कम्प्युटर विज्ञान
कम्प्युटर विज्ञान गणित, विज्ञान र समस्या समाधान गर्ने खुबीको प्रयोग गरेर कम्प्युटरको निर्माण र प्रयोग सम्बन्धि अध्ययन हो। यसले गर्दा विश्व हाम्रो सामु सानो भएको छ। कम्प्युटर विज्ञान २०औँ शताब्दीको अन्त्य तिर मात्र छुट्टिएको हो र यसले कार्य सम्पादनमा आफ्नै तरिका अपनायो अनि आफ्नै शाब्दिक व्याख्या पनि। यसका जराहरू इलेक्ट्रिक इन्जिनियरिङ, गणित र भाषा विज्ञानमा रहेका छन्। तपाईँले यसलाई विज्ञान, इन्जिनियरिङ र कलाको सम्मिश्रणको रूपमा लिन सक्नुहुन्छ।
कम्प्युटर विज्ञनले साध्यात्मक गणितीय आदर्शमा रहेर कम्प्युटरका अवयवहरूको अध्ययन गर्दछ, कम्प्युटर इन्जिनियरिङले वा स्तविक कम्प्युटरका पाटपुर्जाहरूको अध्ययन गर्दछ (जसलाई हामी छुन र हेर्न सक्छौँ), र सफ्टवेयर इन्जिनियरिङले कम्प्युटर कार्यक्रमहरू कसरी प्रभावकारी, सहज बनाउन सकिन्छ भनेर र तिनीहरूको निर्माणमा ध्यान दिन्छ।
कम्प्युटर विज्ञानका अङ्गहरू
[सम्पादन गर्नुहोस्]भित्री गणित
[सम्पादन गर्नुहोस्]- बूलियन अल्जेब्रा (जहाँ केही कुरा सही वा गलत मात्र हुन सक्छ)
- कम्युटर सांखिकरण (कम्प्युटरले कसरी गणना गर्दछ)
- डिस्क्रेट गणित ( संख्या सहितको गणित जसलाई गणना गर्न सकिन्छ)
- सांकेतिक लजिक (गणितको बारेमा सोच्ने र बोल्ने तरिका)