फेसबुक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फेसबुक
Facebook Logo (2019).svg
साइटको प्रकार
सामजिक सञ्जाल सेवा
प्रकाशक
उपलब्ध भाषाबहुभाषिक (१४०)
निर्देशाङ्क३७°२९′०५″उत्तर १२२°०८′५४″पश्चिम / ३७.४८४८° उत्तर १२२.१४८४° पश्चिम / 37.4848; -122.1484निर्देशाङ्क: ३७°२९′०५″उत्तर १२२°०८′५४″पश्चिम / ३७.४८४८° उत्तर १२२.१४८४° पश्चिम / 37.4848; -122.1484
क्षेत्र सेवाअमेरिका (२००४-वर्तमान)
विश्वव्यापी, निषेधित राष्ट्र वाहेक (२००५-वर्तमान)
अभिभावकफेसबुक निगम
वेबसाइटfacebook.com
(alt.: fb.com)
अलेक्सा क्रमIncrease ४ (जनवरी २०२०)[१]
दर्ताआवश्यक
प्रयोगकर्ताIncrease २४ करोड ५० लाख मासिक सक्रिय प्रयोगकर्ता (सेप्टेम्बर २०१९ अनुसार[२]
आरम्भफेब्रुअरी ४, २००४; १५ वर्ष अघि (२००४-०२-04)
वर्तमान अवस्थासक्रिय
लेखिएको भाषासी++, पिएचपी (एचएचभिएम), डी
[३][४][५][६][७]

फेसबुक (अङ्ग्रेजी: Facebook) एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरि साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्। यसका अतिरिक्त प्रयोगकर्ताको सहर, विद्यालय, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन्। आफनो फेसबुक प्रयोगकर्ता पृष्ठको 'वाल' वा 'टाइमलाइन'मा प्रयोगकर्ताले आफनो दैनिकी वा विविध विषय साथीहरू माझ बाँड्न समेत सक्‍छन्। प्रयोगकर्ताहरूले बढीमा ५,००० जना साथी आफ्नो खातामा जोड्न सक्छन्। फेसबुकद्वारा प्रदान गरिएको फेसबुक पृष्ठ नामक विशेष सेवा प्रयोग गरेर चर्चित व्यक्ति, कलाकारहरू आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया पनि गर्न सकिन्छ। फेसबुकमा अहिले एकअर्कासँग सन्देश वार्तालाप, श्रव्यदृश्य वार्तालाप, सामूहिक वार्तालाप र गीत सुन्ने जस्ता सुविधाहरू थप गरिएका छन्। फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर कम्‍तिमा १३ बर्षको हुनुपर्ने नियम रहेको छ साथै इमेलबाट फेसबुक खातालाई सक्रिय बनाइने भएकाले प्रयोगकर्तासँग निजी इमेल खाता हुनुपर्दछ, इमेल नभए आफ्नो फोन नम्बर राखेर पनि खाता खोल्न सकिन्छ। फेसबुक चलाउन मन नलागेमा आफ्नो खाता निस्कृय पनि बनाउन सकिन्छ। खाता निस्कृय बनाइसकेपछि तत्कालका लागि फेसबुक खातामा कसैले टिप्पणी, पोस्टलाई लाइक र वालमा लेख्न सक्दैन, तर स्थायीरूपमा भने खाता मेटिदैन र पछि सक्रिय बनाएपछि सबै सूचनाहरू प्राप्त समेत गर्न सकिन्छ। फेसबुकको मुख्य विवादको कुरा यसको गोपनीयताको रहेको छ। यो वेबसाइटको नामको उद्गम भने विश्वविद्यालयले विद्यार्थीहरूलाई एक अर्कालाई चिन्न सहयोग पुर्‍याउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो, जुन नयाँ शत्र सुरु हुने बेला सबै विद्यार्थीहरूलाई दिने गरिन्थ्यो।

इतिहास[सम्पादन गर्ने]

सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने सहपाठी साथीहरू, जो कम्प्युटर विज्ञानका विद्यार्थीहरू थिए: एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेसएन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित रहेपनि पछि बोस्टन क्षेत्रको आइभी लिग र स्ट्यानफोर्ड विश्वविद्यालयमा पनि फैलाइएको थियो।

उपलब्‍धिहरू[सम्पादन गर्ने]

फेसबुकमा झन्‍डै ५०,००,००,००० (पचास करोड) जनाले एकाउन्‍ट खोलिसकेका छन् । [८] सन् २००९ को जनवरीमा Complete.com ले गरेको सर्वेक्षणमा फेसबुक विश्‍वकै बढी प्रयोग हुने सामाजिक सञ्‍जालको रूपमा रहेको छ। comScore को अप्रिल २००८ को प्रतिवेदन अनुसार फेसबुक सबैभन्‍दा बढी चलाईने वेभसाइटको रूपमा रहेको छ। Alexa का अनुसार यो विश्‍वको दोस्रो बढी मानिसले चलाउने साईटमा रहेको छ। फेसबुकलाई सन २००७मा PC Magazineको "Top १०० Classic Websites" (उत्‍कृष्‍ट १०० वेभसाटटहरू)मा सामेल गरिएको थियो र सन २००८ मा वेबी अवार्ड्सले "People's Voice Award" प्रदान गर्यो । सन २००६मा विद्यार्थीहरू माझ गरिएको अध्‍ययनमा फेसबुक चलाउनेको सख्‍या धेरै संख्यामा पाईएको थियो ।

फेसबुक मेसेज[सम्पादन गर्ने]

सन २०१० नोभेम्‍बर १५का दिन फेसबुकका प्रमूख कार्यकारी अधिकृत अर्थात् सि.ई.ओ.जुकरबर्गले'फेसबुक मेसेज' सुविधा ल्याउने कुरा सार्वजनिक गरे । उनले एक पत्रकार सम्‍मेलनमा अब फेसबुक प्रयोगकर्ताहरू @facebook.com राखेर इमेल खोल्‍न सक्‍ने बताएका छन्। कतिले भने 'फेसबुक मेसेज' लाई 'जि-मेल किलर'को संज्ञा समेत दिएका छन्। 'प्रोजेक्‍ट टाइटान'को कोडनाममा बनाईएको 'फेसबुक मेसेज'लाई पूर्णरूपमा बनाउन भने १५ महिना लाग्‍ने बताईएको छ।

सेन्सरशीप[सम्पादन गर्ने]

फेसबुकमा पैगम्बर मोहम्मदको आपत्तिजनक कार्टून तस्बीर बनाउने प्रतियोगितामा ईस्‍लामी धार्मिक भावनामा ठेस पुगेकाले यसलाई पाकिस्‍तानमा एकताका प्रतिबन्‍ध लगाईएको थियो। पछि ३१ मे, २०१०मा यस सम्‍बन्‍धित पृष्‍ठ र ब्‍लगलाई प्रतिबन्‍ध लगाईएको छ। स्रोतहरूका अनुसार यसलाई पाकिस्‍तान लगायत कतिपय ठाउँहरूमा प्रतिबन्‍ध समेत लगाईएको पाईन्छ । फेसबुकलाई चीन, भियतनाम, ईरान, साउदी अरेविया, बङ्गलादेश, सिरिया, उज्वेकिस्‍तानका धेरै क्षेत्रहरूमा सेनसरसिप लगाइएको छ। त्‍यस्‍तै विभिन्‍न संघसंस्‍थाहरूमा आफ्‍ना कमदारहरू केवल काममा मात्र ध्यान देऊन् भनेर आफ्‍नो नेटवर्कमा सेन्सरशीप लगाईएको छ। तथापि यश संजाललाई विश्वमा बहुसंख्यक प्रयोगकर्ताले मन पराउने गर्दछन् ।

नेपालमा फेसबुक निगरानी बैठक[सम्पादन गर्ने]

सामाजिक संजाल फेसबुकलाई अल कायदा जस्ता आतंकवादी संस्थाले प्रयोग गरेको सन्दर्भ सहितको मूख्य एजेन्डा लिएर यसै वर्षको डिसेम्बर भित्र वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्सको बैठक नेपालमा बस्‍ने समाचारहरू सुन्‍नमा आएको छ। डच राजधानी एमस्टर्डममा भएको अलायन्स अफ प्रेस काउन्सिल्सको १२ वार्षिक साधारण सभा पछि उक्त जानकारी दिइएको हो । फेसबुकलाई अहिलेसम्म कसैको निगरानीमा राखिएको छैन । [९] फेसबु लगायत अन्य सामाजिक सञ्जाहलरूको बढ्दो दुरुपयोगका कारण नेपाल सरकारले नेपालमा फेसबुकमा प्रतिबन्द लगाउने भनि बिधेयक बनाएको छ । यदी फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई नेपाल सरकारमा दर्ता गराएर नेपालमा कार्यालय बनाइए मात्र नेपालमा फेसबुक लगातका सामाजिक सञ्जालहरू प्रयोग गर्न पाइने र अन्यथा फेसबुक लगायत टुइटर, इन्स्टाग्राम आदी सामाजिक सञ्जाललाई नेपालमा प्रयोग गर्न नपाइने बिधेयक बनाइएको छ । यदी यो बिधेयक पारित भएमा नेपालमा फेसबुक माथी पूर्णतया रोक लगाइने छ । फेसबुकको मुख्य कार्यालयलाई पनि नेपाल सरकारले यो बारेमा चेतावनी सहित पत्र पठाएको छ ।[१०]

अश्लील तस्‍बिर काण्ड[सम्पादन गर्ने]

फेसबुक एकाउन्‍टको दुरूपयोग गरी चरित्रहत्याको प्रयास ललितपुरका एक कलेजका कम्प्युटर अध्यापक भोजराज सुब्बाको काण्डले नेपालमा ठूलो तहल्‍का मच्‍चियो। आफना विवाहित छात्रा युवतीको तस्‍बिरलाई फेसबुकबाट डाउनलोड गरेर ती शिक्षकले त्‍यस फोटाको टाउको अश्लील फोटोमा जोडेको पाईयो। ती तस्बिरहरू साथीभाई र आफन्त सबैकोमा पुगेपछि यो दम्पति बीच पारिवारिक मनमुटाव बढेको कुरा यस घटनाको अनुसन्धानमा संलग्न ललितपुर प्रहरीका एक अधिकृतले बताए । फेसबुक सहि तरिकाले चलाउदा अत्यन्तै उपयोगी हुन्छ तर गलत तरिकाले चलाउदा अत्यन्तै खतरनाक हुन्छ ।

फेसबुक हानिकारक[सम्पादन गर्ने]

फेसबुकले प्रयोगकर्ताहरूको अमुल्य समय त बर्बाद पार्छ नै यसका साथै यो चुरोट,खैनी जस्ता हानिकारक अमलहरू जत्तिकै हानिकारक भएको कुरा विज्ञहरू बताउँछन् । प्रयोगकर्ताहरूका लागि यो एक नसा जस्तै हुन्छ ।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "facebook.com Competitive Analysis, Marketing Mix and Traffic", Alexa Internet, अन्तिम पहुँच २०२०-०१-१२ 
  2. "Facebook Reports Third Quarter 2019 Results", investor.fb.com (en-USमा), अन्तिम पहुँच २०१९-११-१६ 
  3. "Our History", Facebook, अन्तिम पहुँच नोभेम्बर ७, २०१८ 
  4. "Facebook.com Traffic, Demographics and Competitors - Alexa", www.alexa.com, अन्तिम पहुँच फेब्रुअरी ४, २०१९ 
  5. Clarke, Gavin (फेब्रुअरी २, २०१०), "Facebook re-write takes PHP to an enterprise past", The Register, Situation Publishing, अन्तिम पहुँच मार्च २३, २०१७ 
  6. Bridgwater, Adrian (अक्टोबर १६, २०१३), "Facebook Adopts D Language", Dr Dobb's (San Francisco)। 
  7. Levin, Sam (जुलाई ३, २०१८), "Is Facebook a publisher? In public it says no, but in court it says yes" – www.theguardian.comद्वारा। 
  8. "Facebook reaches 500 million users", Wikinews, अन्तिम पहुँच २०१०-११-२१ 
  9. "फेसबुक निगरानी बैठक नेपालमा", Kantipur, अन्तिम पहुँच २०१०-११-०६ 
  10. फेसबुक टुइटर बन्द गर्ने तयारीमा नेपाल सरकार
  11. https://www.kantipurdaily.com/business/2019/01/24/154830211344482370.html

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]