्ही बगही , पश्चिम बडकीफुलवरिया, उत्तर परशुरामपुर, दक्षिण भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला।
- सबभन्दा अग्लोस्थान: समुद्र सतहबाट ८३५ मिटर
- सबभन्दा होचोस्थान : समुद्र सतहबाट १४८ मिटर
- क्षेत्रफल: १५३ वर्ग किलोमिटर
- हावापानी: उष्ण
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति